कफि बनाउन सिक्नेहरु भन्छन्ः सके यही नसके विदेशमा वारिस्ता गर्ने (भिडियो हेरौं)

दमक/
दमक की कल्पना अधिकारी अहिले कफि बनाउने काम सिकिरहनु भएको छ । अहिले गाउँ घरमा समेत कफिको क्याफे खुल्न थालेको र यहाँ रोजगारको अवसर पाइने विस्वासमा उहाँले कफि बनाउने काम सिकेको बताउनु भयो । कफि बनाउन जान्ने हुदा आफ्नै ठाउँमा पनि रोजगार अथवा स्वरोजगा बन्न सकिन्छ भन्नेमा उहाँ ढुक्क हुनुहुन्छ । यदी यसमा सफलता मिलेन भने कुनैपनि देशमा गएर काम गर्ने हो भने कफि बनाउने काम अर्थात वारिस्ता सजीलै गर्न सकिन्छ भन्ने पनि छ । चाहे देश होस वा विदेश जहाँ पनि काम गर्न सकिने विस्वासका साथ उहाँले कफी बनाउने काम सिकिरहनु भएको हो ।
यस्तै यही ठाउँका भट्टराईपनि यही भिडमा कफि सिक्दै हुनुहुन्छ । हातमा सिप सिक्यो भने कामको अभाव कहि पनि हुदैन  । यहि सोचले उहाँलाई पनि कफि बनाउने सीप सिक्ने जागर चल्यो यस सम्बन्धीको तालीम सिक्न थाल्नु भयो ।
कल्पना र आवस्किार  जस्तै अहिले ८० जना भन्दा बढिले निशुल्क कफि बनाउने तालीम सिकिरहेका छन् । सरदर कफि बनाउने १५ दिनको तालिम लिन एक जनाले १५ हजार रुपैँया सम्म तिर्नु पर्ने हुन्छ । तर दमक नगरपालिका वडा नं ५ ले यहाँ रहेका बेरोजगार, गरिव तथा विप्पन्नकालागी भनेर निशुल्क कफि बनाउने तालिम सिकाउन बजेट बिनियोजन गरिदियो । यसबाट यूवहरुले नयाँ सिप सिक्ने मौका पाउने छन् । उनीहरुमा यस्तै विस्वास छ ।
तालिममा सहभागी भएकाहरुलाई इमान्दार पूर्वक तालिम लिन वडाध्यक्ष इन्द्र गुरुङले अनुरोध गर्नु भएको छ । तालिम लिने र दिनेमा इमान्दरीता भयो भने यसले परिणाम दिनेमा उहाँ ढुक्क हुनुहुहुन्छ । रोजगार वा स्वरोगारमा लाग्न सक्ने विस्वास गरीएको आफुमा रहेको गुरुङले बताउनु भयो ।
वडाले सार्वजनिक सुचनानै प्रकाशन गरेर वारिस्ता सिक्न चाहने यूवाहरुलाई फारम भर्न आह्वान गरेको थियो । भरीएका फारम मध्येबाट पैसा तिरेर सिक्न नसक्ने, सिकेर रोजगार वा स्वरोजगार बन्न सक्नेहरुलाई सहभागीता गराउने प्राथमकितामा राख्यो ।
यसरी छनौट भएका यूवाहरुको समहु तयार भएपछि वारिस्ता सिकान चाहि यहाँ रहेको चन्द्र सुर्य सिप विकास सस्थालाई तालिम गराउने जिम्म दियो । सस्थाले आफ्नै सेटअप भएको ठाउँमा दुई सिफ्ट गरी हरेक दिन एक देखी दुई घण्टा सम्म सिकाइरहेको छ । कफिको इतिहाँस देखी यसको बनाउने तरीका सम्म सिकाएर एक दक्ष वारिस्ता बनाउने काममा आफुहरु लाग्ने यसका सञ्चालक विष्णु अधिकारीले जानकारी दिनु भयो ।
वडाले आफ्ना वडाबासीको सिप विकास होस भनेर यस खाले विभिन्न तालीमहरु गर्दै आएको छ । यसबाट केहिले लाभ लिएका छन् भने केहि चाहि सहभागीता जनाउने मात्रै भएको भन्दै आलोचना पनि हुने गरेको छ ।
भिडियोमा हेरौ
https://youtu.be/GbP_n4IRKUw

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रुखबाट लडेर झापामा एक जनाको मृत्यु

झापा, १० माघ । रुखबाट लडेर झापा गाउँपालिकामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो बिहान १०ः३० बजे झापा गाउँपालिका वडा न.६फुलगाछी बस्ने

फेरिएको दमक बजारको चमक

दमक ९ माघ । पाँच–छ वर्ष अगाडि दमकको अवस्था सम्झिँदा आज पनि धेरैको मन भारी हुन्छ। धुलाम्मे सडक, अव्यवस्थित बजार, जताततै भीड र दुर्घटनाको डर।

दमक क्याम्पसमोडबाट आम्दा जाने सडकले दिएको सहजता

दमक,९ माघ।घरबाट बाहिर निस्किएपछि हरेक व्यक्तिको गन्तव्य सडकसँग जोडिएको हुन्छ। विद्यालय जाने विद्यार्थीदेखि कार्यालय जाने कर्मचारीसम्म, सबैको दिनको सुरुवात सडकबाट नै हुन्छ। सडक व्यवस्थित भयो