कफि बनाउन सिक्नेहरु भन्छन्ः सके यही नसके विदेशमा वारिस्ता गर्ने (भिडियो हेरौं)

दमक/
दमक की कल्पना अधिकारी अहिले कफि बनाउने काम सिकिरहनु भएको छ । अहिले गाउँ घरमा समेत कफिको क्याफे खुल्न थालेको र यहाँ रोजगारको अवसर पाइने विस्वासमा उहाँले कफि बनाउने काम सिकेको बताउनु भयो । कफि बनाउन जान्ने हुदा आफ्नै ठाउँमा पनि रोजगार अथवा स्वरोजगा बन्न सकिन्छ भन्नेमा उहाँ ढुक्क हुनुहुन्छ । यदी यसमा सफलता मिलेन भने कुनैपनि देशमा गएर काम गर्ने हो भने कफि बनाउने काम अर्थात वारिस्ता सजीलै गर्न सकिन्छ भन्ने पनि छ । चाहे देश होस वा विदेश जहाँ पनि काम गर्न सकिने विस्वासका साथ उहाँले कफी बनाउने काम सिकिरहनु भएको हो ।
यस्तै यही ठाउँका भट्टराईपनि यही भिडमा कफि सिक्दै हुनुहुन्छ । हातमा सिप सिक्यो भने कामको अभाव कहि पनि हुदैन  । यहि सोचले उहाँलाई पनि कफि बनाउने सीप सिक्ने जागर चल्यो यस सम्बन्धीको तालीम सिक्न थाल्नु भयो ।
कल्पना र आवस्किार  जस्तै अहिले ८० जना भन्दा बढिले निशुल्क कफि बनाउने तालीम सिकिरहेका छन् । सरदर कफि बनाउने १५ दिनको तालिम लिन एक जनाले १५ हजार रुपैँया सम्म तिर्नु पर्ने हुन्छ । तर दमक नगरपालिका वडा नं ५ ले यहाँ रहेका बेरोजगार, गरिव तथा विप्पन्नकालागी भनेर निशुल्क कफि बनाउने तालिम सिकाउन बजेट बिनियोजन गरिदियो । यसबाट यूवहरुले नयाँ सिप सिक्ने मौका पाउने छन् । उनीहरुमा यस्तै विस्वास छ ।
तालिममा सहभागी भएकाहरुलाई इमान्दार पूर्वक तालिम लिन वडाध्यक्ष इन्द्र गुरुङले अनुरोध गर्नु भएको छ । तालिम लिने र दिनेमा इमान्दरीता भयो भने यसले परिणाम दिनेमा उहाँ ढुक्क हुनुहुहुन्छ । रोजगार वा स्वरोगारमा लाग्न सक्ने विस्वास गरीएको आफुमा रहेको गुरुङले बताउनु भयो ।
वडाले सार्वजनिक सुचनानै प्रकाशन गरेर वारिस्ता सिक्न चाहने यूवाहरुलाई फारम भर्न आह्वान गरेको थियो । भरीएका फारम मध्येबाट पैसा तिरेर सिक्न नसक्ने, सिकेर रोजगार वा स्वरोजगार बन्न सक्नेहरुलाई सहभागीता गराउने प्राथमकितामा राख्यो ।
यसरी छनौट भएका यूवाहरुको समहु तयार भएपछि वारिस्ता सिकान चाहि यहाँ रहेको चन्द्र सुर्य सिप विकास सस्थालाई तालिम गराउने जिम्म दियो । सस्थाले आफ्नै सेटअप भएको ठाउँमा दुई सिफ्ट गरी हरेक दिन एक देखी दुई घण्टा सम्म सिकाइरहेको छ । कफिको इतिहाँस देखी यसको बनाउने तरीका सम्म सिकाएर एक दक्ष वारिस्ता बनाउने काममा आफुहरु लाग्ने यसका सञ्चालक विष्णु अधिकारीले जानकारी दिनु भयो ।
वडाले आफ्ना वडाबासीको सिप विकास होस भनेर यस खाले विभिन्न तालीमहरु गर्दै आएको छ । यसबाट केहिले लाभ लिएका छन् भने केहि चाहि सहभागीता जनाउने मात्रै भएको भन्दै आलोचना पनि हुने गरेको छ ।
भिडियोमा हेरौ
https://youtu.be/GbP_n4IRKUw

Share: