बन्दै गरेको घरको रडमा उनीएका नील बहादुर शार्कीले पाउनु भयो नयाँ जीवन, कसरी भयो उपचारमा सम्भव ? (भिडियोमा हेरौ)

दमक/

निर्माणाधिन दुई तले घरमा रङ्ग लगाउँदा लगाँदै बाँस चिप्लीएर नील बहादुर सार्की लड्नु भयो । उहाँ माथीबाट तल लड्दा भुईमा भने बजारीनु भएन । उहाँ बिचमै अड्कनु भयो ।
उहाँ कुनै सामानको फेर समातेर वा कुनै आँटमा समातेर वा अडेस लागेर अडीनु भएको भने चाहि होईन । बनिरहेको घरको बाहिर निस्किएको फालामको रडममा उहाँको दाहिने पाखुरा अड्कीयो । माथीबाट तल झरेकोले त्यसको बेगले गर्दा उहाँले लगाइरहनु भएको कपडा सबै त्यहि रडमा उनीयो । तर त्यो कपडाले पनि थेगेन । दाहिने पाखुराको काखीबाट पछाडीको पीठ सम्मै रड छेडियो । र त्यहि रडमा उहाँ उनीनु भयो ।

 

हतार हतार गर्दै उहाँको उपचार गराउन दमक २ मा रहेको आम्दा अस्पतालमा ल्याइयो । अस्पताल ल्याउँदा उहाँको हात तुर्लुङ झुण्डीएको थियो । काटेर फाल्नु पो पर्ने हो कि भन्ने डर नील बहादुरमा थीयो । तर आम्दामा आएर डा. अरुण कुमार शाह र डा.डील्ली रिजालले उपचार गरेपछि उहाँको हात अहिले बिसेक भएको छ । केहि समयको आरामपछि हात पुरानै अवस्थामा फर्कने र काम गर्न सक्ने बन्ने विस्वासमा उहाँमा जागेको छ ।

 

नील बहादुर अस्पताल आइपुग्दा उहाँको पाखुराको हड्डी ६ टुक्रा भएर भाँचीएको थियो । त्यसको एक्सरे हेर्दा यसको आम्दामै उपचार सम्भव छ भन्ने चिकित्सकहरुको ठहर रह्यो र उहाँको उपचार सम्भव भएको उपचारमा संलग्न डा. अरुण कुमार शाहले बताउनु भयो ।

 

आम्दामा पछिल्लो समय हाडजोर्नी सम्बन्धीका विषेशज्ञ चिकित्सकहरुको टिमले जटिल मानीएका बिराम तथा रोगहरुको पनि निको पारीरहेका छन् । जसले गर्दा आम्दा सुरक्षीत प्रसुति केन्द्र मात्रै नभएर अन्य जटील खाले रोगको निदान समेत हुने अस्पतालको रुपमा परिचीत हुदै छ ।

भिडियोमा हेरौ

Share:

Facebook
Twitter
Email
WhatsApp