दमक/
विशेष गरी सहरी क्षेत्र जहाँ खेती गर्ने खाली जग्गा हुँदैन, त्यस्तो स्थानका घरका कौसी, छत, भित्ताजस्ता खाली ठाउँमा थोरै परिश्रमले विभिन्न प्रकारका बालीनाली सजिलैसँग उत्पादन गरी दैनिक उपभोग गर्न सकिन्छ । यस्तो कौसी खेती गर्दा खेर गइरहेको ठाउँ, श्रम, समय, पानी, प्रांगारिक पदार्थ, भाँडाकुँडा र अन्य वस्तुको सदुपयोग गरी स्वच्छ, स्वस्थ, दैनिक रूपमा आवश्यक पर्ने तरकारी, फलफूल, फूल र मसलाजन्य उत्पादन नियमित उपलब्ध भइरहन्छ । तर यो कुराको भेेउ दमक ६ कि राधादेवी ढुङ्गानाले अहिले सम्म पाउनु भएको रहेनछ । त्यहि भएर घरको कौशीमा कसरी आफैलाई चाहिने तरकारी उत्पादन गर्न सकिने रहेछ भन्ने बारेमा सिक्न उहाँ वडा नं ६ को कार्यालयमा पुग्नु भयो ।
कौसी तरकारी गर्न भान्छामा प्रयोग भएका नुन, तेल, दुध, चामल, मैदा आदीको प्याकेट फोहोरमा नफाली सुरक्षित राख्नु पर्छ। प्याकेटको मुख पुरै काटेर माटो भरेर कौसीमा राख्नु पर्छ। भान्छा बाटै निस्कने फोहोर पानीलाई बाटारबाल्टीमा हालेर राख्दा अझ सजिलो हुन्छ। लसुन, प्याज, टामटर, साग आदिका बोक्रा पनि एक ठाउँमा जम्मा गरेर राख्यो भने घरभित्रै व्यवस्थापन गर्न सहज पर्छ।सबै जना बसेर कुराकानी गरिरहेको बेलामा यसो हात सकृय राख्ने हो भने प्याकेटमा माटो भर्ने, बिउ राख्ने काम गर्न सकिन्छ। त्यसो गरे तपाईलाई भेट्न आउने आफन्तले पनि यस बारे ज्ञान पाई फाइदा लिन सक्नेछन्। आवश्यक्ता अनुसार प्लास्टिको छानो हालेर पनि यो खेती गर्न सकिने तरीका दमक ६ कि इन्दिरादेवी भण्डारीले पनि ।
कौसी खेतीमा ठाउँअनुसार तरकारी र फलफूल उत्पादन गर्न सकिन्छ । यस्तो खेतीमा काँक्रा, फर्सी, लौका, घिरौंला आदि लहरे खेती गर्न सकिन्छ । गमला र अन्य भाँडाहरूको प्रयोग गरी टमाटर, बन्दा, काउली, खुर्सानी आदि तरकारी उत्पादन गर्न सकिन्छ । होंचो बोट हुने कागती-सुन्तला आदि फलफूलहरू पनि लगाउन सकिने जानकारी वडाले दिएको तालीमबाट सिक्न पाएको सहभागीको प्रतिकृया छ ।
कौसी तरकारी गर्न ठाउँ कति उपलब्ध छ त्यसले के के तरकारी उत्पादन गर्ने भन्ने कुराको निर्क्योल गर्छ। ८ मिटर भन्दा अग्लो ठाउँ उपलब्ध छ भने काक्रा, फर्सी, लौका, घिरौला, लगाएत लहरे बाली पनि लगाउन सकिन्छ। यदि ठाउँ अग्लो उपलब्ध छैन भने गोलभेडा, टामटर, बन्दा, काउली, खुर्सानी लगायतका तरकारी उत्पादन गर्न सकिन्छ। कौशी खेतीमा लगाईने तरकारीहरुको बिउका बारेमा जानकारी गराउनु हुदै तालीमका प्रशिक्षक दिपक खनाले जानकारी गराउँदै भन्नु हुन्छ तपाईको जमिनको क्षेत्रफलका आधारमा केके कति कति लगाउने भन्ने कुराले निर्धारण गर्छ ।
यो तालीमबाट आफुलाई घरमा आवश्यक पर्ने तरकारी आफै उत्पादन गर्न सकौ भन्ने उद्धेस्य पुरा गरिने जनाइएको छ । वडाध्यक्ष टेक बहादुर थापा भन्नु हुन्छ कौशी खेती गर्न आवश्यक पर्ने सबै श्रोत सामाग्री दिइएको छ । अव सोझै उत्पादनमा लाग्दा हुन्छ । कस्को कस्तो मिहनत हुने रहेछ आफु ६ महिना पछि विभिन्न घर घरमा खाना खाने गरी आएर निरिक्षण गर्ने वडाध्यक्ष थापाले बताउनु भयो । उहाँको आषय थियो यसको सही सदुपयोग होेस । विषादीयूक्त तरकारीको प्रयोग गर्न नपरोस ।
सीमित स्रोत साधनको वैज्ञानिक उपयोग गर्दै उपजको उत्पादन र उत्पादकत्व वृद्धिका साथै कृषकको आयआर्जनमा वृद्धि भई गरिबी न्यूनीकरणमा योगदान पुग्नुपर्छ । देशको कुल क्षेत्रफल १ करोड ४७ लाख १८ हजार १०० हेक्टर छ ।
यसमध्ये खेतीयोग्य भूमि २१ प्रतिशतले ३० लाख ९१ हजार हेक्टरमा मात्र खेतीपाती गरिन्छ । यसमा पनि हिमाली क्षेत्रमा देशको कुल क्षेत्रफलको ३५ प्रतिशत अर्थात् ५१ लाख ८१ हजार ७००, पहाडी भागमा ४२ प्रतिशत अर्थात् ६१ लाख ३४ हजार ५०० र तराई भागमा २३ प्रतिशत अर्थात् ३४ लाख १ हजार ९०० हेक्टर पर्छ । यसर्थ खेतीयोग्य भूमिको ३४।५३ प्रतिशत अर्थात् १० लाख ६७ हजार ३२३ हेक्टरमा सिञ्चित अवस्थाको स्वरूप हुँदाहुँदै पनि ६५।७ प्रतिशतभन्दा बढी मानिस कृषि पेसामा लागेका छन् ।
यसमा राष्ट्रिय आयको ३३ प्रतिशत अंशप्राप्त हुन्छ भने कृषि एवं वनक्षेत्रबाट विदेशी व्यापारको ८० प्रतिशत अंश ओगट्नुले नै एकातर्फ कृषिको विकासमा नै देशको विकासको विकल्पको रूपमा खडा भएको देखा पर्छ भने अर्कातर्फ प्रतिव्यक्ति सरदर आय केवल ७०० अमेरिकी डलर र २५ प्रतिशतभन्दा बढी जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको अवस्थाले कृषिको पछौटेपनको बोध स्वतः हुन जान्छ, जसले गर्दा कृषिमा आधुनिकीकरण तथा विविधीकरणको आवश्यकता पनि टड्कारो रूपमा देखिन्छ ।
भिडियोमा हेरौ










