दमक, २९ साउन । नेपाली बजारमा मंगलबार सुनको मूल्य अहिलेसम्मको सबै रेकर्ड ब्रेक गरेको सबैभन्दा उच्चस्थानमा पुगेको छ ।
मंगलबार छापावाल सुनको मूल्य १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको र यो मूल्य हालसम्मै उच्च रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सुनको मूल्य १ लाख ५० हजार रुपैयाँसम्म कायम भएको थियो
सोमबार तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य एकै दिन २ हजार १ सय रुपैयाँ बढेर रेकर्ड कायम भएको हो ।
यस्तै चाँदीको मूल्य मंगलबार तोलामा १ हजार ७४० रुपैयाँ कायम भएको छ ।