दमक/
दमकमा १० औ फूड फेस्टिबल आयोजना हुने भएको छ । यसबारेमा जानकारी दिन आज यहाँको होटल व्यवसायी सघंले पत्रकार सम्मेलन गरेको थियो ।
दमकलाई आर्गानिक खाना पाईने शहर भनेर परिचित गराउदै यहाँँ रहेका विभिन्न जातीय तथा सास्कृतीक परिकारलाई पनि यो फूड फेस्टिबलमा विषेश प्राथमिकतामा दिइने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।
यही चैत्र २३ गते देखी बैशाख ४ गते सम्म हुने फूड फेस्टिलवमा जातीय परिकार सहित अर्गानिक खानाको स्वाद चखाउने लक्ष्य राखीएको होटल व्यवसायी सघं दमक नगर कमिटीका अध्यक्ष योगराज दंगालले जानकारी दिनु भयो ।
फेस्टिबललाई थप आकर्षक बनाउन बिभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको दैनिक प्रस्तुती समेत राखीने जनाइएको छ । रचना रिमाल , जोन चाम्लीङ देखी अन्य कलाकारहरुको साङ्गीतिक प्रस्तुतीले फेस्टिवललाई थप रोमाञ्चक बनाउन सक्ने अपेक्षा आयोजकको छ । एक लाख जनाले अवालोकन गर्ने आकलान गरिएको फेस्टिबलमा १ करोड बढिको कारोबार हुन सक्ने अनुमान गरीएको सघंका केन्द्रिय सदस्य समेत रहनु भएका कर्यक्रम संयोजक भुपेन्द्र न्यौपानेले जानकारी दिनु भयो ।
दमकको पहिचान र गरीमासँग जोडीएकोले यो फेस्टिबललाई सघंले आफ्नो खास कार्यक्रमको रुपमा लीएको छ । सघंका पूर्व अध्यक्ष तथा अहिलेका कोशी प्रदेश अध्यक्ष समेत रहनु भएका राजन दंगाल भन्नु हुन्छ ‘दमक फूड फेस्टिबल स्ट्रीट फूडबाट सुरु भएको र कुनै रोडको किनारबाट थालीएको यो फेस्टिबलको चासो देशभरनै छ । हामीले यसलाई हरेक वर्ष व्यवस्थित गर्न कसरत गरीरहेका छौ ।’
फेस्टिवलमा खास गरी केहि मात्रामा बाल उद्धनका खेलतामासा रहने पनि जनाइएको छ । यहाँ खाना बाहेक अन्य व्यापारीक पनि स्टल राख्न पाइने छ । तर विषेश प्राथमीकता खानाका परिकारहरुलाई दिइएको आयोजकले जनाएको छ ।
दमक ७ स्थित पशुहाटमा फेस्टिवल लाग्ने छ । यसको प्रवेश शुल्क अहिलेकालागी एक सय रुपैया तोकीएका भएपनि बिचमा महगो कलाकार ल्याउनु परेमा शुल्कमा परिमार्जन समेत हुन सक्ने जनाइएको छ ।
भिडियोमा हेरौ