"धरानका दुई क्लब ए डिभिजन लिगको उपाधि होड"

धरानका दुई क्लबविच प्रतिस्पधा

 

धरान । इटहरीमा जारी जिल्लास्तरीय ए डिभिजन लिग फुटबलको उपाधिका लागि धरानका दुई क्लब भिड्ने भएका छन् ।
धरानको धरान फुटबल क्लब र गोधुली क्लब भिड्ने भएका हुन् ।


इटहरी रंगशालामा बिहीबार सम्पन्न सेमिफाइनलमा धरान फुटबल क्लबले वराहक्षेत्रको न्यू स्टार क्लबलाई ३-१ गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । खेलमा विवेक तेम्बेले दुई गोल गर्दा सरोज राईले एक गोल गरे
यता न्यूस्टारका सन्तोष श्रेष्ठले सान्तवना गोल गरे । यस्तै अर्को खेलमा धरानकै गोधुली क्लबले राष्ट्रिय जागृति क्लब इटहरीलाई पेनाल्टी सुटआउटमा ४-२ गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।


अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीको आयोजनामा जारी प्रतियोगिताको फाइनल पुस २५ गते हुनेछ । फाइनल विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।

Share: