कमल गाउँपालिका बन्यो बालमैत्री पालिका

दमक/
बिभिन्न चरण पार गर्दै झापाको कमल गाउँपालिका प्रदेशमै पहिलो बालमैत्री गाउँपालिका घोषणा भएको छ ।
आज कमल गाउँपालिकाको वडा नं ५ स्थित आदिवासी रङ्गशालामा एक विषेश कार्यक्रमको आयोजना गर्दै गाउाँलिकाले आफुलाई बालमैत्री पालिका बनेको घोषणा गरेको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यताामा खुशी राखौ बालबालिकाको मुहार, बालमैत्री सुधारको आधार भन्ने नारा तय गरेर बालमैत्री पालिका घोषणा गरिएको गाउँपालिकाका उपाध्यक्ष प्रमिला तिवारी न्यौपानेले जानकारी दिनु भयो ।

गाउँपालिका अध्यक्ष हुकुम सिहं राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पालिका भित्र रहेका बिभिन्न विद्यालयहरुका विद्यार्थीहरुले विषेश प्रस्तुती समेत राखेका प्रर्दशन गरेका थीए ।

 

पालिका अन्तर्गत कमल ४ वडाले २०७८ फागुन २३ गते पहिलो पटक वडालाई बामैत्री घोषणा गरेको थियो । त्यसपछि ७ नम्बर वडाले २०७९ बैशाख ९ गते, वडा न. २ ले २०७९ बैशाख १४ मा , चौथो रुपमा ३ नम्बर वडाले २०७९ असार २४ गते, पाँचौ रुपमा कमल ५ ले २०८० असोज १२ गते , कमल ६ ले २०८० असोज २५ गते र कमल १ ले सातौ वडाका रुपमा २०८० असोज २६ गते बालमैत्री वडा घोषणा गरेको मन्तव्यका क्रममा उपाध्यक्ष न्यौपालेले बताउनु भयो ।

 

वालमैत्री घोषणाका लागि सेवा प्रवाहका ३६ वटा सुचक र संस्थागत १५ गरी ५१ वटा सुचक पूरा गरेको र अव पालिका भित्र रहेका बालबालिकाहरुको सम्पूणर् अधिकार स्थापीत गराउन विषेश कार्यक्रम बनाइनु पर्ने मुख्यमन्त्री कार्कीले उल्लेख गर्नु भयो ।

 

सिङ्गै प्रदेश सरकारले समेत बालबालिकाको सर्वाङ्गीण विकासकालागि खास कार्यक्रम तय गरिरहेको र ती कार्यक्रमलाई पालिका स्तर सम्म ल्याएर कार्यान्वायन गर्न यस्ता बालमैत्री घोषणाले अझ सहज भइरहेको मुख्यमन्त्री कार्कीको भनाई थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु