अटिजम बालबबालिकाको संरक्षणमा निर्मला

दमक/

ठुली छोरीको बोली आउँदैन । माईली छोरीलाई अटिजम छ । दुई सन्तान जन्मेपछि घरमा श्रीमानसग खटपट सुरु भयो । अन्य दुई सन्तानको जन्म भयो । त्यसपछि श्रीमानले घर छाडेर हिडे । हिडेपछि अहिलेसम्म फर्केका छैनन् ।
‘घरको आर्थिक अवस्था कमजोर भएको र आम्दानीको कुनैपनि श्रोत नभएकोले सन्तानहरुको पालन पोषणमानै ठुलो समस्या आयो । यो चुनौतीका बीचमा धेरै पटक बिरक्तीएर संसारै छाड्ने सोच पनि बनाए । ’ झापाको कन्काई नगरपालिका वडा नं ४ मा सञ्चालनमा रहेको पुकार अपाङ्ग अशक्त समाज झापाकी सञ्चालीका निर्मला ओझाले भोगेका भागई हो यो ।

चार सन्तान मध्ये दुई जना बोद्यीक अपाङ्ग, दुई काखे बालक । अभावको कालो खाडल अगाडी थियो । यसबिचमा सन्तानको जिम्मेवारीले न मलाई अरु निणर्य गर्न दियो । न समाजबाट भाग्ननै पाए । यो संघर्षलाई बिस्तारै हिम्मत कसेर विभिन्न सहयोगी हातका सामु अवसरको रुपमा प्रयोग गर्ने सोच बनाए ।


वौद्धिक अपाङ्ग छारीलाई केहि अपाङ्ग सम्बन्धी सहयोग गर्ने सस्थाहरुमा समेत लगेर राखे । तरपनि अटिजमको बिरामी भएकाकारण अपाङ्ग सम्बन्धी काम गर्ने सघं सस्थाले पनि राख्न मानेनन् र केहि दिनमै मालाई बोलाएर जिम्मा लिन भने । त्यसपछि अटिजम भएका बालबालिकाहरुलाई अन्य वौद्धिक अपाङ्गता भएका बालबालिकासँग राख्न नसकिने भएकाले म आफै सस्था स्थापना गरेर संरक्षण र पालनपोषणको सोच बनाएर अघी बढे ।

२०७० देखी निस्कृय रहेको सस्था पुकार अपाङ्ग अशक्त समाजलाई पुनःजार्गीत गरेर सञ्चालन गर्न सुरु गरे ।
अहिले यो सस्थामा १४ जना अटिजम भएका बालबालिकाहरु रहेका छन् । ओझाले बताउनु भयो ।
कोही सुतेर मात्रै खान्छन्, केहि कसैको साहाराले मात्रै खान सक्छन । कोहि सौच गर्न समेत सक्दैनन । यस प्रकृतिका बालबालिकाहरुलाई दैनिकी चलाउन पनि अत्यन्तै चुनौती हुन्छ ।

यसले गर्दा अहिले सस्थामा ल्याइएका अधिकांश बालबालिकाका अभिभावक छैनन । १४ जना बालबालिकाहरु मध्ये तीन जनाका अभिभावकले सन्तानको पीडाका कारण आत्महत्या समेत गरेका छन् । अन्यका अभिभावकनै छैनन । त्यसैले अहिले यस्ता बालबालिकाको संरक्षणमा सस्थाकी सञ्चालीका ओझाको महत्वपूणर् योगदान रहेको छ ।

सस्थाको कुनैपनि दिगो आम्दानीको श्रोत छैन । बिभिन्न दाताहरुले जन्मोत्सव मनाउन, तिथि श्राद्धमा गर्ने दान, अन्य क्षेत्रमा गरिने खर्चको केहि हिस्साले आश्रम चलिरहेको छ ।

 

वैवाहिक वर्षगाठको अवसरमा आश्रमलाई सहयोग

लायन्सय क्लव अफ इन्टरनेशनल ३२५ सिका जोन चियर पर्सन अशोक सुवेदी र उहाँकी जीवन संगीनी सबिना सुवेदीको १७ औ वैवाहिक वर्षगाठको आश्रममा खाद्यन्न सहयोग गरिएको छ ।
कन्काई ४ मा रहेको पुकार अपाङ्ग अशक्त समाजलाई आवश्यक पर्ने दैनिक खाद्यन्न सामाग्री सहयोग गरिएको यसकी सञ्चालीका निर्मला ओझाले बताउनु भयो ।
शुक्रबार सुवेदी परिवार सहित लायन्स क्लव अफ दमक श्री अन्तुका अध्यक्ष सुवास गड्ततौला, एरिया चिफ विष्णु पौडेल, गभर्नर एडभाईजर पारस पाण्डे लगयतको उपस्थितीमा सहयोग हस्तान्तर गरिएको थियो ।
फजुल खर्चलाई कटौती गर्दै आवश्कीय समुदायमा सहयोग गर्नु पर्छ भन्ने भावना स्वरुप आरुममा सहयोग गरिएको सुवेदिले जानकारी दिनुभयो ।
उहाँले अटिजमका बालबालिकाहरुलाई डाईपर समेत उपलब्ध गराइएको थियो ।

Share: