दमक/
विद्यालय जाँदा विद्याथीएले बोक्ने झोला होस वा बजारमा किनमेल गर्न जाँदा बोकीने झोला । अथवा कहि कतै जाँदा बोकीने यात्रा झोलानै किन नहोस । अनी महिलाहरुले बोक्ने हाते पर्स होस वा कुममा भिरेर बोक्ने झोलानै किन नहोस ।
बिभिन्न डिजाईनका , विभिन्न स्तरका झोलाहरु उत्पादन गर्ने हो भने यसको बजारको अत्याधीक छ ।
दमकमा मात्रै निजी र सरकारी विद्यालय र क्याम्पसमा गरी २० हजारको हाराहारीमा विद्यार्थीहरु अध्ययनरत छन् । हरेक विद्यार्थीले कुनै न कुनै प्रकारको झोला त बोक्छन् । तर के ती झोला दमकमा उत्पादन भएका हुन त ? अनी अर्को प्रश्न के दमकको यो मागलाई पुर्ती गर्न दमकमै उत्पादन चाहि हुन सक्ला त ? यी दुवै प्रश्नको जवाफ दिने प्रयास थालेको छ दमक नगरपालिकाले ।
यही प्रयास अन्र्तगत दमक नगरपालिका वडा नं ९ मा गरीवि निवायरणकालागी लघुउद्यम विकास कार्यक्रम नेड्पा) परियेजना अन्तर्गत झोला बनाउने एडभान्स तालीम चलीरहेको छ । यहाँ सिकिरहेका २३ जना महिलाहरुले अव बिभिन्न डिजाईनका झोला बनाउन जान्ने भइसकेका छन् । तर अव उनीहरुलाई बजारीकरणको पो समस्या हुन्छ कि भन्ने लागेको छ ।
तर यो चिन्ताबाट मुक्त हुन र उत्पादनमा लाग्न भन्दै दमक नगरपालिकाककी उप प्रमुख रेगीना भट्टराई प्रसाईले भन्नु भयो तपाईहरुले उत्पादन गर्नु भएको झोलाको बजारीकरण गरिदिने जिम्मा दमक नगरपालिकाले गरिदिन्छ । तपाई ढुक्कका साथ उत्पादनमा लाग्नुस । यो सामान बजार सम्म पुर्याएर बेच्न हामी सहयोग गर्ने छौ ।’
दमक नगरपालिकाले महिलाहरुलाई उद्धममा जोड्न बिभिन्न कार्यक्रम गरिरहेको उहाँले बताउनु भयो । महिलाहरुलाई आत्मनिर्भर बनाएर दमकका महिला उद्धममा पहिला भन्ने अभियानलाई पुरा गर्न यस खासले सिप विकासका कार्यक्रम सञ्चालन गरीरहेको उप प्रमुख भट्टराईको भनाईछ । तर सिकेको सिपलाई उत्पादनमा लगाउन चाहि उहाँले अनुरोध गर्नु भएको छ । ‘सिप सिकिसकेपछि उत्पादनमा जोडीन बरु केके कुराको थप सहयोग चाहियो त्यसबारेमा समुहगत छलफल गरौ र आवश्कतालाई पुर्ती गरेर उत्पादनमा लागोै । उहाँको अनुरोध थियो ।
भिडियोमा हेरौ










