दमक महोत्सव स्थल जाने बाटैमा तगरै तगारो (भिडियोमा हेरौ)

दमक/

अहिले दमकमा महोत्सव लागीरहेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतलाई प्रमुख अतिथी बनाएर भव्य समारोहका बिच महोत्सव उद्धघाटन गरियो ।
महोत्सव स्थलमा हरेक दिन विभिन्न प्रकारका व्यवसायीक स्टलहरुमा व्यापारीक कारोबार पनि हुन्छ । खेल तमासा हेर्ने र खेल्नेहरुको पनि जमात यहाँ लाग्न सक्छ । अनी हरेक रातमा हुने साङ्गीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम अर्को आकर्षण हुन ।
बालबालिका देखी, यूवा पुस्ता, घरकी गृहणी देखी दिनभर काममा व्यस्त हुने सम्म फरक फरक उद्धेस्य पुरा गर्न महोत्सवमा जाने गर्छन ।
तर अहिले महोत्सव स्थल जहाँ छ त्यहाँ जान भने उती सहज चाहि छैन ।
दमक महोत्सव स्थल दमकको पूर्व बस पार्क देखी पूर्वपट्टी पर्छ । अधिकांशको मुख्य जक्सननै बासपार्क हो । तर यहाँबाट महोत्सव स्थल जाने बाटोमा भने तगारो बिच्छाए जस्तै छ । खाल्डा खुल्डी छन् । बाटोहरुमा बिभिन्न अवरोधहरु राखीएको छ । जसले गर्दा मोटरसाईकल वा कुनैपनि सवारी साधन महोत्सव स्थल सम्म सहजै पुग्दै पुग्दैनन ।

 

बाटो भत्काइएको छ । राम्रै बाटोलाई डोजर लगाएर खान्दै यहाँ दिर्घकालीन रुपमा ढल निकासीको सि फेज पाईप लगाउने काम भइरहेको छ । हेर्दा विकासकै काम भएपनि अहिले जहाँ काम भइरहेको छ त्यहाँ सुस्त गतीमा काम चलिरहेकोले बाटो अप्ठयारो छ । खाल्डा खुल्डी भएका कारण यी बाटो भएर कुद्ने सवारी साधनका चालकहरुले समस्या भोगीरहनु परेको छ ।

 

बाटो भत्काइएका कारण यहाँबाट उत्पादन हुले धुलो नजिकैका पसलमा उडेर पुग्छ । पसलमा ग्राहक आउने बाटो समेत छैनन । त्यसैले बाटो निर्माण आसपासका व्यापारीहरु बाटोका कारण व्यापार नभएको भन्दै जति सक्दो चाँडो बाटो निर्माण सम्पन्न गरिदिन माग राख्छन् ।

 

दमकमा बनिरहेको सिफेज ढल निर्माणको कामले गर्दा सडकहरु भत्काइरहिएको छ । जहाँ जहाँ भत्काइएको छ त्यहाँ त्यहाँ पुरानै अवस्थामा सडक पूःन निर्माण गरिदिनु पर्ने प्रावधान रहेको छ । तर समयमा काम नगर्दै कतिपय ठाउँहरुमा सडक भाटो भत्काएर अलपत्र पारीदिदा नागरीकहरुमा आवागमनको असर पर्नुका साथै अत्याधिक धुलो उडेका कारण दम लगायत फोक्सो सम्बन्धीका स्वास्थ्य समस्या बढ्न थालेकोले चिन्ता व्यक्त गरिरहेका छन् ।

भिडियोमा हेरौ

 

Share: