दमक महोत्सव, कलाकारको कला, खेल तमासा बाहेक के हेर्ने ?(भिडियोमा हेरौ)

दमक/

अहिले झापाको दमकमा पाँचौ दमक महोत्सव चलीरहेको छ । फागुन १२ गतेसम्म सञ्चालन हुने यो महोत्सवमा हरेक साझँ नेपाली, भारतीय र रसीयन कलाकारहरुले कला देखाउने गर्छन । साथै यहाँ बिभिन्न खेल तथा तमासाहरु पनि मनोरञ्जन गर्न राखीएका छन् ।
महोत्सवमा जानेहरुपनि यीनै खेल तमासा र गीत संगीतमा रमाउने गरेका छन् ।

 

महोत्सव भन्ने बित्तिकै धेरैको मनमा यस्तै खेल तामासा र कालाकारहरुको प्रस्तुती हेर्न जाने ठाउँ भन्ने भान आउनु स्वभावीकै पनि हो । किनकी यसको आक्रामक प्रचार पनि यस्तै यस्तैको मात्रै भएको छ । तर यहाँ त अन्य धेरै व्यापारीक स्टलहरु पनि छन् । स्थानिय उत्पादन देखी लिएर अन्तरािष्ट्रय ब्राण्ड सम्मका स्टलहरु यहाँ राखीएको छ । दमक उद्योग वाणिज्य सघंले आयोजना गरेको यो महोत्सवमा घरको किचनमा चाहिने सामान देखी लिएर कार्यालयको सज्जी सज्जावट सम्मका सामान पाइने यी स्टलहरुको प्रचार चाहि किन भएन ?

 

महोत्सवमा अहिले औषत ५ हजारजना मानीसहरुले हरेक दिन अवलोकन गरिरहेका छन् । उनीहरुलाई आफ्नो स्टल तर्फ आकर्षण गर्न व्यवसायीहरुले आफ्नै कला देखाइरहेका हुन्छन् । महोत्सव स्थलको प्रवेश गर्ने स्थानमै राखीएको धिमाल जाती र नेवारी जातीको जातीय परिकारले पनि महोत्सव स्थलमा आउनेहरुलाई स्वागत गरेको चाहि देखिन्छ । खास यी जातीय परिकार स्टलमा के के पाइदा रहेछन् ?

 

महोत्सव स्थलमा एक सय भन्दा बिभिन्न प्रकारका व्यवसायीक स्टलहरु छन् । तर यी स्टलको भाडा अन्य वर्षको भन्दा महगो भएको भनेर व्यवसायीहरुले गुनासो गरेका छन् । कतिपयले त स्टलको भाडा र यहाँ गरिएको अन्य खर्च समेत पो महोत्सव भरीको व्यापारले नउठाउने हो कि भन्ने चिन्तामा व्यवसायी छन् ।

 

महोत्सवमा आउनेहरुलाई यहाँका स्टलमा पाइने कुराहरुको बारेमा कम प्रचार गराएका कारण पनि महोत्सव आउने अवलोकन कर्ताहरु सपीङ गर्ने मनस्थितीमा भन्दा पनि रमाईलो गर्ने उद्धेस्यले मात्रै महोत्सव आउँदा यहाँ उल्लेख्य व्यापार हुन नसकेको कतिपय व्यवसायीहरुको विष्लेशण छ ।

भिडियोमा हेरौ

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इतिहास भएर पुस्तकमा बाँचिरहनु भाइ

इतिहासमा पुस्तक बन्दै खास भयौ तिमी । छोइरहेनि नदेखिने बतास भयौ तिमी । ‘भाइलाई प्रेसरले हान्यो अरे’ भन्ने खबर अचानक सुनियो । भनन्‌न रिंगटा लाग्यो

बृन्दाबन नगरपालिकाद्वारा अतिक्रमित संरचनामा डोजर

रौतहट,४ वैशाख । रौतहटको बृन्दाबन नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी बनाइएका दुईवटा घर शुक्रबार भत्काएको छ । नगरपालिकाको निर्माणाधीन आधुनिक प्रशासनिक भवनको काममा

रामेछापको ऐतिहासिक धोबी बजार फेरियो

रामेछाप,४ वैशाख । गाउँपालिकाको केन्द्र बनेसँगै रामेछापको ऐतिहासिक धोबी बजार बिस्तारै जुरमुराउन लागेको छ । रामेछापको साबिकको १ नं निर्वाचन क्षेत्रको केन्द्र मानिने धोबी बजार

झाडापखालाबाट कसरी बच्ने?

गर्मी महिनामा अरु मौसम भन्दा बढी बिरामी हुने गर्छन भने खानेकुराहरू नै दूषित तथा असुरक्षित भएका कारण पनी गर्मीमा धेरैजसो रोगहरू देखिने गरेका छन ।

मातातीर्थ औँसीमा कलाकारहरुको मार्मिक शब्द

काठमाडौं,४ वैशाख । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन । भावनाले भरिएको यो विशेष दिनमा सर्वसाधारणदेखि कलाकारसम्म सबैले आफ्ना आमाप्रति प्रेम, सम्मान र कृतज्ञता

त्रिचन्द्र क्याम्पसमा उच्च शिक्षामा लगानी वृद्धि माग गर्दै ‘भिक्षाम् देही’ अभियान सुरु

काठमाडौं,४ वैशाख । नेपाल विद्यार्थी संघ र स्वतन्त्र विद्यार्थी युनियन, त्रिचन्द्र क्याम्पस साथै विश्वविद्यालयका विद्यार्थीहरुको संयुक्त आयोजनामा उच्च शिक्षामा सरकारी लगानी वृद्धि गराउन दबाब दिने