शिशिर योगीको सन्देशमूलक गीतमा रमाए दमकेली

shisir yogi

दमक, १३ असोज /
गीत संगीत कस्लाई मन पर्दैन र ? मानिसलाई मात्र होइन, पशुप्राणी र वनस्पति समेत सुमधुर धुनमा लठ्ठिने गरेको खोज अनुसन्धानले पुष्टि गरेको छ ।

 

कोरोना कहरले विश्वलाई नै थला पार्यो । त्यसबेलादेखिको मानिसको मनस्थिती अझै स्थिर बन्न सकिरहेको छैन । मनस्थिती स्थिर बनाउन पशुप्राणी र बनस्पतिलाई समेत लठ्याउने त्यति धेरै शक्ति भएको गीतसंगीतको तागतलाई प्रत्यक्ष उपभोग गर्न झापाको दमकका व्यवसायीहरुले सांगीतिक साँझ कार्यक्रमको आयोजना गरे । जुन साँझ सचेतना प्रवाह गर्दै जीवनमा उर्जा भर्ने गीत गाएर ख्याति कमाउनु भएका गायक शिशिर योगीको साँझ थियो ।

 

कोरोनाको असरले अझै आर्थिक मन्दी जारी छ, अनि सधैंको व्यवहारिक र व्यवसायिक तनाव । ती सवैलाई पन्छाएर मानसिक हिसावले स्फूर्ति भर्ने कामको सुरुवातमा शिशिरले देशको अत्यन्तै ठूलो बेथितीका रुपमा रहेको भ्रष्टाचार हटाउने सन्देश प्रवाह गर्ने ‘भ्रष्टाचारको चपेटामा परि रुन्छिन् नेपाल आमा’ बोलको गीत प्रस्तुत गर्नुभयो । जसलाई पत्रकार गोपालप्रसाद थपलियाले लेख्नु भएको हो ।

 

नेपाल उद्योग तथा व्यवसायी महासंघको आयोजनामा कस्मिक पार्टी प्यालेसमा भएको कार्यक्रममा व्यवसायीहरु भरिभराउ भएर जीवनवादी गीत सुनेर आनन्द लिए । नवयुवा पुस्ताका लागि बाबुआमाप्रतिको महत्वलाई बुझाउने हिसावको मार्मित गीत शिशिरले प्रस्तुत गरिरहँदा दर्शकहरु पनि भावुक बने । जुन गीत थियो ः
बा खुकुरीको धार बन्छन्, आमा खुकुरीको दाप
बा बज्रिलो हथौडा बन्छन् आमा आरनको राप

 

गाउँवस्तीमा श्रम गर्नेहरुको श्रमको दुःख जारी छ । सहरमा त अहिले मानिस चाहिने भन्दा बढी सुविधामुखी भएको छ । चाहिने शारीरिक अभ्यास समेत गर्न छोडिएको यो परिवेश छ । घाँस दाउरा गर्दै गर्दा सन्तान जन्माउने गरेको अवस्थालाई शिशिरले ‘आमाले घाँस काट्दै गर्दा भीरमा जन्मिएको मान्छे म’ मार्फत चरितार्थ पार्नुभयो ।

 

अन्य ठाउँका दुःख बरु अलि सामान्य लाग्लान् । तर कणर्ाली क्षेत्रको विकटता र अभावको कहालीलाग्दो दुःखले शिशिरलाई नै भावुक बनाउँछ र गाउँदा गाउँदै उहाँ आफैं आँशु आँशु बन्नु हुन्छ । माओवादीले सञ्चालन गरेको सशस्त्र जनयुद्ध उत्कर्षमा पुगेको बेला कणर्ालीका गाउँवस्ती खाली भएको सन्दर्भमा सञ्जिवनी विश्वकर्माले लेख्नु भएको ‘कणर्ाली पारी’ गीतमा बीबी अनुरागीले संगीत भर्नुभयो । २०६३ सालमा शिशिरले आफ्नो एल्बम ‘आकर्षण’ मा रेकर्ड गरिएको यो गीत कणर्ालीवासीको जिब्रोमा झुण्डिएको छ ।

 

शिशिरलाई बढी चिनाएको माधव घिमिरेको शव्द र शक्तिबल्लभको संगीतमा ‘सारंगी त रेटेपनि बोल्छ मिठो ध्वनी’ गीतले त्यहाँको कार्यक्रममा प्रमुख अतिथि झापाका संघीय सांसद एलपी साँवासहितका श्रोताहरुलाई अझ आकर्षित गर्यो । त्यसका साथै नाच्ने प्रकारका समेत गीत प्रस्तुत गरेर उहाँले रमाइलो माहोल समेत सिर्जना गराउनु भयो ।

 

अहिले पनि देश नीतिगत सहितका भ्रष्टाचारको चंगुलमा परेको, सरकारको स्थिरता नभएको, भूँईमान्छेको अवस्था खासै नफेरिएको टिप्पणी गर्दै देश र देशवासीको मुहार फेर्न एउटा कोही आउन बाँकी रहेको उहाँको गीतले दर्शाइरहेको थियो । अर्थात ‘यो देशमा एउटा मानिस खोजिरहेछु’ ले दर्शकको मन उसैगरी तान्यो । अनि उहाँले जीवनको उर्जा भर्दै भूँइ मान्छे समेतका लागि न्याय र समानताको कामना गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित