एमालेमा आकर्षण

काठमाडौमा माओवादीको महाधिवेशन , झापामा पार्टी परित्याग गरि एमाले प्रबेश गर्नेको लर्को

IMG_20211227_130422

दमक /
नेकपा माओवादी केन्द्रको अहिलेसम्म महाधिवेशन चलिरहेको छ । पुस ११ गते देखि १५ गते सम्म काठमाडौमा महाधिबेशन चलिरहेको छ । आज महाधिवेशनको दोस्रो दिन दिन हो ।

तर झापामा माओवादी केन्द्र पार्टी परित्याग गरि नेकपा एमाले प्रबेश गर्ने स्थानिय नेता तथा कार्यकर्ताको लर्को नै लागेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा रहेको माओवादी केन्द्रका विभिन्न वडाका कमिटीनै एमाले प्रबेश गरेका छन ।

माओवादीले केन्द्रको वडा नम्बर ७ का वडा अध्यक्ष गुमानसिंह तामाङ सहित जिल्ला सदस्य सम्मका नेताहरु एमाले पार्टी प्रवेश गरेका छन ।

 

अध्यक्ष ओलीको उपस्तिथि रहेकै बेलामा बृहत पार्टी प्रबेश कार्यक्रम आयोजना गरिएको एमाले केन्द्रीय सदस्य गोभिन्द थापाले जानकारी दिनु भयो । पार्टी प्रवेश गर्नेमा माओवादीले केन्द्र परित्याग गरि २ हजार ५०० जना एमाले प्रबेश गरेका छन ।

यस्तै नेपाली कांग्रेस परित्याग गरि १ हजार ८ सय , राप्रपा परित्याग गरि २ हजार र अन्य साना दल तथा स्वतन्त्र युवाहरू ७ सय जना एमाले पबेश गरेको नेकपा एमाले दमक नगर कमिटी उपाध्यक्ष दिपेश दाहालले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३ करोड ६१ लाखको सामानसहित तीन भारतीय कन्टेनर नियन्त्रणमा

दमक, ५ जेठ / झापाको बिर्तामोड नगरपालिकास्थित नागरमोडे क्षेत्रबाट प्रहरीले करिब ३ करोड ६१ लाख बराबरको अवैध सामानसहित तीनवटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिएको