स्थानीय उत्पादन प्रवद्र्धनमा न्यू गोर्खाली पाउरोटी उद्योग

पथरी, १० असोज
श्रममा विश्वास राख्नेहरु भोको बस्नु नपर्ने मात्र होइन, आर्थिकसहितको सामाजिक प्रगति गर्न सकिएको कतिपय उदाहरण हाम्रो समाजमा देख्ने गरेका छौं । त्यसैमध्येमा पर्नुहुन्छ न्यू गोर्खाली पाउरोटी उद्योगका प्रमुख तुलसीराम ढकाल ।

 

मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १ का बासिन्दा उहाँले ०५० सालबाट सुरु गर्नुभएको उपभोक्ताको भोक मेट्ने एउटाखाले खाजा ‘पाउरोटी’को व्यवसायले आर्थिक उपार्जनसहित सामाजिक चिनारी समेत स्थापित गर्यो । राजनीतिक र सामाजिक हिसावले समेत सक्रिय बन्दै आउनु भएका उहाँले ‘हाम्रो उत्पादन, हाम्रै प्रयोग’ भन्ने अवधारणालाई अघि बढाएर समृद्धि प्राप्त गर्न सकिने सन्देश दिनु भएको छ । ‘स्थानीयले नै उत्पादन गर्ने र त्यसको उपभोग स्थानीयबाटै गर्नुपर्छ भन्ने सन्देशका लागि समेत मैले यो काम अघि बढाएको हो ।’- उहाँले व्यवसायसँगको सामाजिक औचित्य प्रट्याउनु भयो ।

 

 

उहाँकी जीवनसंगीनी राधा र छोराछोरी समेत दृढ भएर यो व्यवसायिक यात्रामा सामेल बन्नु भयो । मोटरसाइकल वर्कसप, ग्यारेजसहितका व्यवसायबाट जोरजाम पारेको रकमबाट पाउरोटी उद्योगकै प्रवद्र्धनमा लगानी गर्नुभयो । २ लाख ५० हजारको लगानीमा दाउराको चुल्होबाट सुरु गर्नुभएको पाउरोटी उत्पादनको कामका लागि हालसम्म २ करोड रुपैयाँभन्दा बढीको लगानी छ । जहाँ हाल आधुनिक ओभनसहितका प्राविधिक उपकरणमार्फत व्यवसाय प्रवद्र्धन गरिएको छ । भाडाको घरमा व्यवसाय सञ्चालन गर्दै आएको अवस्थामा पाउरोटीको आम्दानीमा थपथाप गरी उहाँले ०६२ सालमा पथरी बजारको मन्दिर लाइनमा तीनतले घर निर्माण गरी त्यहीँ उद्योग सञ्चालन गरिरहनु भएको छ ।

 

मोरङ त भइनै हाल्यो, झापा अनि पाँचथरको रविसहितका स्थानसम्म पनि यो पाउरोटीका परिकारको स्वाद पुगेको छ ।
पथरी बजारकी व्यवसायी इन्दु फुयाल निरौलाले सो पाउरोटी उद्योगका उत्पादन गुणस्तरीय रहेको प्रतिक्रिया दिनु भएको छ ।

 

 

त्यहाँ उत्पादित पाउरोटी, विस्कुट तथा केकका विभिन्न परिकार ७ वटा गाडी र दुई वटा मोटरसाइकलमार्फत बजारका पसलहरुमा पुर्याइन्छ । पाउरोटी निर्माण र बजारतर्फ गरी ४० जना जनशक्ति खटिएको छ ।

 

यसको बजार व्यवस्थापन हेर्ने पथरी शनिश्चरे ३ का देवीप्रसाद दंगाल यसैबाट आफ्नो आर्थिक अवस्था सुधार मात्र होइन सामाजिक काममा समेत स्थापित गराएको खुसी व्यक्त गर्नुहुन्छ । उहाँले भन्नुभयो ‘मेरो ५ कठ्ठा मात्रै जग्गा थियो, यसैमा गरेको कामबाट कमाएर १ विगाह जग्गा बनाएँ, अनि वीरेन्द्रनगर वचत सहितको संस्थाको नेतृत्व गरेर सामाजिक पहिचान बनाउन सकें । यो सवै यही पाउरोटीको देन हो ।’

 

आफु पहिलेदेखि नै मजदुरका रुपमा आफ्नो उत्पादन सुरु गर्दै मजदुरको सम्मान र प्रोत्साहनका काममा समेत ध्यान पुर्याउँदै आउनु भएका ढकाल हाल एकीकृत ट्रेड युनियन महासंघको राष्ट्रिय कमिटीमा आवद्ध हुनुहुन्छ । नगर क्षेत्रमा कति पाउरोटी उद्योग बन्द भइसकेका छन् । इमान्दारितापूर्वक उपभोक्ताको हितमा ध्यान दिँदै अरुलाई पनि उत्पादन क्षेत्रमा लाग्ने प्रेरणा भर्दै आएको न्यू गोर्खाली भनें निरन्तर आफ्नो गतिमा अघि बढिरहेको छ । मिसावटमुक्त गुणस्तरीय उत्पादनमा जोड दिँदै आएको यस उद्योगले घरेलु उद्योग महासंघ मोरङबाट ०७९ मा उत्कृष्ठ उद्यमीको सम्मान प्राप्त गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल