दमकमा खुल्यो हिमालको स्वाद चखाउने ‘हिमालयन स्पाइसेस किचन एण्ड बार’

दमक, भदौ २३  ।  पछिल्लो समय दमकमा अर्गानिक खाना खुवाउने होटल तथा रेष्टुरेण्टहरु खुल्न थालिरहेका छन् । खासगरी गाउँले उत्पादन र गाउँकै स्वाद चखाउन भन्दै रेष्टुरेण्टहरु खुल्ने क्रम बढेको हो ।

 

यही क्रममा दमक ४ भाटभटेनी सुपरमार्केटको अगाडिपट्टि शनिबारदेखि हिमालको उत्पादन खुवाउने भन्दै हिमालयन स्पाईसेस किचन एण्ड बारको सुरुवात भएको छ । झण्डै ७० लाख रुपैँया लगानी गरेर सञ्चालनमा ल्याएको हिमालयन स्पाइसेस किचेन एण्ड बारको दमक नगरपालिकाका प्रमुख रामकुमार थापा र नेपाल उद्योग वाणिज्य महासघंका केन्द्रीय सदस्य गोकुल श्रेष्ठले संयूक्तरुपमा उद्धघाटन गर्नु भयो ।

 

औपचारिक कार्यक्रमको आयोजना गरी सञ्चालनमा ल्याएको यो रेष्टुरेण्टमा हिमालका उत्पादनहरुको स्वाद चखाउने यसका सञ्चालक मध्येका एक अनिश भुजेलले जानकारी गराउनु भयो । यहाँ हिमालमा पाउने खास उत्पादन पाइने भुजेलले उल्लेख गर्नुभयो ।

 

 

कार्यक्रममा बोल्दै होटल व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष राजन दंगालले पछिल्लो समय दमक अर्गानिक खाना खुवाउने हव बन्न थालेको बताउनु भयो । दमकको बाटो भएर जाने जोसुकैले ‘खाना खाने चाँही दमकमा हो है’ भन्ने जक्सन बन्ने तर्फ दमक अघि बढ्दै गएकोले यो पनि दमकको पहिचान रहेको दंगालको भनाई छ । दमकमा आउनेहरुलाई अव एक छाक खाना खुवाउने मात्रै नभएर एक रात बास बसाउनेगरिको वातावरण बनाउन समेत व्यवसायीहरुले नयाँ काम थाल्न आवश्यक रहेको उहाँले बताउनु भयो ।

 

 

अहिलेको विषम परिस्थितीमा समेत हिमालयन स्पाइसेस किचन एण्ड बार खुलेकामा सफलताको शुभकामना दिँदै नेपाल उद्योग वाणिज्य महासघंका केन्द्रीय सदस्य गोकुल श्रेष्ठले भन्नु भयो ‘राज्य कर मात्रै उठाउन उद्धत छ । दमकमा पनि करको दायरा बढाउने भनिरहेको सुनिन्छ । दायरा बढाउँदै गर्दा अनावश्यक क्षेत्रमा पो सरकार प्रवेश गर्छ कि भन्दै चिन्ता लाग्छ ।’

 

रेष्टुरेण्टको उद्घाटन गर्न पुग्नु भएका दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले शुभकामना दिदै दमकमा करको दर नबढाई दायरा केही फराकिलो पार्न खोजिएको कुरा स्वीकार गर्नु भयो । उहाँले दमकमा १० हजार बढिले व्यवसाय गरिरहेकामा कर तिर्ने चाँही ३ हजार हाराहारीमा मात्रै रहेकाले बाँकीलाई करमा जोड्न लागिएको प्रष्ट्याउनु भयो । क्षेत्र हेरेर कर लगाउने ठाउँमा मात्रै कर लगाउने उहाँले उल्लेख गर्नुभयो ।

 

बारको उद्धघाटन कार्यक्रममा दमक उद्योग वाणिज्य सघंका विभिन्न पदाधिकारी तथा सदस्य एवम् होटल व्यवसायीहरुको उपस्थिती रहेको थियो । भदौ महिनाभरी सो बारका हरेक मेन्यू १० प्रतिशत छुटको समेत प्रबन्ध रहेको उल्लेख गरिएको छ ।

https://youtu.be/7txOnvxrctY?si=Frc_yVr_xFf8aiIZ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

करोडौँ ठगी आरोपमा फरार बराह सहकारीका अध्यक्ष लामिछाने पक्राउ

धरान,२ मंसिर । धरानको बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवकुमार लामिछाने (विश्वकर्मा)पक्राउ पर्नु भएको छ । बचतकर्ताको बचत हिनामिना गरेर लामो समयदेखि फरार

दमकमा चलिरहेको आदिवासी जनजाती महोत्सव कस्तो? के भन्छन हेर्न जाने दर्शक ?

दमक, २ मंसीर । रातको समय । मंसीर महिना लागीसक्यो । चिसो हावा चलीरहेको थियो । त्यसमाथी रतुवा नदिको किनार । चीसोको सिरेटो नचल्ने कुरै

जन्मदिनको अवसरमा मानव सेवा आश्रममा भोजन

दमक, मंसिर २ । जन्मदिनको अवसरमा हुने फजुल खर्च कटौती गर्दै दमकमा एक परिवारले मानव सेवा आश्रममा रहेका अशक्त तथा असहायलाई भोजन गराएको छ।दमक–६ निवासी

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेला बीच आसन्न भारत भ्रमणबारे छलफल

काठमाडौं,२ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गर्नु भएको छ।प्रधानमन्त्रीको आसन्न भारत

अध्यक्ष ओलीद्वारा सरकारको दमनविरुद्ध प्रतिरोधमा उत्रिन कार्यकर्तालाई निर्देशन

काठमाडौं ,२ मंसिर। नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले सरकार एमालेप्रति निर्मम भएर उत्रिएकाले त्यसको प्रतिरोधका लागि तयार रहन अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ ।आज

एमाले विकासको नायक हो : केपी ओली

काठमाडौ २ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले नेकपा एमाले विकासको नायक रहेको बताउनु भएको छ । एमालेको राष्ट्रियभेलालाई सम्बोधन गर्दै उहाँले भन्नु

अस्ट्रेलियाको क्रिसमस टापुमा रातो गंगटाको वार्षिक बसाइँसराइ सुरु

क्रिस्मस् (आईल्याण्ड),२ मंसिर । अस्ट्रेलियाको क्रिसमस टापुमा लाखौँ रातो गंगटो (रेड क्र्याब) आफ्नो वार्षिक प्रजनन यात्राका लागि जंगलबाट समुद्रतर्फ निस्किएका छन् । वर्षायामको पहिलो वर्षासँगै