दमक क्याम्पसलाई अनुसन्धान हव बनाउन प्रम ओलीसँग माग

दमक, ९ भदौ ।  दमक बहुमुखी क्याम्पसलाई कोशी प्रदेशको विज्ञानको अनुसन्धानको थलो बनाउने सहितका योजनाहरु प्रधानमन्त्री केपी शर्मा ओली समक्ष माग गरिएको छ ।

 

क्याम्पस संचालक समितिका अध्यक्ष ढुण्डीराज भण्डारीको नेतृत्वमा मन्त्रालयमा पुगेको टोलीले क्याम्पसमा विद्यार्थी आवत जावतका लागि १० थान इलेक्ट्रिक वस, विज्ञानको अनुसन्धानका लागि कोशी प्रदेशकै हव वनाउनका लागि पाँच करोड रुपैयाँका अनुसन्धान सामग्री र निर्माणाधिन भवनमा टस लगाई कक्षा कोठा निर्माणका लागि पाँच करोड अनुदान उपलव्ध गराईदिन प्रस्तावना पेश गरेको छ ।

 

सो क्रममा प्रधानमन्त्री ओलीले क्याम्पसले माग गरेको अनुदान रकम उपलव्ध गराउने वचन दिनुभएको टोली प्रमुख भण्डारीले उज्जालो खबरलाई जानकारी गराउनु भयो । सो भेटमा झापा ५ का सांसद समेत रहनु भएका प्रधानमन्त्री ओलीका साथमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र क्याम्पसका पूर्व प्राध्यापक तथा हाल राष्ट्रिय योजना आयोग सदस्य गीता अधिकारीको पनि उपस्थिती थियो ।

क्याम्पसकातर्फबाट संचालक समिति सदस्य अम्विकाप्रसाद खनाल, वोधप्रसाद घिमिरे, क्याम्पस प्रमुख यज्ञराज गिरी, निर्वतमान क्याम्पस प्रमुख डा.नेत्रबहादुर वुढाथोकी, प्राध्यापक प्रतिनिधि सुमनकुमार नेपाल, उपप्राध्यापक विष्णुप्रसाद न्यौपाने लगायतको टोलीले माग राखेको थियो ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,