कन्काईमा दैनिक १ सय ६० जनाले निशुःल्क व्यायामको तालिम लिने व्ययामशालाका सामाग्री जिणर्

सुरुङ्गा/
पछिल्लो समय मानीसहरु काममा धेरैनै व्यस्त हुन थालेपछि शारीरिक कसरत कम गर्न थालेका छन् । जसले गर्दा अहिलेका नयाँ पुस्तामा समेत बिभिन्न खाले दीर्घरोगहरु दखा पर्न थालेको छ । शारीरिक कसरत नभएका कारण त्यस खालका रोगहरु लाग्न थालेको थाह पाएपछि झापाको कन्काई नगरपालिकाले सुरुङ्गामा व्यायामशाला निर्माण गरिदियो ।

कन्काई नगरपालिका वडा नं ३ स्थित सुरुङ्गा बजारमा खुल्ला व्यावासशाला निर्माण भएको छ । तर यो अहिले बेबारीसे जस्तै बनेको छ ।
यहाँको कन्काई सामुदायीक वनको जमिनमा ८ कट्ठा क्षेत्रफलमा निर्माण गरीएको यो व्यायामशालामा व्यायाम गर्ने साईकल, पुस अप गर्ने, झुण्डने, तान्ने, कम्मर कसरत गराउने , पेटको, छातीको, हात खुट्टाको कसरत गर्ने लगायत १७ वटा बिभिन्न सामाग्रीहरु रहेका छन् । तर अधिकांश ती सामानहरु बिग्रेका छन् ।

छातीको कसरत गर्ने मेसिन फुटेको छ । कम्मर मर्काएर कसरत गर्ने मेसिन पनि बिग्रेको छ । स्थेपर बिग्रेको छ । जकर अर्थात पैतालाको कसरत गर्ने पनि बिग्रेको छ । भारतौलको अभाव छ । व्यायामशाला व्यवस्थापन समितीका अध्यक्ष मौसम श्रेष्ठले उज्यालो खवरसँग कुरा गर्दै भन्नु भयो ‘यस्तो अवस्थामा पनि यहाँ बिहान र बेलुका गरी १ सय ६० जनालो व्यायाम सम्बन्धीको तालीम नै लिनु हुन्छ । तर यहाँ आवश्यकीय सामाग्रीमा देखिएका खरावी र अभावले गर्दा यसको साखमा आँच आउछ कि भन्ने चिन्ता उहाँमा छ । श्रेष्ठ भन्नु हुन्छ हामीले यहाँको समस्या समाधान गरिदिन र आवश्यकता पुरा गरिदिन वडा र नगरपालिकासँग समन्वय गरीरहेका छौ । आशा गरौ यो यसको समाधान चाँडै हुने छ । ’

यहाँ व्यायामशाला निर्माण गर्न नेपाल सरकारको स्वाथ्य मन्त्रालयले ५ लाख बरबारको सामाग्री उपलब्ध गराइदिएको थियो । अनी यहाँ अन्य संरचनाहरु, घेराबारा, बन्द निषेधित स्तम्भ , फुलबारी , बगैचा, टाली, मार्वल लगाएर चिटिक्क पारिएको छ । अन्य अतिरिक्त संरचना संरचना २३ लाख रुपैँयामा नगरपालिकाले लगानी गरेको छ ।

 

नगरको लाखौ लगानी भएको र स्थानीय यूवाहरुको आकर्षणको केन्द्र बनीरहेको यो क्षेत्रमा सामाग्री जिणर् बन्न थालेपछि व्यायाम गर्न जानेहरुले पनि चिन्ता देखाएका छन् ।
यहाँ दैनिक व्यायम गर्न आउनेहरुले गत असार १० गते नै व्यायमाशाला हाताभित्रका विभिन्न अल्पकालिन र दिर्घकालिन मागहरु राख्दै नगर प्रमुख र वडाध्यक्ष समेतलाई ध्यानाकर्षण पत्र बुझाएका थीए । तर अहिले सम्म पनि मागहरुबारेमा कुनै सम्बोधन नभएको ज्ञापन पत्र बुझाउने मध्येका एक भरत शिवाकोटीले जानकारी दिनु भयो ।

 

व्यायाम गर्ने मेसिनहरु भाचिएको महिनौ भैसकेको छ, कयौ मेसिनका नट बल्टु हराएका छन्, चौबिसै घण्टा व्यायमशालाको ढोका खुल्ला भएको कारण बगैचाको चौर सहित केही बिरुवाहरुमा समेत आगजानी भएको छ भने बगैचामा लगाइएका बिरुवाहरु सिचाइको अभावमा मर्न थालेका छन् ।’ सिवाकोटीले बताउनु भयो ।

 

यता वडाध्यक्ष यूवराज चौँलगााईले व्यायामशालामा मर्मत र अन्य सुरक्षाका काम गर्न कार्यक्रम बनाइरहिएको बताउनु भयो । ‘त्यो हाम्रो गहना हो । यूवाहरुको आकर्षण भएको यसको क्षेत्रको संरक्षण गर्नुपर्छ भन्नेमा हामी चिन्तित छौ । हामी त्ययाँ चाडै काम गर्ने छौ ।’ वडाध्यक्ष चौलागाईको भनाई छ ।

स्थानियद्धारा सरसफाई

यहाँ शनिबार स्थानीय बासिन्दाहरुले सरसफाई समेत गरेका छन् । कन्काई नगरपालिका वडा नं ३ जेसिज मार्गमा रहेको गणपती किर्तन मण्डलीको अग्रसरतामा यहाँ सरसफाई गर्ने काम सम्पन्न भएको थियो । यो कार्यक्रममा दैनिक व्यायाम गर्न आउनेहरुको पनि उल्लेख्य सहभागीता रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,