दमक/
बिभिन्न चरण पार गर्दै झापाको कमल गाउँपालिका प्रदेशमै पहिलो बालमैत्री गाउँपालिका घोषणा भएको छ ।
आज कमल गाउँपालिकाको वडा नं ५ स्थित आदिवासी रङ्गशालामा एक विषेश कार्यक्रमको आयोजना गर्दै गाउाँलिकाले आफुलाई बालमैत्री पालिका बनेको घोषणा गरेको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यताामा खुशी राखौ बालबालिकाको मुहार, बालमैत्री सुधारको आधार भन्ने नारा तय गरेर बालमैत्री पालिका घोषणा गरिएको गाउँपालिकाका उपाध्यक्ष प्रमिला तिवारी न्यौपानेले जानकारी दिनु भयो ।
गाउँपालिका अध्यक्ष हुकुम सिहं राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पालिका भित्र रहेका बिभिन्न विद्यालयहरुका विद्यार्थीहरुले विषेश प्रस्तुती समेत राखेका प्रर्दशन गरेका थीए ।
पालिका अन्तर्गत कमल ४ वडाले २०७८ फागुन २३ गते पहिलो पटक वडालाई बामैत्री घोषणा गरेको थियो । त्यसपछि ७ नम्बर वडाले २०७९ बैशाख ९ गते, वडा न. २ ले २०७९ बैशाख १४ मा , चौथो रुपमा ३ नम्बर वडाले २०७९ असार २४ गते, पाँचौ रुपमा कमल ५ ले २०८० असोज १२ गते , कमल ६ ले २०८० असोज २५ गते र कमल १ ले सातौ वडाका रुपमा २०८० असोज २६ गते बालमैत्री वडा घोषणा गरेको मन्तव्यका क्रममा उपाध्यक्ष न्यौपालेले बताउनु भयो ।
वालमैत्री घोषणाका लागि सेवा प्रवाहका ३६ वटा सुचक र संस्थागत १५ गरी ५१ वटा सुचक पूरा गरेको र अव पालिका भित्र रहेका बालबालिकाहरुको सम्पूणर् अधिकार स्थापीत गराउन विषेश कार्यक्रम बनाइनु पर्ने मुख्यमन्त्री कार्कीले उल्लेख गर्नु भयो ।
सिङ्गै प्रदेश सरकारले समेत बालबालिकाको सर्वाङ्गीण विकासकालागि खास कार्यक्रम तय गरिरहेको र ती कार्यक्रमलाई पालिका स्तर सम्म ल्याएर कार्यान्वायन गर्न यस्ता बालमैत्री घोषणाले अझ सहज भइरहेको मुख्यमन्त्री कार्कीको भनाई थियो ।