गाई मरेपछि

सुनसरीकोे रामधुनीमा गाई मरेपछि ‘आमा’सरह काज-किरिया

 

झापा । दुई दशकदेखि घरमा पालेर दूध खाँदै गरेको गाई मरेपछि सुनसरीको रामधुनी नगरपालिका-४ इक्राहीका दुर्गा विश्वकर्मा ‘राधेराधे’ले आमासरह मान्दै काज-किरिया गर्न थालेका छन् ।
धार्मिक तथा आध्यात्मिक गतिविधिमा समेत सक्रिय विकले हिन्दु सनातन परम्पराअनुसार कोरामा बसेर काज-किरिया गर्न थालेका हुन् । उनी गाईलाई माई अर्थात् आमासरहको मर्यादा राखेर कपाल मुण्डन गरी कोरामा बसेका छन् ।


२१ वर्षअघि बाछी किनेर हुर्काउँदै दूध खाएको भारा तिर्न विक किरियापुत्री बनेर जुठो बार्दै शोकमा बसेका हुन् । १० दिनसम्म किरियापुत्री बसेर ढिकुरो फुटाउने, दान-दक्षिणा दिने र मलामी-भोज खुवाउने किरियापुत्री विकको योजना छ ।
आज (शनिबार) अपराह्न्न गाईको मृत्यु भएपछि छिमेकी-आफन्तहरू भेला भई गाईको मृत शरीरलाई रामनामी कात्रोले बेरेर जङ्गल क्षेत्रमा लगेर चिहानमा पुरेका थिए । गाईको सदगत् गरेपछि विक मलामीसहित किरियापुत्रीसरह घर फर्केका छन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धार्मिक र सांस्कृतिक महत्वका साथ देशभर साउने सङ्क्रान्तिको रौनक

काठमाडौं,१ साउन । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति आज देशभर स्नान, दान, पूजा–आराधना तथा लुतो फाल्ने परम्परासहित मनाइँदैछ । साउने

नयाँ करार नियुक्तिमा रोक, ’पुल’मा रहेका कर्मचारीबाटै व्यवस्थापन गरिने

काठमान्डौं ,१ साउन। सरकारले अब रिक्त वा नयाँ स्थापना भएका सरकारी निकायहरूमा नयाँ व्यक्तिलाई करार सेवामा नियुक्त नगर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन

दमकमा पूँजिगत भन्दा चालु खर्च धेरै, खर्चको विवरणले यस्तो देखायो दमकको चित्र

दमक,१ साउन । दमक नगरपालिकाको आर्थिक वर्ष २०८२÷८३ को खर्च विवरणले विकास निर्माणभन्दा प्रशासनिक तथा चालु खर्चले प्राथमिकता पाएको देखिएको छ । तथ्यांकअनुसार नगरपालिकाले पूँजीगत

दमक नगरपालिकाको सेवा प्रवाहबारे नागरिकको प्रतिकृया कस्तो ? यी कुरामा सुधार गर्नु पर्ने देखियो नागरिक रिपोर्ट

दमक, १ साउन ।स्थानीय सरकारप्रति नागरिकको विश्वास बढ्दै गएको संकेत दमक नगरपालिकामा गरिएको नागरिक प्रतिवेदन (सिटिजन रिपोर्ट कार्ड) ले देखाएको छ। नगरपालिकाबाट सेवा लिने अधिकांश

मिटरब्याज पीडित र सरकारबीच आजै लिखित सम्झौताको तयारी, सिंहदरबारमा निर्णायक वार्ता जारी

काठमाडौँ, १ साउन । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी तीव्र पारिएको छ। यसअघि दुवै पक्षबीच

देशका तीन राजमार्ग अझै पूर्णरुपमा अवरुद्ध

काठमाडौं,१ साउन । लगातारको वर्षापछि आएको पहिरो र प्रतिकूल मौसमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान करिब ७ बजेसम्मको विवरण