एमालेमा आकर्षण

काठमाडौमा माओवादीको महाधिवेशन , झापामा पार्टी परित्याग गरि एमाले प्रबेश गर्नेको लर्को

दमक /
नेकपा माओवादी केन्द्रको अहिलेसम्म महाधिवेशन चलिरहेको छ । पुस ११ गते देखि १५ गते सम्म काठमाडौमा महाधिबेशन चलिरहेको छ । आज महाधिवेशनको दोस्रो दिन दिन हो ।

तर झापामा माओवादी केन्द्र पार्टी परित्याग गरि नेकपा एमाले प्रबेश गर्ने स्थानिय नेता तथा कार्यकर्ताको लर्को नै लागेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा रहेको माओवादी केन्द्रका विभिन्न वडाका कमिटीनै एमाले प्रबेश गरेका छन ।

माओवादीले केन्द्रको वडा नम्बर ७ का वडा अध्यक्ष गुमानसिंह तामाङ सहित जिल्ला सदस्य सम्मका नेताहरु एमाले पार्टी प्रवेश गरेका छन ।

 

अध्यक्ष ओलीको उपस्तिथि रहेकै बेलामा बृहत पार्टी प्रबेश कार्यक्रम आयोजना गरिएको एमाले केन्द्रीय सदस्य गोभिन्द थापाले जानकारी दिनु भयो । पार्टी प्रवेश गर्नेमा माओवादीले केन्द्र परित्याग गरि २ हजार ५०० जना एमाले प्रबेश गरेका छन ।

यस्तै नेपाली कांग्रेस परित्याग गरि १ हजार ८ सय , राप्रपा परित्याग गरि २ हजार र अन्य साना दल तथा स्वतन्त्र युवाहरू ७ सय जना एमाले पबेश गरेको नेकपा एमाले दमक नगर कमिटी उपाध्यक्ष दिपेश दाहालले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भीड,एक्लो मानिस र सङ्कुचित हुँदै हाम्रो संवेदनशीलता

विश्वका धेरै देशहरूले यस समस्यालाई सार्वजनिक नीतिको विषय बनाएका छन् । बेलायतले एक्लोपनसँग जुध्न विशेष रणनीति बनाएको छ र जापानले पनि सामाजिक अलगावको बढ्दो समस्यालाई ध्यानमा राख्दै छुट्टै सरकारी प्रणाली सिर्जना गरेको छ ।

बजेट कार्यान्वयनको बाटो खुल्यो

काठमाडौं,१० साउन । आगामी आर्थिक वर्ष २०८३÷८४ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन गर्ने सम्बन्धमा बनेको ‘विनियोजन ऐन, २०८३’ प्रमाणीकरण भएसँगै

डा. गोविन्द केसी र सरकार बीच वार्ता सुरू

  धनगढी,१० साउन । विभिन्न माग राख्दै बिहीबार देखि सत्याग्रमा बसेका डा. गोविन्द केसी र सरकार बीच वार्ता सुरू भएको छ । आइतबार धनगढीस्थित सेती

जन्तर–मन्तरबाट आन्दोलन फिर्ता

काठमाडौं ,१० साउन। भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा जारी रहेको कक्रोज जनता पार्टी (सीजेपी) को प्रदर्शन स्थगित गरिएको छ । आन्दोलनकारी समूहले सरकारसँग भएको छलफलपछि

हेटौँडामा पुरुष मृत फेला, प्रहरी अनुसन्धान तिब्र

हेटौँडा, १० साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन् । प्रारम्भिक जानकारीअनुसार मृतकको पहिचान