दमकका महिलाहरुले बाटेको धुप बनाएर बेच्ने, घरमा फुर्सदको समयको सदुपयोग गर्ने(भिडियोमा हेरौ)

दमक/
झापा दमक ५ कि कमला कार्की बस्नेत घरको काममा बिहान बेलुका व्यस्त बन्नु हुन्छ । उहाँका अनुसार उहाँसग दिनको समय फुर्सदै छ । अहिले घरमै बस्दा कि त छिमेकतीर गएर गफ गर्नु पर्यो । कि त घरकै एक कुना वा कोठामा बसेर मोवाईल हेरेर बस्नु पर्यो ।

तर अव भने उहाँले यसो नगर्ने प्रतिवद्धता जनाउनु भएको छ । यसभन्दा अघी आफुसग हातमा कुनै सीप नभएको र काम गर्ने अवसर पनि नपाएको बताउने कार्कीले अव उद्यममा लाग्ने योजना बनाउनु भएको छ ।

किनकी उहाँले अर्गानीक बाटेको धुप बनाउन सिक्नु भयो । अव यो सिपलाई रोजगारमा लगाउने सोचमा हुनुहुहुन्छ ।

पाहाडे कागज । अनी बिभिन्न ८ भन्दा बढि बनस्पतीको धुलो मिसिएको ढुटो । एउटा कैची । र बनेका धुप बाँध्ने धागो । यती कच्चा सामाग्री भएपछि हरेक हरेक महिलाहरुले घरमै बसी बसी यस्तो धुप बनाउन सक्ने छन् । यही ठाउँकी रेनुका सिटौलाले धुप बाट्ने सिप सिक्नु भयो । र भन्नु हुन्छ यो काम त अव म घरैमा बसी कसी पनि गर्न सक्ने रहेछु । केहि दिन देखीनै सुरु गर्छु ।

यही ठाउँकी गायत्री सापकोटाले तीन दिन सम्म धुप बनाउने सिप सिक्नु भयो । ३ दिन सम्म सिक्दा काम सजीलो लाग्यो । प्रशिक्षकले बताए अनुसार बजारमा यसको माग पनि राम्रै छ ।

उत्पादन गर्न सक्ने हो भने फाईदा हुने गरीकै मुल्यमा बिक्रि पनि हुने रहेछ । ‘घरमै दिनमा कम्तिमा ५ सय वटा सम्म बनाउन सकिन्छ होला सुरु गरिहाल्नु पर्यो । अली अली भएपनि खर्चको जोहो त हुने रहेछ’। सापकोटाले आफ्नो आँट सुनाउनु भयो ।

सिता उप्रेतीलाई पनि धुप बाटेर दिनमा ५÷६ सय रुपैँया कमाई गर्ने सक्ने हिम्मत बढेको छ । यसले उहाँका सामान्य आवश्यकता पुरा गर्ने र परिवारसँग आश्रीत बन्न नपर्ने गरिको स्थिती बनाउछ कि भन्ने विस्वास छ ।

त्यसैले भन्नु हुन्छ ‘सुरु सुरुमा केहि समस्या वा चुनौती भएपनि गर्दै गर्एपछि उत्पादन पनि बढ्न सक्ने र कमाईपनि हुने छ भन्ने लागेको छ । ’

बाटेको धुप वातावरणीय दृष्टिकोणबाट पनि राम्रो छ । बजारमा पाइने सिंके धुप भन्दा बहुउपयोगी समेत रहेकोले यसको माग बढिरहेको छ ।

बजारको माग अनुसार पुर्ती गर्न नसकिरहीएको यसको प्रशिक्षक समेत रहनु भएकी ख्याम कुमारी ओलीले बताउनु भयो ।

यदी दमकका महिलाहरुले उत्पादानमा लाग्ने हो भने काम र कमाई दुवै हुने भएकोले यसले दमकलाई समेत स्वच्छ बनाउन सक्ने कुरामा उहाँको विस्वास छ ।

दमक नगरपालिका वडा नं ५ ले यहाँ रहेका फुर्सदीला महिलाहरुकालागी भनेर यो तालीम ल्याएको हो । तालीम दिइसकेपछि उनीहरुलाई महिलाहरुलाई स्वरोजगार बन्न मद्यत पुग्ने विस्वास वडाको छ ।

वडा सदस्य शोभा खतिवडा बेलबासे भन्नु हुन्छ ‘बजारमा बाटेको धुपको आवश्यकता रहेको महसुस भयो । यो उत्पादन गर्न यहीका महिलालाई लगाउन सक्यो भने रोजगार पनि बढ्ने र बजारको मागको समेत पुर्ती हुने भएकोले तीन दिने तालीम दिएका हौ । अव तालीममा सहभागीहरुलाई उत्पादनमा लाग्न हामी थप प्रोत्साहन गर्ने छौ । ’

भिडियो हेरौ

https://youtu.be/h2ly-OaxsUk

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ