दमकको श्रेष्ठ मोवाईलले भारतबाट लुकाईछिपाइ ल्याएका ३३ थान आइफोन सहित गाडी भन्सार हिरासतमा

दमक/
अहिले काँकरभिट्टा भन्सारबाट भित्रने नेपाली सवारी साधनलाई एसियन हाइवे प्रयोग गर्न दिइएको छैन । मेची नदिमा रहेको पुरानै पुलको प्रयोग गरेर आवात जावत गर्नु पर्ने पर्ने हुन्छ ।
तर दमकको श्रेष्ठ मोवाईल केयर सेन्टरले भने भारतबाट नेपाल आउँदा एसियन हाईवे प्रयोग गरेर नेपाल प्रवेश गर्यो । दमकको मुख्य चोक र क्याम्पसमोडमा पसल रहेको यो मेवाईल सेण्टरले २ दिन अघी चाहि ३३ थान आईफोन लुकाईछिपाई नेपाल भित्राउन खोजेपछि शशस्त्र प्रहरी मेचि भन्सार कार्यालयको संयूक्त टोलीले पक्राउ गर्यो ।

 

‘सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म काँकरभिट्टा र मेची भन्सार कार्यालयको संयुक्त टोली मेचीनगर नगरपालिका-६ स्थित भन्सार कार्यालयको यात्रु शाखाको उत्तर गेटमा कारभित्र लुकाइछिपाई नेपाल भित्राउन खोजिएको ३३ वटा आइफोन ब्रान्डका मोबाइल बरामद गरेका छौ ’ भन्सार कार्यालयका सुचना अधिकारी गणपति कणेलले उज्यालो खवरसँगको कुराकानीमा बताउनु भयो ।

‘२००७ देखी १२ सम्मका आईफोन ब्राण्डका मोवाईल बरामत गरेका छौ । यी मोवाईलको कुनै पनि खरिद बिल भेटिएन भने यसले भन्सार नतिरी रातको समयमा नेपाल छिराउन खोजीएपछि हामीले त्यसलाई रोक्यौ । अहिले मुद्धामा छ । ’ कणेलले जानकारी दिनु भयो ।

पक्राउ परेका ती मोवाईलको अनुमानती मुल्य साढे १७ लाख ५० हजार रहेको उहाँले बताउनु भयो ।

अहिले तारीख तोकीएकोर बयान लिने काम भइरहेकोले यसको यसको यथेष्ट प्रमाण आएपछि भन्सार प्रमुखले अन्तिम निणर्य गर्नुहुने उहाँको भनाई छ ।
भारतबाट नेपाल आउँदै गरेको बागमती प्रदेश ०१-०२६ च ९०३३ नम्बरको कारमा मोवाईल ल्याउदै गर्दा बरामत गरिएको हो । सो नाकाबाट मोबाइलको तस्करी गर्ने समूहले पटकै पिच्छे गाडी फेर्दे मोबाइल नेपाल भित्राइरहेको सूचना सशस्त्र प्रहरीले पाएका थिए ।

सोही सूचनाको आधारमा यस पटक कार फेला परेको सशस्त्र स्रोतले जनाएको छ । बरामद गरिएको मोबाइल १७ लाख २५ हजार र कार २५ लाख गरी जम्मा ४२ लाख २५ हजार मूल्याङ्कन गरी दुवै सामान मेची भन्सार कार्यालय बुझाइसकेको छ । अहिले मोवाईल र गाडी कार्यालयमै राखेर अनुसन्धान भइरहेको भन्सार कार्यालयल मेचीले जनाएको छ ।

Share: