व्यूटि पार्लर गर्नेहरुले यी सिप पनि सिक्नै पर्ने रहेछ (भिडियोमा हेरौ)

दमक/
झापाको दमक ४ कि सुमित्रा राई सानो तिनो व्यूटि पार्लर सञ्चालन गर्नु हुन्छ । तर यो क्षेत्रमा क्षेत्रगत सिप र ज्ञान आवश्यक पर्छ । महिलाको पूर्ण सौन्दर्य सम्बन्धीका कला उहाँलाई आउँदैन । त्यहि भएर उहाँले दमक ६ स्थित नयाँ सब्जी बजारमा रहेको ग्लोरी व्यूटि पार्लर तथा एकेडेमीमा प्रशिक्षण लिनु भयो । निशुल्क सिकाईएको यो प्रशिक्षणमा उहाँले नङमा गर्ने पोलीस र हातमा लगाउने मेहदी सम्बन्धीका डीजाईन जान्नु भयो । अव यसलाई उहाँले आफ्नो पार्लरमा सेवा बिस्तार गर्ने सोच बनाउनु भएको छ ।

यस्तै दमक २ कि कञ्चन घिमिरेले पनि यहाँ सिप सिक्नु भयो । तर उहाँपनि व्यवसायीक व्यूटिसियन हो । यद्यपी उहाँले आफ्नो पार्लरमा नङ पोलीस गर्ने र मेहदी लगाउने डिजाईनहरुमा उती पारा ल्याउनु हुन्न थियो । तर अहिले उहाँले यसको बिज्ञसँग बसेर ७ दिन सम्म तालीम लिनु भयो । अव उहाँले नयाँ सिप जान्नु भयो । जानेका ती डिजाईनलाई आफ्नो पार्लरबाट गर्ने योजनामा हुनुहुन्छ ।

व्यूटिसियन सम्बन्धीको सिप सिकेर त्यसमा पर्फेक्ट बन्ने हो भने विस्वका जुनसुकै ठाउँमा पनि काम गर्न समस्या हुदैन । सिप मानीसको जीवनको सबैभन्दा ठुलो शक्ति हो । त्यसैले दमक ९ कि प्रनिशा श्रेष्ठलाई यो सिपमा पूर्ण भरोसा छ कि आफु स्वरोगार बन्न सक्छु । त्यसैले उहाँले अहिले दमक ९ स्थित चिया दोकानमा पार्लर खोल्नु भएको छ । भन्नु हुन्छ ‘सके सम्म यहाँ यही सिपको काम गर्ने , सकिनए , हुदै भएन, चल्दै चलेन भने विदेश जादा पनि सिपले सजीलो हुन्छ।’

व्यूटि पार्लर भित्र अनुहारको सौन्दर्यताको मात्रै काम हुदैन ।महिलाहरुलाई व्यूटि देखाउने अन्य थुप्रै कुराहरु छन् । ती सबैकालागी छुट्टा छुट्टै सिप सिक्न आवश्यक पर्छ । त्यसैले सात दिन सम्म रहेर यहाँका महिलाहरुलाई नङ पोलीस र मेहन्दीको तालीम दिनु भएका भारतका प्रशिक्षक कुललिप रौनीयार भन्नु हुन्छ यो क्षेत्रमा पर्फेक्ट भइयो भने यही लाखौ रुपैँयाको कमाई हुन्छ । यो क्षेत्रमा अथाव सम्भावना छन् । पलायन हुनुपर्ने स्थिती नै आउदैन ।

दमकमा रहेका हरेक व्यूटि पार्लरहरुले व्यूटि सम्बन्धीका सबै सेवाहरु दिन सक्नु पर्छ र मात्रै दक्ष व्यूटिसियन बन्न सकिन्छ भन्ने सोच राख्नु हुन्छ ग्लोरी व्यूटि पार्लरकी सञ्चालीका गीता लिम्बु। त्यसैले उहाँ भन्नु हुन्छ स्थानीय सरकारले पनि यहाँ रहेका हरेक व्यूटि पार्लरहरुको क्षमता विकास गराई व्यवसायीक व्यूटिसियन बन्न मद्यत गर्नु पर्छ ।

दमक ६ का वडाध्यक्ष टेक बहादुर थापाले आफनो वडामा हरेक वर्ष व्यूटिसियन सम्बन्धीको तालीम दिइरहिएको उल्लेख गर्नु भयो । यहाँका महिलाहरुको सिप विकास गराउन विभिन्न सिपमुलक कार्यक्रम गर्दै वडाले महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रमहरु राखीएको जानकारी समेत गराउनु भयो । उहाँ भन्नु हुन्छ ‘ तर सिकेको सिपको सदुपयोग चाहि गर्नु पर्छ ।’

ग्लोरी व्यूटि पार्लर एण्ड एकेडेमी सेन्टरले दमकका ६० जना व्यूटिसियनहरुलाई सात दिन सम्म नङ पोलीस र मेहदीको डिजाईन सम्बन्धीको एडभान्स तालीम सम्पन्न गर्यो । सहभागीबाट कुनैपनि शुल्क नलीई गरीएको यो तालिमले दमकमा सौन्दर्यको क्षेत्रमा दक्ष जनशक्ति छन् भन्ने सन्देश दिन पनि यसरी निजी क्षेत्रबाट भएपनि काम थालीएको यसकी सञ्चालीका सुब्बाले बताउनु भयो ।

भिडियोमा हेरौ

https://youtu.be/RsUTDya-5oE

Share: