दमक/
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आईतबार दिन भर आफ्नो गृह नगर दमक भ्रमण गर्नु भयो । सो अवसरमा यहाँ बनेका कतिपय आयोजनाहरुको उद्धघाटन गर्नु भयो भने कतिको सिलान्यास र कतिको निरिक्षण पनि गर्नु भयो ।
बिहान ११ः३० दमक ६ मा निर्माण सम्पन्न भएको सुनौलोद्धारको उद्धघाटन गर्नु भयो । २१ लाख रुपैँयामा बनेको यो प्रवेशद्धार दमक नगरपालिका, वडा कार्यालय तथा विभिन्न व्यक्तिहरुको सहयोगमा निर्माण सम्पन्न भएको हो । त्यसपछि उहाँ दमक अस्पतालमा निर्माण सम्पन्न भएको अक्सिजन प्लाण्टको उद्धघाटन गर्नु भयो । त्यस लगत्तै उहाँले सोहि अस्पतालको निर्माणाधिन भवन निरिक्षण गर्नु भयो ।
अस्पताल निरिक्षण सक्ने वित्तिकै अध्यक्ष ओली नेपालमै गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधिन दमक भ्यू टावरको स्वथलगत अवलोकनग गर्नु भयो । १८ ताला सम्म बन्ने यो टावरको अहिले ९ तलाको ढलानको काम चलिरहेको छ । त्यसपछि त्यहि आयोजीत औपचारिक कार्यक्रममा सहभागी बन्नुु भएको थियो ।
दमक ३ मा रहेका ३३ विपन्न परिवारका लागि निर्माण गरिएको घरहरुको तालाचाबी लक्षीत वर्गलाई हस्तान्तरण पनि गर्नु भयो । त्यसपछि आफ्नो मन्तव्य राख्दै अध्यक्ष ओलीले दमक नेपालकै उत्कृष्ट शहरको रुपमा विकास हुँदै गएको उल्लेख गर्नु भयो । उहाँ बन्ने संरचना र यहाँका विकास निर्माणहरु अन्तराष्ट्रिय स्तरका रहेको बताउँदै उहाँले दमकलाई विशिष्टकृत शहरको रुपमा विकास गर्ने आफुले योजना बनाएको पनि सुनाउनु भयो ।
त्यसकालागि दमकको कुन क्षेत्रमा के बनाउने भन्ने कुरा यहाँका जनप्रतिनिधीले योजना छनौट गरि स्थानीय स्तरको व्यवस्थापन गर्न पनि निर्देशन दिनु भयो । दमकलाई महत्पूणर् शहर बनाउने बताउँदै उहाँले दमकमा बढ्दो जनघनत्वको व्यवस्थापनलाइ ध्यान दिन पनि यहाँका जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भयो ।
यसपछि ओली दमक ४ मा निर्माण हुँदै गरेको प्रदेश १ स्तरिय एकिकृत अपाङगता पूनःस्थापना केन्द्रको निरिक्षण गर्नु भयो । त्यहाँ पनि उहाँले औपचारिक सम्बोधन गर्नु भयो । अपाङ्गता भएकाहरुलाई राज्यले समान अवसर दिनु पर्ने र क्षमता बिकास गराउने खालका कार्यक्रम तय गरिनुपर्ने उहाँले बताउनु भयो । साथै निर्माणाधिन पूनःस्थापना केन्द्रको भवन निर्माण सम्पन्न गर्नका लागि व्यक्तिगत रुपमा ५ लाख रुपैँया सहयोग गर्ने घोषणा समेत गर्नु भयो ।
त्यसपछि दमक ९ स्थित शान्ती मार्गबाट सेतुमारी सम्म जाने सडकको सिलान्साय गर्नु भयो । त्यसलगत्तै क्याम्पसमोड नयाँ आम्दा पाङमी चोकको करिव अढाई किलोमिटरको सडक उद्धघाटन गर्नु भयो । सडक उद्धघाटनपछि दमक क्याम्पसको निर्माणधिन भवनको निरिक्षण गर्नु भएको थियो । त्यस लगत्तै उहाँ आजकोको अन्मित कार्यक्रम स्थल पुग्नु भयो । दमक ७ स्थित पशुहाटमा गत शुक्रबार देखी सुरु भएको बृहत स्वास्थ्य शिविरको समापन गर्नु भयो । अध्यक्ष ओलीले भर्चुअल बाट उद्धघाटन गर्नु भएको सो शिविरको उहाँको भौतीक उपस्थितीमा समापन पनि गरियो । सो शिविरबाट २ हजार ८ जनाले स्वास्थ्य परिक्षण गराएको आयोजक सस्था मध्येको घुन्सा फाण्डेसनकी अध्यक्ष याङजु शेर्पाले जानकारी दिनुभयो ।