क्यानडामा नेपालीहरु सांगीतिक साँझका लागि जुट्दै

अमेरिका, २९ भदौ ।  नेपलिज क्यानेडियन कम्युनिटी सर्भिसेस (एनसीसीएस) ले क्यानडाको टोरेन्टोमा दशैं, तिहार, नेपाल सम्बत् र छैठ पर्वका अवसरमा विशेष ‘सांगीतिक साँझ’ ( फेस्टिभल नाइट) कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको छ ।

 

 

अक्टोबर ६ अर्थात असोज २० गते एक विशेष सांगीतिक साँझ तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्न लागिएको संस्थाका महासचिव सुदर्शन सापाकोटाले जनाउनु भयो । यस कार्यक्रमले नेपाली चाडपर्वको उल्लास र सांस्कृतिक महत्वलाई उजागर गर्दै क्यानाडामा रहेका नेपाली समुदायलाई एक ठाउँमा जुटाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको उहाँले सुनाउनु भयो । नेपालका विशेष पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दै आपसी मेलमिलाप र सद्भावना बढाउने सुनौलो अवसरका रुपमा कार्यक्रमलाई लिएर सम्पूर्ण क्यानाडावासी नेपाली समुदायलाई सहभागिताका लागि सादर निमन्त्रणा गरिएको जनाउनु भयो ।

 

 

सापकोटाका अनुसार कार्यक्रममा नेपाली सांस्कृतिक भेषभुषासहितको एकल तथा दोहोरी गायन, नृत्यसहितका विभिन्न सांगीतिक प्रस्तुति रहने छ । कार्यक्रममा नेपालक लोक दोहोरी गायक मानसिङ् खडका र पवित्रा काफ्लेका साथै, स्थानीय कलाकारहरूको मनोरम प्रस्तुतिले साँझलाई थप रोचक र आकर्षक बनाउनेगरी कार्यक्रमको तयारी गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

 

कार्यक्रम, क्विन प्यालेस व्यान्क्वेट हल, स्कार्बोरो, टोरोन्टोमा साझ ५ बजे देखि राति १० बजेसम्म हुने तय गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,