दमक, १० असोज /
महिला तथा पुरुषका भित्री बस्त्र पाइने पसलका रुपमा चर्चामा रहेको दमक ६ पशुपति मार्गमा रहेको कोजी इन्नरले दशंै तथा तिहारमा आफ्नो अफर सार्वजनिक गरेको छ ।
भित्र लगाउनेखाले बस्त्रहरु पाइने यो पसलले पर्व विशेष अफर सार्वजनिक गर्दै आफ्नो विशेषतालाई अझ विस्तार गर्ने भएको छ ।
कोजी इन्नरकी प्रोप्राइटर रुविना श्रेष्ठले अफर बारे जानकारी दिदै भन्नुभयो ‘तीन हजार वा सो भन्दा माथिको सामान खरिद गर्दा यहाँबाट विशेष पुरस्कार पाइन्छ ।’ तर के र कस्तो पुरस्कार पाइने हो त्यो भनी उहाँले खुलाउनु भएको छैन । पुरस्कार बारे थाह पाउन पसलमै आउन उहाँको अनुरोध छ । साथै उहाँले दशैंतिहारका अवसरमा नगद छुट सहित आकर्षक पुरस्कार पनि प्रवन्ध रहेको उल्लेख गर्नुभएको छ ।
महिलाहरुका भित्री बस्त्र, स्पोर्टसका कपडा, पुरुष तथा बालबालिकाका समेत भित्री बस्त्रहरु सो पसलमा थोक तथा खुद्रा मूल्यमा बिक्री हुँदै आएको छ । सबैखाले शारीरिक बनावटमा मिल्ने सबैखाले भित्री बस्त्र सुपथ मूल्यमा गुणस्तरीयरुपमा समेत प्राप्त हुने गरेको ग्राहकको प्रतिकृया छ ।
(एडीभी)










