"किसानको पीडा"

तरकारी किसानको गुनासो, ‘बजारमा ब्यापारीको सिण्डिकेट , उत्पादन अनुसारको मुल्य नै पाइएन ’

सुनसरी/
सुनसरीको सिमावर्ती क्षेत्र देवानगंज गाउँपालिकामा ठूलो लगानी लगाएर किसानहरू तरकारी खेती गर्ने गर्दछन । तर कृषकले ठुलो लगानीमा गरेको तरकारी खेतीले देवानगंज बजारमा उचिन मुल्य पाउन सकेको छैन् । बेमौसमी वर्षाले धेरै घाटा बेहोरेका किसानले फेरी पनि बिचौलियाका कारण बजारमा तरकारीको उचित मुल्य पाउन नसक्दा कृर्षक थप चिन्तित् छन् ।

सुनसरीको सिमावर्ती क्षेत्र देवानगंज गाउँपालिका कृषि उत्पादनको मुख्य क्षेत्र हो । गाउँपालिकामा ९० प्रतिशत जसंख्या कृषिमा निर्भर छन् । कृषकले मौसम अनुसारको तरकारी उत्पादन गर्ने गरेका छन् ।

तर आफुले मेहनत गरेर उत्पादन गरेको तरकारीले बजारमा मुल्य नपाउदा भने मारमा परेको कृषक मक्सुदन मेहताको गुनासो छ । ‘ अनेक दुःख झेलेर तरकारी फलायो, बजार ल्याउँदा व्यापारीले सकभर यहाँ बेच्ने दिदैनन् होलसेलमा किन्दिन्छौ भनेर लगानी लागेबराबरको मुल्य पनि दिदैनन् ।’मेहेता भन्नु हुन्छ ‘ हामी किसानले व्यापारीबाट छुटकारा पाएर आफ्नै मुल्यमा आफ्नो उत्पादन कहिले बेच्न पाउँने ?’

 

कार्तिक महिनामा आएको बेमौसमी बर्षाका कारण किसानको तरकारि बाली नष्ट भएको थियो। बेमौसमी पानीले ठूलो घाटा बेहोरेका किसानले फेरी तरकारी खेती सुरु गरे । तर बजारमा कुनै मूल्य नपाउँदा लगानी कसरी उठाउँने भन्ने चिन्तामा छन् । बजार सम्म ल्याएको तरकारीको मूल्य नपाउँदा दिन भरी करायो दक्षिणा हरायो जस्तो भएको यहि ठाउँका अर्का किसान रमेश मेहताले बताउनुभयो ।‘ ठुला व्यापारीले २ रुपैँया सस्तो दिन्छन् हामी त्यसरी दिन नसक्दा हाम्रो उत्पादन नै बिक्न गाह्रो भयो ।’ ब्यापारीको सेटिङका कारण आफुहरु मारमा परेको मेहताको बुझाई छ ।

देवानगंज गाउँपालिका वडा नं २ मा रहेको देवानगंज तरकारी बजार बिहान ६ बजे देखि बेलुका ७ बजे सम्म लाग्छ । कृषकले बिहान, दिउसो र साँझ टिपेका तरकारीलाई बजार पुर्‍यने गर्दछन । यसरी नै दिनमा तिन पल्ट लाग्ने बजारमा पाईने ताजा तरकारी किन्न विराटनगर, दुहवी, इनरूवा, काठमाडौं, सम्मका व्यापारीहरू पुग्ने गर्छन ।

दुहबीका व्यापारी मोहन चौधरीले देवानगंज बजारमा अन्य बजारको तुलनामा सस्तो पाईने बताउनु भयो । किसानलाई लगात अनुसारको मुल्य किन नदिएको भन्ने प्रश्नमा चौधरी भन्छन् ‘ प्रतिपर्धात्मक बजारमा जस्ले पनि सस्तो खोज्छ , कस्ले कती मुल्य लगाएर उत्पादन गर्यो त्यो कुरा गौण हुने भन्दै बजारमा जस्ले सस्तो बेच्छ उसैको सामान बेच्ने उहाँले स्पष्ट पार्नु भयो ।

तरकारी व्यापारिहरु देवानगंज नै पुग्छन् । त्यहाँबाट उनीहरुले किसानसँग सस्तो मूल्यमा लिएर बजारमा महंगोमा बेच्ने गरेका छन् । विचौलियाका कारण किसानले मूल्य नपाएको कुरा बर्षौ देखि उठ्दै आएको छ । तर त्यसको लागि भने केही पहल भएको छैन ।

किसानबाट सस्तोमा लिने र उपभोक्तालाई महंगोमा बेच्ने विचौलियाका कारण किसान र उपभोक्ता मारमा परिरहेका छन् । यसलाई नियन्त्रण गर्नका लागि सम्वन्धित निकायले किसानलाई सिधै उपभोक्तासँग जोड्ने काममा ध्यान दिन जरुरी छ ।

Share: