चीचबाट स्वरोजगार

इलाममा चीज उद्योग फस्टाउँदै, उद्यमी बढेसँगै गाउँमै रोजगार पनि खुल्यो

इलाम/

इलाममा गाईको दूध प्रशोधन गरि चीज उत्पादन गर्ने उद्योग स्थापना भएसँगै रोजगारीका अवसर पनि बढेका छन् । नेपाली बजारमै चीजको अधिक मागले उद्योग स्थापना बढेसँगै इलाममा एक चीज उद्योगमा तीन जनादेखि १० जनासम्म युवाले रोजगारीका पाएका हुन् ।

 

इलामको सन्दकपूर गाउँपालिका ३ को सेर्पा डेरी उद्योगमा अहिले ५ जनाले रोजगारी पाएका छन् । स्वरोजगार भइ परिवार चलाउने उदेश्यले चीज उद्योग स्थापना गरेका रिञ्जि सेर्पाले अहिले स्थानीय ५ जनालाई रोजगारी दिएका हुन् । दुग्ध विकास संस्थानको जागिर छोडी खोलेको चीज उद्योगमा उत्पादित दुग्ध पदार्थको माग बढेपछिको उद्योग विस्तारले रोजगारीका अवसर थपिएका छन् । ७० लिटर दूधबाट चीज उत्पादन शुरु गरेको सेर्पा डेरीमा अहिले पन्ध्र सय लिटर गाईको दूध प्रशोधन हुन्छ ।

 

रसुवाबाट रोजगारीका लागि इलाम आएका तुलु तामाङले स्थापना गरेको चीज उद्योगमा अहिले ८ जनाले काम गर्छन् । २०६० सालमा दैनिक २० लिटर दूध संकलनबाट चीज बनाएका तामाङको उद्योगमा अहिले सोह्र सय लिटर दूध प्रशोधन हुन्छ ।

लक्की डेरीमा उत्पादित चीजको माग बढेसँगै रोजगारीका अवसर पनि थपिएका छन् । पूर्वी नेपालमा व्यवसायीक गाई पालनमा प्रसिद्ध इलाममा चीज बनाउने उद्योग स्थापना भएपछि रोजगारीका अवसर थपिएका हुन् । २ दशक अघि सरकारी स्वामित्वमा मात्रै चीज उद्योग रहेको इलाममा अहिले निजी लगानीका उद्योग स्थापना हुने क्रम बढेको सेर्पा डेरी उद्योगका संचालक रिञ्जि सेर्पाले बताउनु भयो ।

चीजका परिकारमा रमाउने नेपालीको संख्या बढेसँगै आन्तरीक बजारमा पनी चीजको खपत बढ्दो छ । चीजको प्रयोग र माग बढेपछि इलाममा नीजि क्षेत्रका उद्योगको संख्या १० पुगेको छ । चीज उद्योगमा तीन जनादेखि १० जनासम्म युवाले रोजगारीका पाएका छन् ।

चीज उद्योगको क्षमता विस्तारले रोजगारीका अवसर थपिँदै गएको हो । इलाममा सरकारी र नीजि गरि १६ वटा चीज उद्योग छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।