‘सङ्घीयताको ढाँचा परिवर्तन गर्नुपर्छ’

देशको समृद्धि र विकासका लागि सङ्घीयताको ढाँचा परिवर्तन गर्न आवश्यक

झापा। जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको समृद्धि र विकासका लागि सङ्घीयताको ढाँचा परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

पाँचथरको कुम्मायक गाउँपालिकामा पार्टीको आमसभालाई सम्बोधन गर्ने क्रममा उनले सबै जातजाति, भाषाभाषीको प्रतिनिधित्व हुने किसिमको सङ्घीयता कार्यान्वयनमा आउन नसकेको बताए । उनले सङ्घीयताको ढाँचा परिवर्तन गर्दै सबैको अधिकार सुरक्षित हुने खालको बनाइनु पर्नेमा जोड दिए । उनले लिम्बुवान, ताम्सालिङ, थारू र मधेशको मुद्दालाई सही रूपमा सम्बोधन गर्न नसकेको बताए ।

देशका केही ठूला पार्टी हौं भन्ने शक्तिले महाधिवेशनमा समावेशी र समानुपातिक ढङ्गले प्रतिनिधि चयन गर्न नसकेको सङ्केत गर्दै उनले जसपाले मात्रै सामावेशीकरणको सिद्धान्त लागू गर्ने दाबी गरे ।

त्यस्तै सभामा पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादव, पूर्वमन्त्री कार्यकारिणी सदस्य रकम चेम्जोङ, पार्टीका सल्लाहकार डा. महेन्द्रसुन्दर लावतीलगायत दर्जन बढी नेता कार्यकर्ताहरूले पहिचानको मुद्दा आजको आवश्यकता रहेको बताएका थिए ।

कार्यक्रममा कुम्मायक-१ का स्वतन्त्रबाट निर्वाचित वडाध्यक्ष देवेन्द्रकुमार लावतीसहित सयौंको सङ्ख्यामा पार्टी प्रवेश गरेका थिए । उनीहरूले उत्पीडित वर्गको रक्षाको लागि पार्टी प्रवेश गरेको बताए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो