गृहनगरमा केपी ओली

केपी ओली दिनभर आफ्नै गृहनगरमा व्यस्त, विभिन्न योजनाको उद्धघाटन, निरिक्षण र सिलान्यास

दमक/
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आईतबार दिन भर आफ्नो गृह नगर दमक भ्रमण गर्नु भयो । सो अवसरमा यहाँ बनेका कतिपय  आयोजनाहरुको उद्धघाटन गर्नु भयो भने कतिको सिलान्यास र कतिको निरिक्षण पनि गर्नु भयो ।                                                                             
बिहान ११ः३० दमक ६ मा निर्माण सम्पन्न भएको सुनौलोद्धारको उद्धघाटन गर्नु भयो । २१ लाख रुपैँयामा बनेको यो प्रवेशद्धार दमक नगरपालिका, वडा कार्यालय तथा विभिन्न व्यक्तिहरुको सहयोगमा निर्माण सम्पन्न भएको हो । त्यसपछि उहाँ दमक अस्पतालमा निर्माण सम्पन्न भएको अक्सिजन प्लाण्टको उद्धघाटन गर्नु भयो । त्यस लगत्तै उहाँले सोहि अस्पतालको निर्माणाधिन भवन निरिक्षण गर्नु भयो ।

अस्पताल निरिक्षण सक्ने वित्तिकै अध्यक्ष ओली  नेपालमै गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधिन दमक भ्यू टावरको स्वथलगत अवलोकनग गर्नु भयो । १८ ताला सम्म बन्ने यो टावरको अहिले ९ तलाको ढलानको काम  चलिरहेको छ । त्यसपछि त्यहि आयोजीत औपचारिक कार्यक्रममा सहभागी बन्नुु भएको थियो ।

दमक ३ मा रहेका ३३ विपन्न  परिवारका लागि निर्माण गरिएको घरहरुको तालाचाबी  लक्षीत वर्गलाई हस्तान्तरण पनि गर्नु भयो । त्यसपछि आफ्नो मन्तव्य राख्दै अध्यक्ष ओलीले दमक  नेपालकै उत्कृष्ट शहरको रुपमा विकास हुँदै गएको उल्लेख गर्नु भयो । उहाँ बन्ने संरचना र यहाँका विकास निर्माणहरु अन्तराष्ट्रिय स्तरका रहेको बताउँदै उहाँले दमकलाई विशिष्टकृत  शहरको रुपमा विकास गर्ने आफुले योजना बनाएको पनि सुनाउनु भयो ।

 

त्यसकालागि दमकको कुन क्षेत्रमा के बनाउने भन्ने कुरा यहाँका जनप्रतिनिधीले  योजना छनौट गरि स्थानीय स्तरको व्यवस्थापन गर्न पनि निर्देशन दिनु भयो ।  दमकलाई महत्पूणर् शहर बनाउने बताउँदै उहाँले दमकमा बढ्दो जनघनत्वको व्यवस्थापनलाइ ध्यान दिन पनि यहाँका जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भयो ।

यसपछि  ओली दमक ४ मा निर्माण हुँदै गरेको  प्रदेश १ स्तरिय एकिकृत अपाङगता पूनःस्थापना केन्द्रको निरिक्षण गर्नु भयो । त्यहाँ पनि उहाँले औपचारिक सम्बोधन गर्नु भयो ।   अपाङ्गता भएकाहरुलाई राज्यले समान अवसर दिनु पर्ने र क्षमता बिकास गराउने खालका कार्यक्रम तय गरिनुपर्ने उहाँले बताउनु भयो । साथै निर्माणाधिन  पूनःस्थापना केन्द्रको भवन निर्माण सम्पन्न गर्नका लागि व्यक्तिगत रुपमा ५ लाख रुपैँया सहयोग गर्ने घोषणा  समेत गर्नु भयो ।

त्यसपछि दमक ९ स्थित  शान्ती मार्गबाट सेतुमारी सम्म जाने सडकको सिलान्साय  गर्नु भयो । त्यसलगत्तै क्याम्पसमोड नयाँ आम्दा पाङमी चोकको करिव अढाई किलोमिटरको सडक उद्धघाटन गर्नु भयो । सडक उद्धघाटनपछि दमक क्याम्पसको निर्माणधिन भवनको निरिक्षण गर्नु भएको थियो । त्यस लगत्तै उहाँ आजकोको अन्मित कार्यक्रम स्थल पुग्नु भयो । दमक ७ स्थित पशुहाटमा गत शुक्रबार देखी सुरु भएको बृहत स्वास्थ्य शिविरको समापन गर्नु भयो । अध्यक्ष ओलीले भर्चुअल बाट उद्धघाटन गर्नु भएको सो  शिविरको उहाँको भौतीक उपस्थितीमा समापन पनि गरियो । सो शिविरबाट २ हजार ८ जनाले स्वास्थ्य परिक्षण गराएको आयोजक सस्था मध्येको घुन्सा फाण्डेसनकी अध्यक्ष याङजु शेर्पाले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

यो देश गीत गाएर राजनीतिक भाषण ठोकेर बनेको देश होइन ? ज्ञानेन्द्र शाही

काठमाडौं,२६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालको सीमासम्बन्धी विषयलाई राष्ट्रिय सरोकारको अतिसंवेदनशील मुद्दा भएको बताउनु भएको छ । बुधबार प्रतिनिधिसभाको

के गणतन्त्रले ल्याएको धर्म निरपेक्षताको फल यही हो ?

काठमाडौं,२७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले आफूलाई सामाजिक सञ्जालमार्फत ज्यानमार्ने, बलात्कार गर्ने तथा भौतिक आक्रमण गर्ने धम्की आइरहेको बताउनु भएको

दुई देशको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो परराष्ट्रमन्त्री खनाल

काठमाडौं २७ जेठ। परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने आधार तयार गरेको बताउनु भएको छ । बुधबार बसेको प्रतिनिधिसभा

पेलेर जाने कि सम्हालेर लाने ? हर्क साम्पाङ

  काठमाडौं,२८ जेठ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेनको सिमा विवाद सम्बन्धी धारणा लिखितरुपमा भएपनि आउनुपर्ने बताउनु भयो । प्रतिनिधिसभाको बैठकमा बोल्दै

शैक्षिक परामर्श सेवामा धरौटी : राज्य किन “हलो अड्काएर गोरु कुट्ने” बाटोमा ?

विद्यार्थीको भविष्य सुरक्षित बनाउने नाममा राज्यले ल्याउन खोजेको अत्यधिक धरौटीको व्यवस्था वास्तवमै समाधान हो कि समस्याको अर्को रूप ? आज यो प्रश्न शैक्षिक परामर्श क्षेत्रमा

सहकारी क्षेत्र बिकासका लागि हस्तक्षेपकारी होइन सहयागि बन्नु पर्छ : सचिव भुजेल

काठमाडौं,२७ जेठ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यसको प्रवद्र्धन आवश्यक रहेको बताउनु भएको