अरुणमा पानीको बहाव बढेपछि सतर्कता अपनाउन आग्रह

दमक, ३० साउन   वर्षाका कारण अरुण नदीमा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय संखुवासभाले सर्तकता अपनाउन आग्रह गरेको छ ।

 

साना तथा अरुण सहितका ठूला खोला नदीमा वर्षातका कारण पानी बढेपछि जिल्ला प्रशासन कार्यालयले विशेषगरी नदी किनारमा बसोबास गर्ने र ज्याला मजदुरी गर्ने नागरिकलाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । खोला, नदी बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकैको प्रहरीलाई खबर गर्न कार्यालयले आग्रह गरेको छ । भारी वर्षा भएका कारण खोला नदीमा पानीको बहाव बढिरहेको छ ।

 

 

पानी बढ्दै गएपछि मकालु गाउँपालिकाका फ्याक्सिन्दामा निर्माणधीन अरुण तेस्रो आयोजनाको डाइभर्सन टनेलमा ओभरफ्लो भएर पानी बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रुखबाट लडेर झापामा एक जनाको मृत्यु

झापा, १० माघ । रुखबाट लडेर झापा गाउँपालिकामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो बिहान १०ः३० बजे झापा गाउँपालिका वडा न.६फुलगाछी बस्ने

फेरिएको दमक बजारको चमक

दमक ९ माघ । पाँच–छ वर्ष अगाडि दमकको अवस्था सम्झिँदा आज पनि धेरैको मन भारी हुन्छ। धुलाम्मे सडक, अव्यवस्थित बजार, जताततै भीड र दुर्घटनाको डर।

दमक क्याम्पसमोडबाट आम्दा जाने सडकले दिएको सहजता

दमक,९ माघ।घरबाट बाहिर निस्किएपछि हरेक व्यक्तिको गन्तव्य सडकसँग जोडिएको हुन्छ। विद्यालय जाने विद्यार्थीदेखि कार्यालय जाने कर्मचारीसम्म, सबैको दिनको सुरुवात सडकबाट नै हुन्छ। सडक व्यवस्थित भयो