बैकमा भएको रकममो निक्षेप ब्याज घटेर चिन्तीत हुनेहरुलाई नया विकल्प के हुन सक्ला ?

दमक/
अहिले बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाइरहेका छन्।

वाणिज्य बैंकहरूले फागुनमा अधिकतम ब्याजदर ८.५ प्रतिशत तोकेका छन्।

घट्दो ब्याजदरले चिन्तित हुनुहुन्छ भने यसको विकल्प हुनसक्छ बैंकहरूले नै जारी गरेको ऋणपत्र।

अहिले बैंकहरूले जारी गरेका ७५ वटा ऋणपत्र सेयर बजारमा सूचीकृत छन्। यी ऋणपत्रमा ८ प्रतिशतदेखि १२ प्रतिशतसम्म ब्याजदर तोकिएको छ।

त्यसैले अहिले निक्षेप जस्तै सुरक्षित तर तुलनात्मक रूपमा बढी ब्याज पाइने ऋणपत्र लगानीको विकल्प हुनसक्छ।

बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणबाट ऋण उठाउन ऋणपत्र जारी गरेका हुन्छन्। यसमा बैंकहरूले सर्वसाधारणलाई निश्चित प्रतिशत ब्याजदर दिन्छन्। यस्तो ब्याज भुक्तानी त्रैमासिक (तीन/तीन महिना) देखि वार्षिक रूपमा हुन्छ।

सामान्यतया निक्षेपहरूको अवधि ऋणपत्रको भन्दा कम हुने गर्छ। त्यसबाहेक निक्षेप जस्तो ऋणपत्रमा गरिएको लगानी अवधि नसकि बैंकले फिर्ता दिनुपर्ने हुँदैन। त्यसैले बैंकहरूले लामो अवधिको पुँजी स्रोत जुटाउन लामो अवधिका यस्ता ऋणपत्र जारी गरेका हुन्छन्।

निक्षेप जसरी एकपटक खरिद गरेको ऋणपत्र अवधि नसकिदासम्म तोड्न नमिल्ने भए पनि यस्ता ऋणपत्र सेयर बजारमा समेत कारोबारमा आउँछन्। त्यसैले, यस्तोमा लगानी गरेकाले आफूले चाहेको समयमा यस्तो ऋणपत्र बिक्री गर्न समेत पाउछन्।

यस्तो ऋणपत्रको प्रति इकाइको मूल्य एक हजार रूपैयाँ तोकिएको हुन्छ। निक्षेपमा जस्तै परिपक्व अवधिपछि बैंकले लगानीकर्तालाई यही मूल्य अनुसार रकम फिर्ता गर्छ।

तर, बजारमा यस्ता ऋणपत्रको मूल्य एक हजार रूपैयाँभन्दा कम पनि हुन्छ। यस्तो ऋणपत्र किन्दा वार्षिक ब्याजदरमा थप आम्दानी हुने अवस्था बन्छ।

उदाहरणको लागि हेरौं, प्रभु बैंकले २०८६ मा परिपक्व हुने ऋणपत्र जारी गरेको थियो। यो ऋणपत्रमा वार्षिक ब्याजदर १०.२५ प्रतिशत तोकिएको छ। हाल यो ऋणपत्र बजारमा ९ सय ३३ रूपैयाँमा किनबेच भइरहेको छ।

अहिले एक लाख इकाइ यो ऋणपत्र खरिद गर्नेले वार्षिक आधारमा ११.३६ प्रतिशत लाभांश प्राप्त गर्छ।

अहिले यो ऋणपत्रको एक सय इकाइ किन्न लगानीकर्ताले ९३ हजार ३ सय लगानी गर्नुपर्छ। यसको वास्तविक मूल्य एक लाख भए पनि बजारमा मूल्य घटेको कारण सस्तोमा यो ऋणपत्र पाएको हो।

तर, बैंकले परिपक्व अवधिसम्म राख्दा प्रति इकाइ एक हजार रूपैयाँको आधारमा एक सय इकाइ हुनेलाई एक लाख रूपैयाँ नै फिर्ता दिन्छ। यो फाइदा भएको रकमलाई बाँकी ६ वर्षमा भाग लगाउने हो भने वर्षको एक हजार एक सय १६ रूपैयाँ पर्न आउँछ।

लगानीकर्ताले वार्षिक ब्याजदर पनि प्रति इकाइ एक हजार रूपैयाँको आधारमा नै पाउँछ। अर्थात् एक सय कित्ता किन्नेले वार्षिक १० हजार दुई सय ५० रूपैयाँ ब्याज आम्दानी गर्छ। परिपक्व अवधिसम्म राख्नले अहिले यो ऋणपत्र खरिद गर्दा वार्षिक लगभग ११.३६ प्रतिशतसम्म फाइदा पाउन सक्छ।

तर, परिपक्व अवधिसम्म यो ऋणपत्र राखेन र किनेको भन्दा मूल्य घटेर बिक्री गर्दा भने धेरै नाफा नहुन सक्छ।

त्यसैले सेयर बजारबाट यी ऋणपत्र किन्दा यो पक्षलाई ध्यान दिनुपर्छ। त्यस्तै, यस्तो ऋणपत्रको बाँकी अवधि कति छ? कहिले-कहिले ब्याज भुक्तानी भइरहेको छ भन्ने बुझेर लगानी गर्नु सही हुन्छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

करोडौँ ठगी आरोपमा फरार बराह सहकारीका अध्यक्ष लामिछाने पक्राउ

धरान,२ मंसिर । धरानको बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवकुमार लामिछाने (विश्वकर्मा)पक्राउ पर्नु भएको छ । बचतकर्ताको बचत हिनामिना गरेर लामो समयदेखि फरार

दमकमा चलिरहेको आदिवासी जनजाती महोत्सव कस्तो? के भन्छन हेर्न जाने दर्शक ?

दमक, २ मंसीर । रातको समय । मंसीर महिना लागीसक्यो । चिसो हावा चलीरहेको थियो । त्यसमाथी रतुवा नदिको किनार । चीसोको सिरेटो नचल्ने कुरै

जन्मदिनको अवसरमा मानव सेवा आश्रममा भोजन

दमक, मंसिर २ । जन्मदिनको अवसरमा हुने फजुल खर्च कटौती गर्दै दमकमा एक परिवारले मानव सेवा आश्रममा रहेका अशक्त तथा असहायलाई भोजन गराएको छ।दमक–६ निवासी

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेला बीच आसन्न भारत भ्रमणबारे छलफल

काठमाडौं,२ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गर्नु भएको छ।प्रधानमन्त्रीको आसन्न भारत

अध्यक्ष ओलीद्वारा सरकारको दमनविरुद्ध प्रतिरोधमा उत्रिन कार्यकर्तालाई निर्देशन

काठमाडौं ,२ मंसिर। नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले सरकार एमालेप्रति निर्मम भएर उत्रिएकाले त्यसको प्रतिरोधका लागि तयार रहन अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ ।आज

एमाले विकासको नायक हो : केपी ओली

काठमाडौ २ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले नेकपा एमाले विकासको नायक रहेको बताउनु भएको छ । एमालेको राष्ट्रियभेलालाई सम्बोधन गर्दै उहाँले भन्नु

अस्ट्रेलियाको क्रिसमस टापुमा रातो गंगटाको वार्षिक बसाइँसराइ सुरु

क्रिस्मस् (आईल्याण्ड),२ मंसिर । अस्ट्रेलियाको क्रिसमस टापुमा लाखौँ रातो गंगटो (रेड क्र्याब) आफ्नो वार्षिक प्रजनन यात्राका लागि जंगलबाट समुद्रतर्फ निस्किएका छन् । वर्षायामको पहिलो वर्षासँगै