आजदेखि मौसममा सुधार आउने

 

झापा । आजदेखि मौसममा क्रमिक सुधार आउने भएको छ। अहिले बिहान भने केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का बदली र हिमपातको सम्भावना छ। दिउँसोदेखि धेरैजसो क्षेत्रमा मौसम सुधार हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु वासीले जानकारी दिइन्।

उनकाअनुसार प्रदेश १, बागमती र गण्डकीका केही पहाडी क्षेत्रमा सामान्य वर्षाको सम्भावना रहे पनि ती प्रदेशमा मौसम सफा भइसकेको छ।
काठमाडौं उपत्यकाको मौसममा पनि क्रमिक सुधार भइरहेको छ।

हिजो बिहानैदेखि देशका सबैजसो भूभागमा वर्षा तथा हिमपात भएको थियो। वर्षा र हिमपातका कारण धेरैजसो क्षेत्रको अधिकतम तापक्रम घटेको छ। वर्षापछि मौसम सफा हुँदै जाँदा चिसो थप बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको पहिलो सेमिफाइनल आज — पुलिस र संकटा खेल्दै

बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो

जेनजीहरुसग ‘वान टु वान’ भेट गरिरहेका छौ : कार्की

उहाँले भन्नुभयो ‘हामीले सबै नेता तथा कार्यकताको तहबाट सबैखाले जेनजीहरुसग वान टु वान भेट गरिरहेका छौ । उनीहरुको भावना के हो भन्ने बुझिरहेका छौ ।

‘माओवादीको एकता एमालेसगै ठीक हुन्थ्यो’: बस्नेत (भिडियो संवाद)

‘एमाले बाहेकको बाम एकता नेपालमा सान्दर्भीक हुँदैन र नेपालमा कम्यूनिष्ट एकता र आन्दोलनलाई सार्थक बनाउने हो भने एमालेसगको एकतानै आजजको आवश्कता हो । ’

विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा