दमक/
दमकको मुख्य बजार क्षेत्र । पशुपति मन्दिर भएको सडक खण्ड । यहाँ रहेको सिद्र्धार्थ बैंक भएको घरको भुईतला । भुईतलामा रहेको राधे राधे कलेक्सनको ठ्याक्कै अगाडी पट्टि । तपाईले देख्न सक्नु हुने छ थरी थरीका , साईज साईजका भित्री वस्त्रहरुको सज्जी सजावट ।
महिलाहरुका आकर्षक, विभिन्न बनावट, रङ्गी बिरङ्गी तल माथी सबै तीर लगाउने भीत्री वस्त्रहरु भुण्डारएर राखीएको दृष्य । महिलाको मात्रै नभएर यहाँ बालबालिका अनी पुरुषहरुका थरी थरीका गञ्जी र वक्सहरु पनि उसै गरी राखीएका छन् ।
यो ठाउँ हो कोजी इन्नर । हो यहाँ इन्नर वेयर अर्थात भित्री वस्त्र मात्रै पाइने भएकोले यसको नामनै कोजी इन्नर राखीएको छ । यहाँ हेलसेल र रिटेलमा समेत भित्री वस्त्र खरिद गर्न पाइने छ । र यसको आधीकारिक उद्धघाटन हुँदैछ यही साउन ५ गते शनिबार । अनी उद्धघाटन पछि साउन भरी विषेश छुटको समेत प्रबन्ध गरीएको यसकी सञ्चालीका रुविना श्रेष्ठले बताउनु भयो ।
पारिवारीक रुपमा बजार जादा छोराछोरीलाई बेग्लै ठाउँमा, आमालाई अर्के पसल । बाबाले खोजेको सामान अर्कै पसल । यसरी पसल पसल चाहर्दै भित्री वस्त्र बिनिरहनु परेको स्थितीलाई मद्यनजर गर्दै अव एकै छाना मुनी त्यो पनि थरीथरीका अनी होलसेल मुल्यमा समेत भीत्री वस्त्र पाइयोस भनेर यो पसल स्थापना गरीएको जनाइएको छ ।










