प्रभावकारी रुपमा अघि बढ्दैछ कर्मा व्यूटि सैलुन

दमक, २ असोज   जितेन साम्पाङ । उमेरले भर्खर २८ वर्ष पुग्नु भएको छ । तर उहाँले झापाको दमकमा आधुनिक ढङ्गले एक सैलुन सञ्चालन गरिरहनु रहनु भएको छ ।

 

युवाहरु विदेश जाने लहरमा लागेको भएपनि साम्पाङ भने आफ्नै ठाउँमा फरक ढङ्गले व्यवसाय गरेर अघिबढिरहनु भएको छ ।
शैलुन पेसा उहाँको पुख्र्यौली पेसा होइन । तर यो क्षेत्रमा नेपाली युवाहरुले नयाँ ढङ्गले काम गर्ने र केही फरक तरिकाको सुविधा दिने हो भने पक्कै नयाँ स्वाद हुन सक्छ भनेर यो व्यवसाय सुरु गरेको साम्पाङ सुनाउनु हुन्छ । साम्पाङ भन्नु हुन्छ ‘भविष्य खोज्न विदेशनै जानुपर्छ भन्ने छैन । हामी स्वदेशमै लगनशील भएर काम गर्ने हो भने पनि भविष्य निर्माण गर्न सकिन्छ ।’

 

 

सैलुन सम्बन्धी मनग्ये ज्ञान भएर चाँहि यो व्यवसाय उहाँले खोल्नु भएको होइन । तर उहाँकी बहिनी सृजना राईले ब्यूटि सैलुन सम्बन्धीको तालिन लिनु भएको थियो । तालिम मात्र नभएर अन्तरािष्ट्रय स्तरको ब्यूटि सैलुन ‘अनानिक ब्यूटि स्किन एण्ड स्पा’ मा केही वर्ष काम पनि गर्नु भएको थियो । उहाँकै पूर्ण साथ र सहयोगमा अहिले ‘कर्मा ब्यूटि सैलुन’ले दमकमा नयाँ छाप छोडिरहेको छ ।

 

 

आधुनिक र अन्तर्राष्ट्रिय स्तरको सेवा यहाँबाट पाइने भइएकोले ग्राहक तथा सेवाग्राहीको रोजाईमा पनि कर्मा ब्यूटि सैलुन पर्ने गरेको छ । यहाँ आएर सेवा लिँदा आफुहरु सन्तुष्ट भएको दमकका रोनाहाङ राई र सेसेहाङ लिम्बूले जनाउनु भयो ।

 

यो सैलुनमा थ्री डी नेल्स, हेयर कटिङ, मेकअप, लगायतका सुविधा रहेका छन् । अनि यहाँ यी सम्बन्धिका तालिम समेत हुने गरेका छन् । प्रोफेसनल मेकअप, हेयर कट, नेल आर्ट, डिलक्स मेनिकेर तथा पेडिकेयर लगायतका विषमा तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्दै रोजगार तथा स्वरोजगार बन्न सक्नेगरिको पनि सुविधा यहाँ उपलब्ध छ ।

 

दमक ५ स्थित बेलडाँगी रोडमा रहेको सेवारो कम्प्लेक्समा उहाँले २ वर्ष अघि सुरु गर्नु भएको यो सैलुन अहिले पूर्वी क्षेत्रमा परिचित हुन थालेको छ ।

Share: