दमक/
डेजी स्किन केयर दमकमा भर्खरै खुलेको छाला तथा सौन्दर्य सम्बन्धीको केयर सेन्टर हो । दमकका प्रतिस्ठीत र यूवा व्यवसायीक घरानाले खोलेको यो केयर सेन्टरमा छाला सम्बन्धीका सबै सेवाहरु उपलब्ध छन । छाला तथा यौनरोग विषेशज्ञ चिकित्सकनै राखेर आधुनीक र गुणस्तरीय सेवा यसले प्रदान गर्दै आएको छ ।
छाला तथा सौन्दर्य सम्बन्धीको सबै निराकरण एकै छानामुनीबाट गर्न सकिने तथा बडी म्यानेजको समेत सेवा प्रदान गर्दै आएको केयर सेण्टरमा झण्डै तीन करोड रुपैँया लगानी भएको छ ।
दमकका व्यवसायीक क्षेत्रमा फरक पहिचान बनाइरहेकाहरुको समुहले सञ्चालन गरेको हुनाले पछिल्लो पुस्ताहरुको आकर्षणको केन्द्र पनि बनीरहेको छ ।
यहाँ पाउने हरेक सेवा अन्तरारष्ट्रिय स्तरका रहेका छन् । तर मुल्य भने नेपाली बजार अनुसारकै छ । त्यसमा पनि बिभिन्न छुट तथा अफर चलीनै रहेको हुन्छ ।
यस्तै नयाँ छुटको अफर बारेमा आज डेजी स्किन केयरले सम्झौता गरेको छ । त्यो सम्झौता चाहि गरिमा विकास बैंकसँग गरेको हो ।
कोशी प्रदेश भरी रहेका गरीमा विकास बैकका ग्राहक तथा कर्मचारीहरुलाई २० प्रतिशत छुट दिने गरिको सम्झौता गरिएको केयर सेण्टरका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
गरिमा विकास बैकंले आफ्ना ग्राहक तथा कर्मचारीहरुकालागि विभिन्न सुविधाका कार्यक्रम ल्याए मध्येको यो पनि एक रहेको उल्लेख गरीएको छ ।
यो बैकंका झण्डै पाँच लाख ग्राहक कोशी प्रदेशमा मात्रै रहेका छन् । सबै ग्राहकले अव डेजी स्किन केयरबाट पाउने छ्ुट सुविधा सहजै लिन सक्ने यसको प्रदेश प्रमुख.रक्षा भट्टले जानकारी दिनुभयो ।
यो सम्झौता आजदेखी एक वर्ष सम्म सञ्चालन हुने छ । यसले दुवै पक्षको व्यवसायीक यात्रामा सहकार्य सहित सहज बनाउन मद्यत पुग्ने विस्वास गरिएको छ ।
भिडियोमा हेरौ