दमक/
झापाको दमक नगरपालिका वडा नं ८ र ९ मा पर्ने सार्वजनिक जग्गा व्यक्तिको नाममा पारेको भन्ने गम्भिर आरोप सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा मुद्धा दर्ता गरेपछि यो घटनाका बारेमा सर्वत्र चासो बढेको देखिन्छ ।
यसरी सरकारको एक शक्तिशाली निकायले यो काण्डमा मुछिएका १ सय ८७ जन बिरुद्ध करोडौको बिगो समेत तिर्नु पर्ने भन्दै विषेश अदालतमा मुद्धा हाले पछि यस क्षेत्रमा बासिन्दा र मुख्य अभियूक्त भनिएका रेवत राज पुरी गगनले आम भेला गर्दै पत्रकार सम्मेलन गर्नु भयो ।
उहाँले आफ्ना परिवारले २००३ साल सयौ बिगाह जमिन आर्जेर बसेको देखी लिएर नापी भएका बेला पनि आफुहरुको नाममा ६० बिगाह भन्दा धेरै जमिन आएको भन्दै अहिले झुटा र आधारहिन मुद्धा लगाएर फसाउन लागेको भन्ने उहाँको आसय थियो ।
बृहत पत्रकार सम्मेलन गरेर पुरीले पेष्नु भएको यो तथ्यांकलाई अव मालपोत र नापी कार्यालयदमकले दिएको ततथ्यसँग दाजौ ।
तथ्य नम्बर १ः
रेगतराज पुरीका बुबाले भोग्दै आउनु भएको जमिन कित्ता नम्बर ७ सय ६३ देखी ७ सय ६९ सम्म र ७ सय ८० देखी क्रमश सात सय ८२ सम्म गरी कुल १९ बिगाह ९ कट्ठा १५ धुर जमिन मात्रै उहाँको पैत्रीक सम्पत्ती हो ।
अर्को तथ्य रतुवा खोलाको क्षेत्रमा पर्ने जमिन कित्ता नम्बर ७ सय ८६ अन्तर्गत ५१ बिगाह १० कट्ठा १० धुर । सडकको नाममा कित्ता नम्बर ७ सय ८६ अन्तर्गत पर्ने ३ बिगाह १६ कट्ठा १० धुर जमिन छ । यसै गरी याहँ दिपिनी खोलामा पर्ने जमिन कित्ता नम्बर ७८८ अन्तर्गत ६ बिगाह १७ कट्ठा १० धुर जमिन रहेको देखिन्छ । यसै गरी प्रति र झाडाी जग्गाहरु प्नि यहाँ रहेका छन् ।
कित्ता नम्बर ७ सय ६० देखी ७ सय ६२ सम्म र कित्ता नम्बर ७ सय ८३ देखी ७ सय ८५ सम्म सरकारी जग्गाहरु मत्रै३६ विगाह ११ कटठ १२ धुर जमिन यस क्षेत्रमा रहेको छ । समग्रमा भगवान पुरी, सरकारी, झाडी तथा प्रति जमिन, रतुवा र दिपिनी खोला अनी सडकको नाममा गरी कुल १ सय १८ बिगाह ५ कटठ १७ धुर जमिन रहेको छ । र एउटा कुरा चाहि पुरीले भन्नु भएको कुरा सत्य हो । यहाँ २०२९ सालमा जग्गा नापी भएको छ । हो त्यहि बेला नापी भएको बेला यहाँ बसोबास गरेका वास्तविक सुकुम्बासी ८८ घर परिवारलाई १५० वटा कित्ता बनाएर जग्गा वितरण गर्ने प्रकृया सुरु भएको थियो । तर त्यहि बेला रतुवाको धार गाउँमा बस्यो । त्यसपछि ती त्यो जमिन सुकुम्बासीले पाएनन् । तर त्यहि जमिन अहिले न सुकुम्बासीको नाममा आएको छ , न सरकारी नै छ । यो जग्गा त अहिले व्यक्तिको नाममा दर्ता भएको छ । र यही जग्गा व्यक्तिको नाममा बनाएको भन्दै अख्तियारले पुरी सहित १ सय ८७ जना विरुद्ध मुद्धा दायर गरेको छ ।
बृहत पत्रकार सम्मेलनकै क्रममा बोल्ने एक जना पूर्व वडाध्यक्ष समेत रहनु भएका बिर बहादुर चम्लागाईँ चाहि यहाँ कहि पनि सरकारी जमिन नै नभएको भन्दै दावि प्रस्तुत गर्नु हुन्छ । अनी यो क्षेत्रमा गगन पुरीले विकास गराएको र यहाँ गगन नभएको भए न बाटो बन्ने थियो, न यहाँ तटबन्धन बन्ने थियो भन्न सम्म पनि भ्याउनु भयो ।
यसको तथ्य केलाउ ।
२०६५ साल फागुन २४ गते शनिबार, दमक नगरपालिकामा बिहान ८ बजे सर्वदलिय बैठक बस्यो । त्यस बेला सर्वदलीय सहमतीमा पाकिलाहरु सञ्चालन हुने गर्दथे । त्यस दिन पनि तत्कालीन प्रमुख कार्यकारी अधिकृत पशुपतिराज खतिवडाको संयोजकत्वमा बैठक बस्यो । सो बैठकको प्रस्ताव नम्बर २ मा रेवतराज पुरी गगनले दमक नगरपालिका वडा नं १३ र १४ मा मा पर्ने मध्ये ५ बिगाह जमिन दमक नगरपालिकाको नाममा पास गरिदिने र त्यहाँ अन्य विकासका काम गर्दा प्रयोग हुने जमिन थप २ बिगाह सहित कुल ७ बिगाह जमिन दमक नगरपालिकालाई दिने महान निणर्य गरीएको देखिन्छ ।
यसरी नगरपालिकालाई जग्गा दिएपछि गगनको सर्त थियो, यस आसपासका क्षेत्रमा रहेका जग्गाहरुको नगरपालिकाले लिने सम्पत्ती कर मिनाह गर्ने र ५० लाख रुपैँया बजेटको रतुवा र दिपिनीमा तटबन्ध गर्ने भन्ने । यो सर्त स्विकार गर्दै त्यसबेलाको नगरपालिकाको कुल बजेटको ५० प्रतिशत भन्दा बढि बजेट यहाँ हालीएको छ । आफ्नो स्वार्थ पुरा गर्न गगनले यस्तो निणर्य गराएको भएपनि अहिले सम्म गगनले नगरपालिकालाई कुनैपनि जमिन पास नगरीदिएको दमक नगरपालिकाका प्रवक्ता दिपेश दाहालले जानकारी दिनु भयो ।
भिडियोमा हेरौ