दमक महोत्सव स्थल जाने बाटैमा तगरै तगारो (भिडियोमा हेरौ)

दमक/

अहिले दमकमा महोत्सव लागीरहेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतलाई प्रमुख अतिथी बनाएर भव्य समारोहका बिच महोत्सव उद्धघाटन गरियो ।
महोत्सव स्थलमा हरेक दिन विभिन्न प्रकारका व्यवसायीक स्टलहरुमा व्यापारीक कारोबार पनि हुन्छ । खेल तमासा हेर्ने र खेल्नेहरुको पनि जमात यहाँ लाग्न सक्छ । अनी हरेक रातमा हुने साङ्गीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम अर्को आकर्षण हुन ।
बालबालिका देखी, यूवा पुस्ता, घरकी गृहणी देखी दिनभर काममा व्यस्त हुने सम्म फरक फरक उद्धेस्य पुरा गर्न महोत्सवमा जाने गर्छन ।
तर अहिले महोत्सव स्थल जहाँ छ त्यहाँ जान भने उती सहज चाहि छैन ।
दमक महोत्सव स्थल दमकको पूर्व बस पार्क देखी पूर्वपट्टी पर्छ । अधिकांशको मुख्य जक्सननै बासपार्क हो । तर यहाँबाट महोत्सव स्थल जाने बाटोमा भने तगारो बिच्छाए जस्तै छ । खाल्डा खुल्डी छन् । बाटोहरुमा बिभिन्न अवरोधहरु राखीएको छ । जसले गर्दा मोटरसाईकल वा कुनैपनि सवारी साधन महोत्सव स्थल सम्म सहजै पुग्दै पुग्दैनन ।

 

बाटो भत्काइएको छ । राम्रै बाटोलाई डोजर लगाएर खान्दै यहाँ दिर्घकालीन रुपमा ढल निकासीको सि फेज पाईप लगाउने काम भइरहेको छ । हेर्दा विकासकै काम भएपनि अहिले जहाँ काम भइरहेको छ त्यहाँ सुस्त गतीमा काम चलिरहेकोले बाटो अप्ठयारो छ । खाल्डा खुल्डी भएका कारण यी बाटो भएर कुद्ने सवारी साधनका चालकहरुले समस्या भोगीरहनु परेको छ ।

 

बाटो भत्काइएका कारण यहाँबाट उत्पादन हुले धुलो नजिकैका पसलमा उडेर पुग्छ । पसलमा ग्राहक आउने बाटो समेत छैनन । त्यसैले बाटो निर्माण आसपासका व्यापारीहरु बाटोका कारण व्यापार नभएको भन्दै जति सक्दो चाँडो बाटो निर्माण सम्पन्न गरिदिन माग राख्छन् ।

 

दमकमा बनिरहेको सिफेज ढल निर्माणको कामले गर्दा सडकहरु भत्काइरहिएको छ । जहाँ जहाँ भत्काइएको छ त्यहाँ त्यहाँ पुरानै अवस्थामा सडक पूःन निर्माण गरिदिनु पर्ने प्रावधान रहेको छ । तर समयमा काम नगर्दै कतिपय ठाउँहरुमा सडक भाटो भत्काएर अलपत्र पारीदिदा नागरीकहरुमा आवागमनको असर पर्नुका साथै अत्याधिक धुलो उडेका कारण दम लगायत फोक्सो सम्बन्धीका स्वास्थ्य समस्या बढ्न थालेकोले चिन्ता व्यक्त गरिरहेका छन् ।

भिडियोमा हेरौ

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सकियो ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम

बिर्तामोड, चैत ३ । दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियानको रुपमा आयोजना गरिएको घुमौँ झापा साइकलमा कार्यक्रम समापन भएको छ । झापा साइक्लिङ

बालेनको ‘ठूलो खेल’ : सरकार बनाउँदै संविधान नै फेरिने संकेत ?

काठमाडौं,३ चैत। ‘दुई तिहाइमा दुई सिट कम’ बहुमतको नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी—अब बालेन्द्र शाह नेतृत्वमा सरकार बनाउने तयारीमा छ। तर प्रश्न उठेको छ—यो सरकार

जेनजी आन्दोलनको क्षति : ऐतिहासिक भवन पुनर्निर्माण अन्योलमा

काठमाडौं,३ चैत । गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा आगजनीपछि क्षतिग्रस्त भएको बबरमल स्थित सडक विभागको ऐतिहासिक भवन पुनःनिर्माण अनिश्चित

उदयपुरमा हुरी : दुईको मृत्यु, छ जना घाइते

उदयपुर,३ चैत। उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी

नेपालमा जर्मन प्रविधि लगानीका सम्भावना विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौं,३ चैत ।नेपालमा स्थानीय तथा वैदेशिक लगानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ काठमाडौंमा एक विशेष ‘ज्ञान साझेदारी’ (नलेज सेयरिङ) अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल

“मधेश प्रदेश सरकारका १०० दिन:मुख्यमन्त्री यादवले ५१ प्रमुख कामहरु सार्वजनिक”

जनकपुर,३ चैत । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारको पहिलो १०० दिनमा गरेको मुख्य ५१ वटा कामहरु बारे जानकारी गराउनु