सामुदायीक विद्यालय सुधार अभियान्ता दुर्गा ‘म्याम’को विभिन्न अक्षय कोष देखी सरस्वती मन्दिर निर्माण सम्म

दमक/

दुर्गा खनाल(काफ्ले) उहाँ पहाडको एउटा बिकट गाउँमा जम्नु भयो । २०२० साल जेष्ठ १५ गते तेह्रथुमको साविक सोल्मा गाविस वडा नं १ मा उहाँ जन्मनु भएको थियो ।
त्यो बेला छोरीलाई पाउने कुरानै निकै चुनौती थियो । तर दुर्गा म्यामको परिवारले उहाँलाई इच्छा भए सम्म पढाउनु भयो । जतिबेला उहाँ पढेर आफ्नै गाउँमा पढाउने भएर आउनु भयो त्यो बेला पनि महिलाहरुले पढ्नु पर्छ भन्ने भावनाको पूणर् विकास भएको थिएन । त्यो समय हो २०४० साल को । जतीबेला दुर्गा म्याम गाउँकै सिहंदवी निमावी अध्यापन गराउन थालीसक्नु भएको थियो ।

केहि वर्ष त्यहाँ पढाउनु भयो । त्यहि क्रममा देशव्यापी रुपमा शिक्षकहरुको आन्दोलन चल्यो । आफ्नो अधिकार, सेवा, सुविधा र समाज रुपान्तरका लागी । त्यो बेला उहाँ बामबन्थी आन्दोलनमा होमीनु भएको थियो ।

शिक्षक संगठनको निर्देशन अन्ुसार उहाँले त्यो बेला गाउँनै छोडेर भाग्नु पर्ने अवस्था आयो । किनकी त्यहि बेला समाजमा शिक्षाको ज्योती फैलाउनु पर्छ । हरेक घरका छोरीहरुले अनिवार्य रुपमा पढ्न पाउनु पर्छ भन्ने एजेण्डालाई घर घरमा गएर उहाँले बिगुल फुकेझै गरी शशक्त सन्देश छरीरहनु थियो ।

उहाँको त्यो गतिविधि त्यसबेलाको सत्तालाई मन परेन । त्यसैले ज्यान जोगाउनैकालागि उहाँ भागेर झापा आउनु भयो ।
झापामा आएपछि उहाँ २ वर्ष भन्दा धेरै कसैको पनि सम्पर्कमा नबसी सुरक्षीत स्थानमा लुकेर बस्नु भयो । संगठनले ‘तपाईलाई बाहिर खतरा छ ।’ भनेपछि उहाँ झापामा सुरक्षीत भएर बस्नु भयो । यो अवधिमा शिक्षण पेषाबाट राजिनामा दिन निरन्तर दवाव समेत आइरहेको थियो । तर उहाँ आफैले भने राजिनामा दिन मान्नु भएन । उहाँ आवद्ध संगठनले समेत कुनै पनि हालतमा राजिनामा नदिन भनेर साथ दिइरहेका कारण उहाँ बिना राजिनामा लुकेरै बस्नु भयो ।

यसरी बसेको २ वर्ष पछि उहाँले आफ्नो शिक्षण पेषाको सरुवा झापामै सार्नु भयो ।
झापाको भद्रपुर स्थित महेशपुरमा पर्ने पशुपति प्राथमिक विद्यालयमा २०४७ सालमा उहाँले अध्ययापन पेषा पूःन थाल्नु भयो ।
त्यसको एक वर्ष पछि अर्थात २०४८ साल देखी भने दुर्गा म्याम दमक ९ मा रहेको पाणेनी माद्यमिक विद्यालयमा शिक्षण गरिनै रहनु भयो । यहिबाट २०८० जेष्ठ १५ गते अवकास प्राप्त गर्नु भयो । अहिले उहाँ आफ्नो फुर्सदको समय सामाजीक सेवामा लगाइरहनु भएको छ ।
उहाँ शिक्षण पेषामा हुदै देखीपनि विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई खाजा खुवाउने, न्यानो कपडाहरु किनिदिने, कापी किताव तथा अन्य स्टेसनरीका सामानहरु खरिद गरिदिने जस्ता काम गरिदिरहनु भएको थियो ।

यतिमात्रै नभएर खर्च अभावकै कारण उच्च शिक्षा पढ्न नसक्नेहरुलाई विद्यालयमै बिभिन्न छात्राबृत्तिकोको नाममा कोषा खडा गरी ती विप्पन्न बालबालिकाहरुको उच्च शिक्षा अध्ययन गर्न चाहने सपना साकार पार्दै आउनु भएको छ ।
अहिले आफु शिक्षण पेषाबाट अवकास भएपनि मन र तन भने तीनै विद्यालयहरुमा घुमिरहेको हुन्छ । त्यसैले त उहाँ आफुले अध्यापन गराएको विद्यालयमा मात्रै नभएर अन्य सामुदायीक विद्यालयमाहरुमा पनि विभिन्न कोष बनाउदै सहयोग गर्दै आइरहनु भएको छ ।

उहाँले पाणेनी माविमा सरस्वती मन्दिर निर्माण गर्नु भएको छ । साढे आठ लाख रुपैया खर्च गरेर उहाँले त्यहाँ मन्दिर बनाउनु भएको हो भने । सोहि विद्यालयमा १ लाख रुपैँयाको अक्षय कोष पनि उहाँले खडा गर्नु भएको छ । यसै गरि सरस्वती मावि दमक ९ मा समेत १ लाख ५१ हजारको अक्षय कोष छ । पब्लीक लाइब्रेरीमा १ लाखको अक्षय कोष, आफु सानोमा पढेको तेह्रथुमको सोल्मामा रहेका रत्न माविमा १ लाख ११ हजार १ सय ११ को अक्षय कोष र विद्योदय आधारभूत विद्यालयमा ५० हजारको कोष खडा गराएर विप्पन्न तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिक उन्नत्तीमा योगदान गर्दै आउनु भएको छ । यस्तै हरेक वर्षको जाडो याममा उहाँ इलाम, झापा, सुनसरी, मोरङका अधिंकाश विद्यालयमा न्यानो कपडा वितरण गर्न समेत पुग्ने गर्नु हुन्छ । उहाँले गरेका यी सबै सहयोग कोहिसँग मागेर नभएर आफ्नै क्षमताले कमाएको कमाईबाट नै गर्दै आएको उहाँले बताउनु भएको छ ।

यहि क्रममा उहाँले दमक ५ मा रहेको दिपिनी आधारभूत विद्यालयमा केहि हजार र लाखको कोष मात्रै नभएर सिङ्गो सरस्वती को पूणर् मन्दिर खडा गरिदिनु भयो । ५ लाख ५५ हजार रुपैँया खर्च गरेर उहाँले यहाँ शालीक सहितको मन्दिर निर्माण गर्नु भएको हो ।
एक महिना अघी मात्रै सिलान्यास गरिएको सो मन्दिरको सरस्वती पुजाको अवसर पारेर आज समुद्धघाटन गरियो ।
राष्ट्रियसभा सदस्य तथा नेकपा एमाले संसदीय दलका नेता देबेन्द्र दाहालको बाहुलीबाट उहाँले सो मन्दिरको उद्धघाटन गर्नु भयो ।
विद्यालयले व्यवस्थपन गरेको सो कार्यक्रममा दुर्गा म्यामले समेत विभिन्न अतिथीहरुलाई आमन्त्रण गनु भएको थियो ।सो अवसरमा बोल्ने हरेक वक्ताहरुले दुर्गा म्यामको यस्ता असल कर्मको मुक्त कण्ठले प्रषंशा गर्नु भएको थियो ।

हेरौ सो कार्यक्रममा क्रममा बोलेका हरेक वक्ताहरुको भनाई सहितको भिडियो ।

Share:

Facebook
Twitter
Email
WhatsApp