कोशी प्रदेशमा सहकारीहरुको अर्व क्लवमा झापाको वर्चस्व , ११ मध्ये झापाका मात्रै १०, दमकका परे तीन

दमक/
झापामा सहकारीको कारोबार मौलाइरहेको पाइएको छ । कोशी प्रदेशका अन्य जील्लाको तुलनामा झापामा रहेका सहकारीहरुले अर्व कारोबार गरीरहेको तथ्यांक कोशी प्रदेशको सहकारी रजिस्टार कार्यालयले सार्वजनिक गरेको छ ।

जसमा प्रदेशभित्र ११ वटा सहकारीले अर्वभन्दा बढि कारोबार गरीरहेको र त्यसमा अधिकांसश झापाका सहकारी रहेको देखिन्छ । अर्थात ११ मध्ये १० वटा सहकारीहरु झापाको र त्यसभीत्र पनि ३ वटा चाहि दमक नगरपालिकामा मुख्य कार्यालय रहेको सहकारीहरु रहेका छन् ।

दमकमा रहेका सहकारीहरु मेची बहुउद्धेस्य सहकारी सस्था, सुर्यदर्शन बचत तथा ऋण सहकारी सस्था र स्वणर् लक्ष्मी बचत तथा ऋण सहकारी सस्था रहेका छन् ।

अन्य सहकारीहरुमा झापाको बिर्तामोडका सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था ,कणर्ाली बचत चता ऋण सहकारी संस्था, सिम्रिक बचत तथा ऋण सहकारी संस्था रहाम्रो नेपाल बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।

यसै गरी कमल गाउँपालिकामा रहेका पूर्व नेपाल बहुउद्धेस्य र नवोदय वहुउद्धेस्य सहकारीले पनि अर्व भन्दा बढि कारोबार गर्न थालेका छन् ।

यसै गरी मेचिनगरमा रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था पनि अर्वको क्लवमा रहेको छ । यसरी झापाका मात्रै १० वटा सहकारीहरुले अर्व भन्दा बढि कारोबार गरेका छन् भने झापा बाहिरको सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था रहेको यो प्रतिवेदनमा उल्लेख गरीएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp