दमकमा विद्यार्थी केन्द्रित स्वास्थ्य शिविर, समस्या भएकालाई निशुल्क उपचार, कसरी छ सम्भव?(भिडियोमा हेरौ)

दमक/

पछिल्लो सयम बालबालिकाहरुका महत्वपूर्ण अङ्गहरुमा समस्या देखिन थालेको भन्दै झापाको दमक नगरपालिकाले चिन्ता देखाएको छ ।

 

पछिल्लो सयम विभिन्न ज्याजेडहरुको अत्याधिक प्रयोग, विषादीयूक्त खाना तथा खाजाको दैनिक प्रयोग अनी बढ्दो प्रदुषणका कारण बालबालिकाको आखा, नाक, कान , घाँटी तथा दाँतमा समस्या बढ्न थाल्यो । त्यसैले यस खाले शिविर हरेक सामुदायी विद्यालयमा गर्न सुरु गरिएको दमक नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र भट्टराईले जानकारी दिनु भयो ।

 

दमक ३ मा रहेको ढुकुरपानी माद्यमिक विद्यालयमा पहिलो पटक यो प्रकारको संयूक्त शिविर आयोजना गरियो । बिहिबार यहाँ भएको शिविरमा यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले उल्लासमय तरीकाले सहभागीता जनाएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हिमालय दाहालले बताउनु भयो ।

 

यसरी शिविरमा आएर परिक्षण गराउने बालबालिकाहरुमा कुनै समस्या भएमा दमक नगरपालिकाले निशुल्क उपचार समेत गर्ने व्यवस्था मिलाएको दमक नगरपालीकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईको भनाई छ । यसकालागि नगरले बजेटमै राखेर सामुदायी विद्यालयमा अध्ययन गर्ने र नगरले आयोजना गरेको स्वास्थ्य शिविरमा परिक्षण गराउदा थप उपचार गर्नु परेमा पूर्ण सहयोग गर्न नगर तयार रहेको उहाँले उल्लेख गर्नु भयो ।

 

शिविरमा आम शान्त्ती डेण्टल हस्पिटल, दमक अस्पताल र बिर्ता आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो । शिविरमा यहाँ विद्यार्थीले विभिन्न स्वास्थ्य परिक्षण गराएको विद्यालयका प्रधानाध्यापक कृष्ण भण्डारीले जानकारी दिनुभयो ।

भिडियोमा हेरौ 

Share: