प्रताप सुब्बाको ‘बन्धनको चिनो’ को अनप्लग्ड भिडियो सार्वजनिक

अमेरिका, ७ असोज    मोरङको पथरी शनिश्चरे शिविरबाट तेस्रो मुलुकका रुपमा अमेरिका पुनर्वास नेपालीभाषी भूटानीका प्रथम गायक प्रताप सुब्बाको पहिलो एल्बम ‘बन्धनको चिनो’को अनप्लग्ड भिडियो सार्वजनिक भएको छ ।

 

विशाल गुरुङको निर्देशन र केदार उप्रेतीको सहनिर्देशनमा निर्मित अनप्लग्ड संस्करण एबी क्रिएशनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
यो प्रोजेक्टमा फ्लेमिंगो ब्याण्डका संगीतकार तथा विभिन्न कलाकारहरूको योगदान छ । जसमा भायोलिन बजाउनेहरूमा मुस्कान बलम्पाकी, सेलेना गुरुङ, युमा चाम्लागाईँ लगायत रहनु भएको छ । गीतको संगीत संयोजन सञ्जीव बराइली र रेकर्डिङ मनिस चाम्लिङले गर्नुभएको हो ।

 

यो एल्बमको अनप्लग्ड संस्करणमा गायक प्रताप सुब्बाले सर्जकका रूपमा आफ्नो अनुभव सुनाउँदै भन्नुभएको छ, ‘यो संस्करणले पुराना गीतहरूलाई नयाँ पुस्तासम्म पु¥याउन र संगीतमा नयाँ प्रयोग गर्न सहयोग पु¥याउँछ ।’ साथै, उहाँले पुराना समयको तुलनामा अहिले संगीत रेकर्डिङमा प्रविधि र संयोजनमा धेरै सहजता आएको पनि बताउनु भयो ।

 

निर्देशक विशाल गुरुङका अनुसार गायक सुब्बाका अन्य गीतहरूको पनि अनप्लग्ड संस्करण तयार भइरहेको छ । जसलाई निकट भविष्यमा सार्वजनिक गरिनेछ । सन् १९८४ मा कलकत्तामा आफ्ना मित्र खम्बरसिंह गुरुङको घरमा अर्का मित्रले गीत लेख्न हौसला दिएपछि उहाँले गीतका शब्द लेख्नु भएको थियो । यसमा संगीत पनि सुब्बाकै रहेको छ । यो गीत १९८८ मा म्युजिक नेपालमार्फत सार्वजनिक भई नेपालीहरूको मनमा गहिरो छाप छोड्न सफल भएको थियो ।

सुब्बाको ऐतिहासिक गीत ‘बन्धनको चिनो’को अनप्लग्ड संस्करणको छायांकन आफ्नो स्थानमा गर्न पाएकोमा एभरेष्ट स्पाइस मस्क बारका प्रबन्धक निर्देशक सुमन योञ्जनले गर्व महसुस भएको बताउनु भएको छ ।

 

त्यस्तै, अर्का शांग्रिला हिबची सुशी इन्डियन–नेपालीका प्रबन्धक निर्देशक लिला कुइँकेलले यस ऐतिहासिक प्रोजेक्टसँग जोडिन पाउँदा आफूहरूलाई विशेष अवसर प्राप्त भएको अनुभव व्यक्त गर्नुभएको छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका