दमक/
झापाको कमल गाउँपालिकाको कार्यालयमा पुस्तकालय स्थापना गरिएको छ । गाउँपालिकामा आएर प्रतिक्षा गर्नु पर्नेहरुलाई समयको सदुपयोग होस भन्ने उद्धेस्यले पुस्तकालाय स्थापना गरिएको डिपिएल कमलका बरिष्ठ उपाध्यक्ष सञ्जीव पाठकले जानकारी दिनु भयो ।
बिभिन्न विषयमा लेखीएका ४३ वटा पुस्तक गाउँपालिकाको कार्यलयभीत्रै र्याक समेत बनाएर पालिकालाई हस्तान्तरण गरिएको उहाँले जानकारी दिनु भयो ।
पठन सस्कृतीको विकास गर्न र यूवा नेतृत्व विकासमा डिएपलले महत्वपूणर् काम तथा कार्यक्रमहरु गर्दै आएको र ती प्रभावकारी रहेको गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताउनु भयो ।
यहाँ स्थापना गरिएको पुस्तकालयको संरक्षण गाउँपालिकाले गर्ने अव यसको सम्पूणर् जिम्मा गाउँपालिकाकै हुने पनि उहाँले प्रतिवद्धता जनाउनु भयो ।
भिडियोमा हेरौ