निशुल्क वारिस्ता सिक्नेले पाए प्रमाणपत्र, सिपको सदुपयोग गर्न अनुरोध

दमक/
झापाको दमक नगरपालिका वडा नं ३ ले निशुल्क सिकाएको कफि बनाउने तालीम(वारिस्ता)को प्रमाणपत्र वितरण गरीएको छ ।

आफ्नो वडामा रहेका यूवाहरुलाई सिपमा सिपालु बनाउन भन्दै वडा कार्यालयले बजेटको प्रबन्ध गराएर निशुल्क वारिस्ताको तालिम दिएको थियो ।

गत फागुन ३ गते उद्धघाटन भएको यो तालीममा ५५ जना सहभागी भएका थीए । उनीहरुलाई यहाँ रहेको चन्द्र सुर्य सिप विकास सस्थाले तालीम प्रदान गर्न सहजीकरण गरेको थियो ।

वडाध्यक्ष नबिन बरालका अनुसार यूवाहरुमा सिपको विकास गरायो भने रोजगार तथा स्वरोजगार बन्न सक्छन् । त्यही भएर यस्तो तालीम दिइएको हो ।

दमक नगरपालिकाका प्रमुख राम कुमार थापाको प्रमुख आथित्यतमा सम्पन्न भएको कार्यक्रममा तालीम लिएकाहरुलाई रोजगारमा परिणत गरि सिपको सदुपयोग गर्न अनुरोध गरिएको थियो ।

Share: