दमकका महिलाहरुले बाटेको धुप बनाएर बेच्ने, घरमा फुर्सदको समयको सदुपयोग गर्ने(भिडियोमा हेरौ)

दमक/
झापा दमक ५ कि कमला कार्की बस्नेत घरको काममा बिहान बेलुका व्यस्त बन्नु हुन्छ । उहाँका अनुसार उहाँसग दिनको समय फुर्सदै छ । अहिले घरमै बस्दा कि त छिमेकतीर गएर गफ गर्नु पर्यो । कि त घरकै एक कुना वा कोठामा बसेर मोवाईल हेरेर बस्नु पर्यो ।

तर अव भने उहाँले यसो नगर्ने प्रतिवद्धता जनाउनु भएको छ । यसभन्दा अघी आफुसग हातमा कुनै सीप नभएको र काम गर्ने अवसर पनि नपाएको बताउने कार्कीले अव उद्यममा लाग्ने योजना बनाउनु भएको छ ।

किनकी उहाँले अर्गानीक बाटेको धुप बनाउन सिक्नु भयो । अव यो सिपलाई रोजगारमा लगाउने सोचमा हुनुहुहुन्छ ।

पाहाडे कागज । अनी बिभिन्न ८ भन्दा बढि बनस्पतीको धुलो मिसिएको ढुटो । एउटा कैची । र बनेका धुप बाँध्ने धागो । यती कच्चा सामाग्री भएपछि हरेक हरेक महिलाहरुले घरमै बसी बसी यस्तो धुप बनाउन सक्ने छन् । यही ठाउँकी रेनुका सिटौलाले धुप बाट्ने सिप सिक्नु भयो । र भन्नु हुन्छ यो काम त अव म घरैमा बसी कसी पनि गर्न सक्ने रहेछु । केहि दिन देखीनै सुरु गर्छु ।

यही ठाउँकी गायत्री सापकोटाले तीन दिन सम्म धुप बनाउने सिप सिक्नु भयो । ३ दिन सम्म सिक्दा काम सजीलो लाग्यो । प्रशिक्षकले बताए अनुसार बजारमा यसको माग पनि राम्रै छ ।

उत्पादन गर्न सक्ने हो भने फाईदा हुने गरीकै मुल्यमा बिक्रि पनि हुने रहेछ । ‘घरमै दिनमा कम्तिमा ५ सय वटा सम्म बनाउन सकिन्छ होला सुरु गरिहाल्नु पर्यो । अली अली भएपनि खर्चको जोहो त हुने रहेछ’। सापकोटाले आफ्नो आँट सुनाउनु भयो ।

सिता उप्रेतीलाई पनि धुप बाटेर दिनमा ५÷६ सय रुपैँया कमाई गर्ने सक्ने हिम्मत बढेको छ । यसले उहाँका सामान्य आवश्यकता पुरा गर्ने र परिवारसँग आश्रीत बन्न नपर्ने गरिको स्थिती बनाउछ कि भन्ने विस्वास छ ।

त्यसैले भन्नु हुन्छ ‘सुरु सुरुमा केहि समस्या वा चुनौती भएपनि गर्दै गर्एपछि उत्पादन पनि बढ्न सक्ने र कमाईपनि हुने छ भन्ने लागेको छ । ’

बाटेको धुप वातावरणीय दृष्टिकोणबाट पनि राम्रो छ । बजारमा पाइने सिंके धुप भन्दा बहुउपयोगी समेत रहेकोले यसको माग बढिरहेको छ ।

बजारको माग अनुसार पुर्ती गर्न नसकिरहीएको यसको प्रशिक्षक समेत रहनु भएकी ख्याम कुमारी ओलीले बताउनु भयो ।

यदी दमकका महिलाहरुले उत्पादानमा लाग्ने हो भने काम र कमाई दुवै हुने भएकोले यसले दमकलाई समेत स्वच्छ बनाउन सक्ने कुरामा उहाँको विस्वास छ ।

दमक नगरपालिका वडा नं ५ ले यहाँ रहेका फुर्सदीला महिलाहरुकालागी भनेर यो तालीम ल्याएको हो । तालीम दिइसकेपछि उनीहरुलाई महिलाहरुलाई स्वरोजगार बन्न मद्यत पुग्ने विस्वास वडाको छ ।

वडा सदस्य शोभा खतिवडा बेलबासे भन्नु हुन्छ ‘बजारमा बाटेको धुपको आवश्यकता रहेको महसुस भयो । यो उत्पादन गर्न यहीका महिलालाई लगाउन सक्यो भने रोजगार पनि बढ्ने र बजारको मागको समेत पुर्ती हुने भएकोले तीन दिने तालीम दिएका हौ । अव तालीममा सहभागीहरुलाई उत्पादनमा लाग्न हामी थप प्रोत्साहन गर्ने छौ । ’

भिडियो हेरौ

https://youtu.be/h2ly-OaxsUk

 

 

Share: