झापाको मेचिनगरमा अर्को पाँचतारे होटल थपीदै, १ अर्व बढिको लगानी हुने

काँकरभिट्टा/
झापाको मृेचिनगरमा फेरी अर्को पाँचतारे होटल बन्ने भएको छ ।
१ अर्ब लगानीमा होटल रोयल रिक्रिएसन नेपालले यहाँको मेचीनगर नगरपालिका-१४ स्थित पाथिभरा टोलमा होटल बनाउन लागेको हो ।

कुल १ सय ५८ कोठा र ३ सय शैया रहने पाँचतारे होटलले वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरेको छ ।

 

प्रतिवेदन अनुसार होटलमा विभिन्न स्तरका पाहुना कोठासहित ब्यांक्वेट हल, कन्फ्रेन्स हल, मिटिङ हल, ज्याकुजी, स्पा, स्टिम, साउना, मसाज, फिटनेस सेन्टर तथा स्विमिङ पुलजस्ता सुविधा रहने कम्पनीले जानकारी दिएको छ । यो झापाको तेस्रो पाँचतारे होटल हुनेछ ।

अहिले झापाको भेगास सिटी इन्टरटेन्मेन्ट प्रालिले चलाएको होटल मेची क्राउन पाँचतारे डिलक्स र होटल द किङ्सबेरी पाँचतारे होटल सञ्चालित छन् । नयाँ होटल खाली जग्गामा बन्न लागेको र यसले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष र अन्य संवेदनशील वन क्षेत्रमा भने कुनै असर नगर्ने प्रतिवेदनमा उल्लेख छ ।

 

होटल धुलाबारी चोकबाट ३.१ किलोमिटर दक्षिण-पूर्वमा बन्ने छ । यो नेपाल-भारत सीमा (काँकडभिट्टा) बाट ९ किलोमिटर पश्चिममा पर्छ ।

७ बिघा १ कठ्ठा जमिनमा बन्ने होटलले कुल ८ हजार २ सय २३ वर्गमिटर ‘ग्राउन्ड कभरेज’ गर्ने भएको छ । जुन कुल जग्गाको १७ प्रतिशत हो । ४३ प्रतिशत खुला क्षेत्र, १० प्रतिशत पार्किङ र ३० प्रतिशत हरियाली क्षेत्र कायम गरेर संरचना निर्माण गर्ने प्रस्ताव होटलले गरेको छ ।

होटल निर्माण अवधि तीन वर्ष हुने अनुमान छ । प्रस्तावित होटलको भवन सात तलाको हुनेछ । जसमध्ये तेस्रो तलाबाट पाहुना कोठा निर्माण गर्ने गरी प्रस्ताव गरिएको छ ।

होटललाई पाँचतारे डिलक्सका रूपमा सञ्चालन गर्ने उद्देश्य कम्पनीको छ । होटलहरूको वर्गीकरण २०७७ का मापदण्ड ध्यानमा राखेर होटल निर्माण गर्न लागिएको कम्पनीले जनाएको छ ।

आयोजनाले निर्माण चरणमा दैनिक ६० जनालाई रोजगारी दिने र सञ्चालनका दौरान कुल १ सय २० जनालाई प्रत्यक्ष रोजगारी दिने बताइएको छ । होटलमा ३ सय दुई पाङ्ग्रे र १ सय ७० चार पाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिने छ ।

भारतीय र इलाम आउने आन्तरिक पर्यटक मुख्य पाहुना

नेपाल-भारत सीमाबाट ९ किलोमिटर दूरीमा अवस्थित यो होटलले भारतीय पर्यटक लक्षित गरी संरचना निर्माण गर्न लागेको जनाएको छ । यसबाहेक बंगलादेश र भुटानी पर्यटक समेत आकर्षित गर्ने लक्ष्य होटलको छ ।

प्रस्तावित होटल स्थलबाट इलामको कन्याम र श्रीअन्तु नजिक रहेका कारण आन्तरिक पर्यटक समेत होटलका मुख्य पाहुना हुने कम्पनीको भनाइ छ ।

विवाह, इन्गेजमेन्ट, सभा-सम्मेलन जस्ता गतिविधिका लागि भारतीय पाहुना आकर्षण गर्न सम्भव रहेको कम्पनीले जनाएको छ । यसले स्थानीयमा प्रत्यक्ष-अप्रत्यक्ष रोजगारी सिर्जना गर्नुका साथै उनीहरूको जीवनस्तर उकास्न समेत सहयोग पुग्ने कम्पनीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

करोडौँ ठगी आरोपमा फरार बराह सहकारीका अध्यक्ष लामिछाने पक्राउ

धरान,२ मंसिर । धरानको बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवकुमार लामिछाने (विश्वकर्मा)पक्राउ पर्नु भएको छ । बचतकर्ताको बचत हिनामिना गरेर लामो समयदेखि फरार

दमकमा चलिरहेको आदिवासी जनजाती महोत्सव कस्तो? के भन्छन हेर्न जाने दर्शक ?

दमक, २ मंसीर । रातको समय । मंसीर महिना लागीसक्यो । चिसो हावा चलीरहेको थियो । त्यसमाथी रतुवा नदिको किनार । चीसोको सिरेटो नचल्ने कुरै

जन्मदिनको अवसरमा मानव सेवा आश्रममा भोजन

दमक, मंसिर २ । जन्मदिनको अवसरमा हुने फजुल खर्च कटौती गर्दै दमकमा एक परिवारले मानव सेवा आश्रममा रहेका अशक्त तथा असहायलाई भोजन गराएको छ।दमक–६ निवासी

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेला बीच आसन्न भारत भ्रमणबारे छलफल

काठमाडौं,२ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गर्नु भएको छ।प्रधानमन्त्रीको आसन्न भारत

अध्यक्ष ओलीद्वारा सरकारको दमनविरुद्ध प्रतिरोधमा उत्रिन कार्यकर्तालाई निर्देशन

काठमाडौं ,२ मंसिर। नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले सरकार एमालेप्रति निर्मम भएर उत्रिएकाले त्यसको प्रतिरोधका लागि तयार रहन अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ ।आज

एमाले विकासको नायक हो : केपी ओली

काठमाडौ २ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले नेकपा एमाले विकासको नायक रहेको बताउनु भएको छ । एमालेको राष्ट्रियभेलालाई सम्बोधन गर्दै उहाँले भन्नु

अस्ट्रेलियाको क्रिसमस टापुमा रातो गंगटाको वार्षिक बसाइँसराइ सुरु

क्रिस्मस् (आईल्याण्ड),२ मंसिर । अस्ट्रेलियाको क्रिसमस टापुमा लाखौँ रातो गंगटो (रेड क्र्याब) आफ्नो वार्षिक प्रजनन यात्राका लागि जंगलबाट समुद्रतर्फ निस्किएका छन् । वर्षायामको पहिलो वर्षासँगै