‘सङ्घीयताको ढाँचा परिवर्तन गर्नुपर्छ’

देशको समृद्धि र विकासका लागि सङ्घीयताको ढाँचा परिवर्तन गर्न आवश्यक

झापा। जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको समृद्धि र विकासका लागि सङ्घीयताको ढाँचा परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

पाँचथरको कुम्मायक गाउँपालिकामा पार्टीको आमसभालाई सम्बोधन गर्ने क्रममा उनले सबै जातजाति, भाषाभाषीको प्रतिनिधित्व हुने किसिमको सङ्घीयता कार्यान्वयनमा आउन नसकेको बताए । उनले सङ्घीयताको ढाँचा परिवर्तन गर्दै सबैको अधिकार सुरक्षित हुने खालको बनाइनु पर्नेमा जोड दिए । उनले लिम्बुवान, ताम्सालिङ, थारू र मधेशको मुद्दालाई सही रूपमा सम्बोधन गर्न नसकेको बताए ।

देशका केही ठूला पार्टी हौं भन्ने शक्तिले महाधिवेशनमा समावेशी र समानुपातिक ढङ्गले प्रतिनिधि चयन गर्न नसकेको सङ्केत गर्दै उनले जसपाले मात्रै सामावेशीकरणको सिद्धान्त लागू गर्ने दाबी गरे ।

त्यस्तै सभामा पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादव, पूर्वमन्त्री कार्यकारिणी सदस्य रकम चेम्जोङ, पार्टीका सल्लाहकार डा. महेन्द्रसुन्दर लावतीलगायत दर्जन बढी नेता कार्यकर्ताहरूले पहिचानको मुद्दा आजको आवश्यकता रहेको बताएका थिए ।

कार्यक्रममा कुम्मायक-१ का स्वतन्त्रबाट निर्वाचित वडाध्यक्ष देवेन्द्रकुमार लावतीसहित सयौंको सङ्ख्यामा पार्टी प्रवेश गरेका थिए । उनीहरूले उत्पीडित वर्गको रक्षाको लागि पार्टी प्रवेश गरेको बताए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सकियो ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम

बिर्तामोड, चैत ३ । दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियानको रुपमा आयोजना गरिएको घुमौँ झापा साइकलमा कार्यक्रम समापन भएको छ । झापा साइक्लिङ

बालेनको ‘ठूलो खेल’ : सरकार बनाउँदै संविधान नै फेरिने संकेत ?

काठमाडौं,३ चैत। ‘दुई तिहाइमा दुई सिट कम’ बहुमतको नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी—अब बालेन्द्र शाह नेतृत्वमा सरकार बनाउने तयारीमा छ। तर प्रश्न उठेको छ—यो सरकार

जेनजी आन्दोलनको क्षति : ऐतिहासिक भवन पुनर्निर्माण अन्योलमा

काठमाडौं,३ चैत । गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा आगजनीपछि क्षतिग्रस्त भएको बबरमल स्थित सडक विभागको ऐतिहासिक भवन पुनःनिर्माण अनिश्चित

उदयपुरमा हुरी : दुईको मृत्यु, छ जना घाइते

उदयपुर,३ चैत। उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी

नेपालमा जर्मन प्रविधि लगानीका सम्भावना विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौं,३ चैत ।नेपालमा स्थानीय तथा वैदेशिक लगानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ काठमाडौंमा एक विशेष ‘ज्ञान साझेदारी’ (नलेज सेयरिङ) अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल

“मधेश प्रदेश सरकारका १०० दिन:मुख्यमन्त्री यादवले ५१ प्रमुख कामहरु सार्वजनिक”

जनकपुर,३ चैत । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारको पहिलो १०० दिनमा गरेको मुख्य ५१ वटा कामहरु बारे जानकारी गराउनु