यूवा पुस्ताको वारिस्ता बन्ने सपना पुरा गर्दै दमक ३ (भिडियोमा हेरौ)

दमक/

दमक ३ का देबेन्द्र खड्काको सपना छ एक दक्ष वारिस्ता बन्ने । वारिस्ता अर्थात कफि बनाउन सिपालु व्यक्ति । यदी यो सिप सिक्यो भने विस्वका जुनसुकै देशमा गएपनि गरिखान सकिन्छ भन्ने उहाँमा विस्वास छ । उहाँको यो विस्वास र सपनालाई पुरा गर्दै छ दमक नगरपालिका वडा नं ३ । त्यसैले खड्का भन्नु हुन्छ ७० जना मध्ये ५० जनामा छनौट हुन पाएकोमा खुसी छु । यहाँ सिकेको सीपलाई म पूणर् रुपमा सदुपयोग गर्ने छु ।

 

यही ठाउँकी मनिता दर्जीलाई लागेको छ ,धेरै पढेर भन्दा पनि धेरै काम गर्न जानेमा चाहि जीवन चलाउन सहज हुन्छ । त्यसैले पढाईमा लाखौ खर्च गर्नु भन्दा बरु सिप सिक्नमा ध्यान दिने हो भने जहाँसुकै र जतिबेलै काम पनि पाइन्छ । त्यसैले वडा नं ३ को कार्यालयले सिकाएको वारिस्ता तालिममा सहभागी हुन उहाँ आउनु भएको छ ।

 

वारिस्ताका प्रशिक्षक आकाश खड्का अनुसार यो तालिममा कफिको इतिहाँस देखी लिएर यसको बनाउने तरिका , मेसिनको प्रयोग सबै खाले तालिम दिइन्छ । यहाँबाट उत्पादन भएका प्रशिक्षार्थीहरुले देश तथा विदेशमा सहजै काम पाउन सक्ने छन् ।

 

यूवाहरुको सिप विकास गराउन वडाले विभिन्न खाले सिपमुलक कार्यक्रमहरु गर्दै आएको वडाध्यक्ष नबिन बराल बताउनु हुन्छ । उहाँले यसखाले सिप दिएपछि यूवाहरुमा आत्मनिर्भरता बढ्ने र रोजगार सिर्जना हुने छ । यूवा जनशक्तिको सदुपयोगले आफ्नो क्षेत्रमा समृद्ध हासिल गर्न सकिन्छ भन्ने विस्वासका साथ यस खाले तालीम वडाले सञ्चालन गरेको वडाध्यक्ष बराल बताउनु हुन्छ ।

 

दमक नगरपालिकाका प्रमुख प्रशाषकिय अधिकृत गणेश कुमार कार्कीले यस खाले तालिमलाई केवल औपचारीकतामा मात्रै सिमित नराख्न प्रशिक्षार्थीहरुलाई अनुरोध गर्नु भयो । जिवन उपयोगीको रुपमा यसलाई लिदै यही सिपबाट आम्दानी गर्छु भन्ने सोचका साथ तालीम सिक्न उहाँको सुझाव रहेको छ ।

 

दमक नगरपालिकाकी उप प्रमुख तथा कार्यवहाक नगर प्रमुख रेगिना भट्टराई प्रसाईले यो तालिम लिनेहरुले सके सम्म आफ््नै ठाउँमा उद्यमी बन्न तथा स्वरोजगार बन्न सुझाव दिनु भयो । सिप सिक्यो भने कहिलै नमर्ने र नमासीने भएकोले यसलाई जीवन पर्यन्त सम्म प्रयोग गर्न उहाँले अनुरोध गर्नु भयो ।

 

यो तालिम १५ दिन सम्म चल्ने छ । चन्द्र सुर्य सिप विकास सस्थासँग सहकार्य गरेर वडा नं ३ को कार्यालयले यो तालिम सञ्चालन गरेको हो ।

भिडियोमा हेरौ

Share:

Facebook
Twitter
Email
WhatsApp