उत्कृष्ठ चलचित्र ः ‘भष्मे डन’

सातौं ‘एटीए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२४’ न्यूयोर्कमा सम्पन्न

न्यूयोर्क, ६ असोज   अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स शहरस्थित मेलरोज बलरुममा सातौं एटीए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२४ भव्यताका साथ सम्पन्न भएको छ ।

 

नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए, त्रिवेणी इन्टरटेनमेन्ट यूएसए र दिलकुमारी फाउण्डेशनको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा विशिष्ठ कलाकार भुवन चन्द र बसुन्धरा भुसाललाई दीर्घसाधना सम्मान प्रदान गरिएको छ । अवार्डमा ‘भष्मे डन’लाई उत्कृष्ठ चलचित्र र उत्कृष्ट निर्देशकमा भष्मे डनका दीपेन्द्र के. खनाल, उत्कृष्ट अभिनेतामा दयाहाङ राई र उत्कृष्ट अभिनेत्रीमा सुरक्षा पन्त पुरस्कृत बन्नु भयो ।

 

यसैगरी, जुरी अवार्ड चलचित्र ‘टुल्की’ तथा ‘बगान’ चलचित्रबाट वरिष्ठ नायक सरोज खनाल र वरिष्ठ नायिका करिश्मा मानन्धरलाई प्रदान गरियो । करिश्मालाई जीएनएफ एक्सिलेन्स अवार्ड समेत प्रदान गरियो । केकी अधिकारी स्टार अफ दी इयर, केदार घिमिरे (माग्ने बुढा) उत्कृष्ट हास्य अभिनेता, प्रशान्त ताम्राकार उत्कृष्ट खलनायक बन्नुभयो र चलचित्र ‘बगान’ फिल्म अफ दी इयर (डायस्पोरा) बनेको छ ।

 

विशेष सम्मान र अवार्डका रुपमा अभियानश्री अवार्ड अन्तर्राष्ट्रिय मोडल अङतेम्बा शेर्पा, प्राध्यापक अनु शाह, गायक नन्दकृष्ण जोशी र अन्तर्राष्ट्रिय वकिल खगेन्द्र जिसीलाई प्रदान गरियो ।

 

 

स्मृति सम्मानतर्फ, ज्ञानेन्द्र धिमाल स्मृति सम्मान हास्य कलाकार महादेव त्रिपाठी, रामकेशर बोगटी स्मृति सम्मान डा.घनश्याम खतिवडा, जीएनएफए विशेष एप्रिसियशन अवार्ड सुनिल पाठकले हात पार्नुभयो भनें एजेन्ट अलस्टेट इन्सुरेन्स र शाह नवाज, गोल्डेन एज होम केअरले प्राप्त गरेको छ ।

 

स्पेशल अवार्डतर्फ, सम्पादक निशान घिमिरे, शैलेश श्रेष्ठ (अध्यक्ष, ड्रीम्स यूनिभर्सल), झरना अधिकारी ( आउटस्ट्याण्डिङ जर्नालिष्ट), वीरेन्द्र हमाल (वरिष्ठ कलाकार) र शिव श्रेष्ठ ( समाजसेवी) लाई प्रदान गरियो ।
एनएफएस फेलिसिटेसन अवार्ड पाउनु हुने डायसपोराका सर्जकहरु अनिल संग्रौला (चलचित्र निर्देशक ) सुमन दाहाल (चलचित्र निर्देशक), विधान कार्की (चलचित्र निर्देशक) सञ्जय खतिवडा (अभिनेता), शंकर बीसी (नृत्य कोरियोग्राफरं), रिचा घिमिरे (नायिका ), सन्दिप क्षेत्री – नायक), यम बराल (गायक), मीना निरौला पोखरेल (गायिका), गोविन्द राई ( नृत्य निर्देशक), जुवली शेर्पा (मिस नेपाल नोर्थ अमेरिका विजेता २०२३ ) र सूर्य चन्द ( सञ्चारकर्मी ) रहनु भएको छ ।

 

 

नेपाली डायस्पोराका चर्चित नेपाली कलाकारहरूको उपस्थिति थियो । नेपालीभाषी भूटानी कलाकारहरूको पनि बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा गोपालचन्द्र लामिछाने (निर्देशक), राहुल केसी (नायक, अध्यक्ष इनास अमेरिका), विक्रान्त बस्नेत (नायक), प्रवेश उप्रेती पावल (नायक), विश्व पौडेल (निर्माता), सुन्दर श्रेष्ठ (नायक), राजीव श्रेष्ठ (फोटोग्राफर), कृष्ण थापा (नायक), खेम शर्मा (हास्य कलाकार), अञ्जु थापा (कलाकार÷प्रोड्यूसर), लौरा घिमिरे (अभिनेत्री) सहितको उपस्थिती थियो ।

 

 

वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न सो अवार्डको निर्णायक समितिमा रवीन्द्र खड्काले संयोजकको भूमिकानिर्वाह गर्नु भएको थियो भने सदस्यहरूमा शर्मिला मल्ल, नारायणप्रधान, मोहन के. श्रेष्ठ र दुर्गा बिशुराल रहनु भएको थियो । कार्यक्रम चर्चित कार्यक्रम सञ्चालकहरु सन्दिप क्षेत्री र निशा पाठकले सञ्चालन गर्नुभएको थियो ।

 

‘नेपाली फिल्म भिलेज टु ग्लोबल’ भन्ने नारासहित फिल्मकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने हेतुले विगतदेखिनै आयोजना हुँदैआएको अवार्डले यसवर्ष पनि निरन्तरता पाएको नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले बताउनु भयो । यस अवार्डले नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय मञ्चमा पु¥याउने र संसारभर छरिएर बसेका नेपाली चलचित्रकर्मी तथा कलाकारहरूलाई एउटै स्थानमा जमघट गराएर नेपाली मौलिक कला, संस्कृतिलाईसंसारभर परिचित गराउने उद्देश्य अवार्डको रहेको उहाँले बताउनु भयो ।

 

विगतका वर्षहरुमा झैं यसवर्ष पनि कार्यक्रम भव्यताका साथ सम्पन्न भएको ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको अध्यक्षमा नायक नवराज श्रेष्ठले बताउनु भयो ।

 

त्रिवेणी टाईम्स अनलाइन पोर्टलको उद्घाटन
कार्यक्रमको दौरानमा त्रिवेणी टाईम्स अनलाइन न्यूज पोर्टलको नवराज केसी र ख्याम भट्टले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । यो पोर्टलले नेपाली चलचित्र र मनोरञ्जन जगतको बारेमा जानकारी प्रवाहमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

 

अवार्डको मुख्य प्रायोजकहरूमा गोल्डेन एज होमकेयर र एटीए एभरेष्ट ग्रुप रहेका छन् भने सह–प्रायोजकमा सुनिल पाठक एजेन्सी अल एस्टेट इन्सुलेन्स, लक्ष्मी कुटुरे डिजाइनको रहेको छ ।

 

 

सो कार्यक्रममा त्रिवेणी इन्टरटेनमेन्ट यूएसए र दिलकुमारीफाउन्डेशनका नवराज केसी र ख्याम भट्टको व्यवस्थापन रहेको थियो ।
‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचानः गाउँदेखि विश्व बजारसम्म’ को नारा लिएर ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ चलचित्रकर्मीको प्रोत्साहन र सम्मानको लागि सन् २०१६ देखि नियमितआयोजना हुँदै आएको छ । अवार्डका अघिल्ला ६ संस्करणहरू कोलोराडो, सनफ्रान्सिस्को र न्यूयोर्क शहरमा सफलतापूर्वक सम्पन्न भएका थिए ।

 

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अस्थायी चिहानमा शव १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा वस्ती

काठमाडौं , भदौ १४ । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने

नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही