Search
Close this search box.

दमक/

नेपाल उद्योग वाणिज्य महासघंका केन्द्रिय सदस्य गोकुल श्रेष्ठले वर्तमान सरकार व्यवसायीमुखी नभएको भन्दै आलोचना गर्नु भएको छ ।

 

अहिलेको आर्थीक मन्दीले थला परिरहेका व्यापारीमाथी सरकारले समेत नियतबस दुख दिने गरेको बताउँदै विभिन्न जालझेल गरेर व्यापारीलाई फसाउने षड्यन्त्रमा सरकार उद्धत रहेको उहाँको टिप्पणी थियो ।

 

इलामको चपेटीमा अटो मोवाईल सघं दमक नगर कमिटीको दोस्रो साधरणसभालाई सम्बोधन गर्दै श्रेष्ठले भन्नु भयो‘ समान प्रकृतीका घटनामा व्यापारी बाहेक अन्य सम्यन्त्रलाई सरकारले वेवास्था गरेको तर व्यापारीलाई मात्रै निरन्तर निशाना बनाएकोले अहिलेको सरकार व्यवसायीमुखी नभएको र व्यवसाय गर्न थप असुरक्षा प्रदान गर्दै आएको छ । ’

 

पूणर् सरकारी स्वामित्वको तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना जग्गा निजिकरण गर्ने अभियोगमा अरुण चौधरी पक्राउ परेपछि उद्योगी तथा व्यवसायीहरुले सरकारको आलोचना गर्दै आएका छन् ।

 

यहि सन्दर्भमा आफ्ना कुरा राख्दै श्रेष्ठ भन्नु हुन्छ ‘केहि नेताहरुका निजी सम्पत्ती व्यपारीहरुलाई राख्न दिएको र त्यो फिर्ता गर्न ढिला भएका कारण त्यहि नेता अहिले सरकारको नेतृत्वमा रहेकोले सत्ताको शक्ति देखाउन यस खाले गतिविधि गरेका हुन । ’

 

यहि प्रसङ्गमा श्रेष्ठ भन्नु हुन्छ ‘हात्तीमा सवार राजालाई सम्मान गर्दा हात्तीले मलाईनै सम्मान भयो भन्ने भ्रम हात्तीले पाल्यो भने के हुन्छ ? अहिलेको सरकार यहि कथाको हात्ती जस्तै भएको छ । सरकारमा सँधै आफु मात्रै रहन्छु भन्ने घमण्ड देखाएका कारण अहिले व्यापारीहरुलाई तर्साउने र धम्काउने काम भइरहेको छ । ’

 

अटो मोवाईल व्यवसायीहरुले दमकमा अटो ल्याण्ड आवश्यक रहेको र यसमा स्थानीय सरकारले समन्वय गरिदिन पर्ने भन्दै आफ्ना मागहरु राखेका थीए ।

सघंका अध्यक्ष बुद्धि सागर बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दमक भरीका अटो मोवाईल व्यवसायीहरुको उपस्थिती रहेको थियो । दमक उद्योग वाणिज्य सघंका वर्तमान तथा पूर्व पदाधीकारीहरुको समेत कार्यक्रममा सहभागीता रहेको थियो ।

 

भिडियोमा हेरौ

Share:

Facebook
Twitter
Email
WhatsApp