पथरीमा १५ वर्षीया बालिकाको हत्या धारिलो हतियार प्रयोग गरि टाउको काटेर नर्मिम हत्या।

माेरङकाे पथरी शनिस्चरे ७ स्थित लामा टाेलमा एक १५ वर्षीया बालिकाकाे हत्या भएकाे छ । लामा टाेलस्थित सुम्नीमा हाेटलमा कार्यरत १५ वर्षी याज्ञान कुमारी राईलाई अज्ञात समुहले धारिलो हतीयार प्रयाेग गरी निर्मम हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय माेरङले जनाएकाे छ ।

 

प्रहरीका अनुसार हतीयार प्रहारबाट बालिकाकाे टाउकाे छिनेकाे र घटना बारे थप अनुशन्धान भइरहेकाे जनाएकाे छ । मृतक बालिका पथरीशनिस्चरे स्थित १ वर्ष देखि मामा बस्दै  आएकी थिइन । उनी पथरी शनिश्चरे १ पञ्चायत मा.वि कक्षा ७ मा अध्यानरत छात्रा हुन ।

उनकाे हत्या किन र कसले गरेकाे हाे साे खुलेकाे छैन । हत्यामा संलग्नकाे खाेजी भइरहेकाे जिल्ला प्रहरी कार्यालय माेरङले जनाएकाे छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp