टिकटक फुकुवा गर्ने सरकारको संकेत, प्राविधिकहरुसँग परामर्श

TikTok-Logo-1024x576

दमक, ४ भदौ /  १० महिनाअघि सामाजिक सञ्जाल प्लाटफर्म ‘टिकटक’माथि लगाएको प्रतिबन्ध हटाउने सरकारको संकेत देखिएको छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरतामा मंगलबार सरकारले टिकटक खुला गर्ने विकल्पबारे कम्पनीका नेपाल प्रतिनिधि लगायतसँग परामर्श अघि बढाउँदै यसमा आउने विकृति रोक्ने बारे प्राविधिक जानकारी लिइएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्ध हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने विकल्पबारे मन्त्रालयमा छलफल गरिएको उल्लेख छ ।

 

टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले नेपालको कानुन मान्न कम्पनी तयार रहेको उल्लेख गर्दै प्रतिबन्ध फुकुवा गरिदिन अनुरोध गरेर सञ्चार मन्त्रालयमा पत्र पठाएको छ । एसिया इन्टरनेट कोअलिसन (एआईसी) ले उचित कानुनी प्रावधानबिना नेपाल सरकारले टिकटकमा प्रतिबन्ध लगाउनु अन्तर्राष्ट्रिय अभ्यासविपरीत भएको भन्दै विरोध गर्दै आएको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण लगत्तै नेपालमा सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै २०८० कार्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक प्रतिवन्ध लगाउने निणर्य भएको थियो । सरकारको सो निणर्यले अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै टिकटक प्रतिबन्धको विषयमा सर्वोच्च अदालतमा छुट्टाछुट्टै १४ ओटा रिट दायर भएका छन् । सवै मुद्धालाई एकैपटक हेर्नेगरी अदालतले आगामी असोज १० का लागि पेशी तोकेको छ ।

 

कतिपय इन्टनरेट सेवाप्रदायक मार्फत छिटपुट रुपमा टिकटक सञ्चालन भनें भइरहेको अवस्था छ । प्रतिबन्ध हुँदा टिकटकमार्फत हुने व्यापार व्यवसायमा ठूलो घाटा भएको अभिव्यक्ति आइरहेको अवस्था छ । यसलाई प्रतिबन्ध भन्दा पनि नियमन गर्ने संयन्त्र तयार गर्नुपर्ने प्रविधिमैत्रीहरुको सुझाव रहँदै आएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाइते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन