कोशी प्रदेशमा अव घिउमा प्रतिकिलो १२० रुपैयाँ अनुदान पाइने , अरुमा कति कति ?

बिराटनगर/
कोशी प्रदेश सरकारले प्रदेशमा उत्पादित घिउ तथा धुलो दुध निर्यातलाई प्रोत्साहन अनुदान दिने न्यूनतम मापदण्ड लागु गरेको छ । प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले कृषि व्यवसाय प्रबर्द्धन अनुदान (दोस्रो संशोधन) मापदण्ड २०८० लागु गरेको हो ।

उक्त मापदण्ड अनुसार नौनीलाई प्रतिकिलो ९० रुपैयाँ, घिउमा प्रतिकिलो १२० रुपैयाँ, होल मिल्क पाउडरलाई प्रतिकिलो ८० रुपैयाँ र स्किम मिल्क पाउडरलाई प्रतिकिलो ७० रुपैयाँ अनुदान दिइने भएको हो ।

तर, उक्त अनुदान पाउनका लागि निर्यातकर्ताले ८ वटा न्यूनतम प्राविधिक मापदण्ड पूरा गर्नुपर्ने छ । मन्त्रालयले भने अनुदान सञ्चालन गर्नका लागि चार वटा प्रक्रिया पनि उल्लेख गरेको छ ।

कोशी प्रदेशमै उत्पादन गरेको दुध संकलन, प्रशोधन गरी उत्पादित नौनी, घिउ तथा होल मिल्क पाउडर र स्किम मिल्क पाउडर निर्यात गरेको प्रमाण बिल बिजकका आधारमा प्रोत्साहन अनुदान उपलब्ध गराउने उक्त मापदण्डमा उल्लेख छ ।
यस्तै निर्यात गर्दा भन्सार कार्यालयले उपलब्ध गराएको परिणाम खुलेको बिल बिजक तथा प्रतितपत्रको प्रतिलिपि र कस्टम क्लियरेन्स फर्म अनिवार्य पेस गर्नुपर्ने, धुलो दुध उत्पादन गर्ने उद्योगको हकमा दुध संकलन वा दुध खरिद गरेको प्रमाणित प्रतिलिपि पेस गर्ने, किसान/सहकारीबाट दुध खरिद गरी धुलो दुध उत्पादन उद्योगमा दुध पठाउने डेरी उद्योगको हकमा धुलो दुध उद्योगले प्रमाणित गरेको धुलो दुधको परिणाम खुलेको कागजात पेस गर्नुपर्ने छ ।
यस्तै निर्यातमा प्रोत्साहन अनुदानका लागि कोशी प्रदेशमै उत्पादित दुधबाट बनेका सामग्रीमात्रै मान्य हुने, निकासी गर्ने उद्योगले प्रदेशमै उत्पादन गरेको प्रमाणित गर्नुपर्ने र बैंकिङ प्रणालीबाट विदेशी मुद्रा आर्जन गरेको प्रमाण पेस गर्नुपर्ने मापदण्ड बनाइएको छ ।
प्रदेश सरकारले तय गरेको निर्यातमा प्रोत्साहन अनुदान सञ्चालन प्रक्रिया अनुसार सार्वजनिक सूचना पनि आह्वान गरिसकेको छ । कृषि मन्त्रालयले गत माघ १४ गते एक सूचना प्रकाशित गरी आगामी जेठ मसान्तसम्ममा तोकिएको ढाँचामा निवेदन पेस गर्न आह्वान गरेको छ ।

प्रदेशमा दुध उत्पादन बढेको र पाउडर दुध र घिउ निर्यातमा अनुदान दिन उद्योगीले प्रदेश सरकारलाई अनुरोध गरेअनुसार अनुदान कार्यक्रम ल्याइएको कृषि मन्त्रालयका सचिव डा.लेखराज दाहालले बताए । उनका अनुसार यो अनुदान कार्यक्रमले दुग्धजन्य वस्तु निर्यात गर्नसक्ने डेरी उद्योगहरुलाई प्रोत्साहन मिल्नेछ ।

उक्त सूचना अनुसार आएका निवेदकमाथि दुई जना प्राविधिकले स्थलगत अनुगमन तथा पेस भएका कागजातहरुको अध्ययन गरी प्राविधिक मापदण्ड पूरा गरेका निवेदनलाई ऐन बमोजिमको प्रदेशस्तरबाट अनुदान छनोट समितिमा छनोटका लागि सिफारिस गर्नुपर्नेछ । उक्त सिफारिस अनुसार मन्त्रालयले प्रदेशस्तरमा अनुदान छनोट समितिमार्फत अन्तिम छनोट गर्ने जनाएको छ ।

यसरी छनोटका लागि पेस गर्दा प्राविधिक मापदण्ड पूरा गरेका पहिलो निवेदन पेस गर्नेहरुलाई पहिलो प्राथमिकता दिने जनाइएको छ ।

प्रदेशमा दुध उत्पादन बढेको र पाउडर दुध र घिउ निर्यातमा अनुदान दिन उद्योगीले प्रदेश सरकारलाई अनुरोध गरेअनुसार अनुदान कार्यक्रम ल्याइएको कृषि मन्त्रालयका सचिव डा.लेखराज दाहालले बताए । उनका अनुसार यो अनुदान कार्यक्रमले दुग्धजन्य वस्तु निर्यात गर्नसक्ने डेरी उद्योगहरुलाई प्रोत्साहन मिल्नेछ ।

यसअघि उद्योगीहरुले बंगलादेशका व्यवसायीबाट नेपालमा उत्पादित धुलो दुध र नौनी तथा घिउको माग भएको बताएका थिए । तर, सरकारले अनुदान नदिए बंगलादेश पठाउँदा आफूहरुलाई घाटा हुने भन्दै डेरी उद्योगहरुले दुग्धजन्य वस्तुको निर्यातमा न्यूनतम अनुदानको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरेका थिए । सोही मागका आधारमा प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बजेटमै धुलो दुध, नौनी र घिउ निर्यातमा अनुदान दिन चार करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

करोडौँ ठगी आरोपमा फरार बराह सहकारीका अध्यक्ष लामिछाने पक्राउ

धरान,२ मंसिर । धरानको बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवकुमार लामिछाने (विश्वकर्मा)पक्राउ पर्नु भएको छ । बचतकर्ताको बचत हिनामिना गरेर लामो समयदेखि फरार

दमकमा चलिरहेको आदिवासी जनजाती महोत्सव कस्तो? के भन्छन हेर्न जाने दर्शक ?

दमक, २ मंसीर । रातको समय । मंसीर महिना लागीसक्यो । चिसो हावा चलीरहेको थियो । त्यसमाथी रतुवा नदिको किनार । चीसोको सिरेटो नचल्ने कुरै

जन्मदिनको अवसरमा मानव सेवा आश्रममा भोजन

दमक, मंसिर २ । जन्मदिनको अवसरमा हुने फजुल खर्च कटौती गर्दै दमकमा एक परिवारले मानव सेवा आश्रममा रहेका अशक्त तथा असहायलाई भोजन गराएको छ।दमक–६ निवासी

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेला बीच आसन्न भारत भ्रमणबारे छलफल

काठमाडौं,२ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गर्नु भएको छ।प्रधानमन्त्रीको आसन्न भारत

अध्यक्ष ओलीद्वारा सरकारको दमनविरुद्ध प्रतिरोधमा उत्रिन कार्यकर्तालाई निर्देशन

काठमाडौं ,२ मंसिर। नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले सरकार एमालेप्रति निर्मम भएर उत्रिएकाले त्यसको प्रतिरोधका लागि तयार रहन अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ ।आज

एमाले विकासको नायक हो : केपी ओली

काठमाडौ २ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले नेकपा एमाले विकासको नायक रहेको बताउनु भएको छ । एमालेको राष्ट्रियभेलालाई सम्बोधन गर्दै उहाँले भन्नु

अस्ट्रेलियाको क्रिसमस टापुमा रातो गंगटाको वार्षिक बसाइँसराइ सुरु

क्रिस्मस् (आईल्याण्ड),२ मंसिर । अस्ट्रेलियाको क्रिसमस टापुमा लाखौँ रातो गंगटो (रेड क्र्याब) आफ्नो वार्षिक प्रजनन यात्राका लागि जंगलबाट समुद्रतर्फ निस्किएका छन् । वर्षायामको पहिलो वर्षासँगै