कुरीलोको उत्पादन लागत कम भएपनि बजारमा चाहि किन महगो ?

 

दमक/
औषधीय गुण भएको तरकारी हो कुरीलो । यसको खेती न्यानो र समशितोष्ण हावापानी भएको खासगरी मध्य पहाडी क्षेत्रमा हुने भनिएपनि तराईमा समेत अचेल उत्पादन हुने गरेको छ ।

 

व्यावसायीक रुपमा कुरीलो खेती गरी अतिरिक्त आम्दानी गर्न सकिने उत्पादनका रुपमा रहेको कुरीलोको उत्पादन लागत खासै धेरै छैन ।

 

यसको बिउ आफै पनि उत्पादन गर्न सकिन्छ । एउटा पाकेको बिउको दानाबाट ४÷५ वटा दहल निस्कन्छ । त्यहि दहललाई ओसीलो माटोमा छर्ने हो भने यसको बेर्ना तयार हुन्छ ।

 

 

झण्डै ३ महिनाको अवधिमा राखीएको दहलबाट बेर्ना तयार हुन्छ । त्यसरी तयार भएको बेर्नालाई खेत बारीमा ड्याङ बनाइ रोप्नु पर्छ । रोपेको ३ देखी ४ महिना भित्रमा यसले उत्पादन पनि दिन थाल्छ ।

 

एउटा बोटबाटै कम्तिमा पनि एक सिजनमा ३ केजी भन्दा बढि कुरीलो टिप्न सकिन्छ । अर्थात यदी १० कट्ठा जमिनमा कुरीलो खेती गर्ने हो भने २ हजार भन्दा बढि विरुवा लगाउन सकिन्छ ।

 

२ हजार बढि विरुवा लगाउन बढिमा ३ हजार रुपैँयाको दहल किनेर बेर्ना उत्पादन गरे पुग्छ । यसरी दुई हजार विरुवालाई आवश्यकीय मल , जल तथा अन्य माटोको व्यवस्थापन मिलाउन सकियो भने एउटा बोटले ३ केजी मात्रै एक सिजनमा उत्पादन दिदा पनि २ हजार विरुवाबाट ६ हजार केजी कुरीलो उत्पादन हुन्छ ।

अहिले बजारमा न्यूनतम ४ देखी ५ सय रुपैँया केजीमा यो बिक्रि भइरहेको छ । १० कट्ठा जमिनमा लगाइएको २ हजार विरुवाबाट उत्पादन भएको ६ हजार केजी कुरीलोले एक सिजनमा ३० लाख रुपैँयाको आम्दानी दिन सक्छ ।

बिभिन्न जोखीम र एक सिजन भरीको श्रम तथा ज्याला समेत कटाएर १० लाख खर्च भएपनि यसको उत्पादनबाट वर्षमा २० लाख सम्म बचत गर्न सकिने यसैको क्षेत्रमा काम गर्नेहरुले बताएका छन् ।

तर पनि कुरीलो खेती सर्वत्र हुन सकिरहेको छैन । जसले गर्दा उपभोक्ताले महगो मुल्य तिरेर खाइरहनु परेको छ ।

यसको खेती कसरी गरिन्छ ? यसको उत्पादनको बिधि के हो ? यसको बजारको अवस्था, सम्भावना र चुनौती कस्ता छन् ? अनी यसको खाने तरीका र फाईदाका बारेमा उज्यालो खवरको स्टुडियोमै आएर कुरीलो उत्पादक झापा दमकका बिमल निरौलाले जानकारी गराउनु भएको छ ।

उहाँसगको जानकारीमुलक संवादको भिडियो तलको लिंकमा राखीएको छ ।

https://youtu.be/AHO1spQ-CFk?si=yx3wHrXKx41pThp_

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ