दमक एमालेले गर्यो विद्युतीय प्रशिक्षण

दमक, १२ भदौ    के तपाई नेकपा एमालेको पार्टी सदस्य हुनुहुन्छ र सदस्यता अध्यावधिक गर्नुभएको छैन वा नयाँ सदस्य बन्न चाहनु हुन्छ ? यदि त्यसो हो भने अव कोही प्रतिनिधि वा एजेण्टको भर पर्नु पर्दैन । तपाईले अनलाईन मार्फत मोवाइल एप्सको प्रयोग गरेर नै आफुले आफ्नो सदस्यताको अध्यावधिक गराउन र नयाँ सदस्य बन्न सक्नु हुने छ ।

मोवाइल एप्समार्फत यो काम घरै बसी बसी पनि गर्न सकिन्छ भन्नेबारेमा सवैलाई जानकारी छैन । सो कुरालाई मध्यनजर गरेर नेकपा एमाले दमक नगर कमिटीले पार्टीमा रहेका सबै तहका नेता तथा कार्यकर्ताहरुलाई भेला गराएर बुधबार अनलाईन अध्यावधिक सम्बन्धीको एक दिने प्रशिक्षण गराएको छ ।

 

पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नेकपा एमाले झापाका जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन विभाग सदस्य समेत रहनु भएका नरेश चुडालले प्रशिक्षण दिनु भयो ।

 

प्रशिक्षणमा सहभागीहरुले त्यहीँ बसी बसी आफ्नो सदस्यताको अवस्था हेर्न पाएका थिए भने त्यसमा केही अध्यावधिक गर्नु पर्ने छ भने सोको विवरण समेत त्यहीँ लेखी पठाउन मिल्नेगरिको तरिका सिकेका थिए ।

 

दमक नगर कमिटी अध्यक्ष राम पौडेलको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा कोशी प्रदेश कमिटी सदस्य सुशील राई, झापा जिल्ला उपाध्यक्ष शिव ढुङ्गेल, सचिव तुलसी कार्की, लगायत अन्य विभिन्न तहका नेताहरुको उपस्थिती रहेको थियो ।

Share: