दमक एमालेले गर्यो विद्युतीय प्रशिक्षण

दमक, १२ भदौ ।   के तपाई नेकपा एमालेको पार्टी सदस्य हुनुहुन्छ र सदस्यता अध्यावधिक गर्नुभएको छैन वा नयाँ सदस्य बन्न चाहनु हुन्छ ? यदि त्यसो हो भने अव कोही प्रतिनिधि वा एजेण्टको भर पर्नु पर्दैन । तपाईले अनलाईन मार्फत मोवाइल एप्सको प्रयोग गरेर नै आफुले आफ्नो सदस्यताको अध्यावधिक गराउन र नयाँ सदस्य बन्न सक्नु हुने छ ।

मोवाइल एप्समार्फत यो काम घरै बसी बसी पनि गर्न सकिन्छ भन्नेबारेमा सवैलाई जानकारी छैन । सो कुरालाई मध्यनजर गरेर नेकपा एमाले दमक नगर कमिटीले पार्टीमा रहेका सबै तहका नेता तथा कार्यकर्ताहरुलाई भेला गराएर बुधबार अनलाईन अध्यावधिक सम्बन्धीको एक दिने प्रशिक्षण गराएको छ ।

 

पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नेकपा एमाले झापाका जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन विभाग सदस्य समेत रहनु भएका नरेश चुडालले प्रशिक्षण दिनु भयो ।

 

प्रशिक्षणमा सहभागीहरुले त्यहीँ बसी बसी आफ्नो सदस्यताको अवस्था हेर्न पाएका थिए भने त्यसमा केही अध्यावधिक गर्नु पर्ने छ भने सोको विवरण समेत त्यहीँ लेखी पठाउन मिल्नेगरिको तरिका सिकेका थिए ।

 

दमक नगर कमिटी अध्यक्ष राम पौडेलको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा कोशी प्रदेश कमिटी सदस्य सुशील राई, झापा जिल्ला उपाध्यक्ष शिव ढुङ्गेल, सचिव तुलसी कार्की, लगायत अन्य विभिन्न तहका नेताहरुको उपस्थिती रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,