चलचित्र ‘खुस्मा’ को टोली पूर्वका हलहलमा दर्शकको माया बटुल्दै

khusma film tham

दमक, १४ असोज /  चक्लेटी जोडी धिरज मगर र उपासनासिंह ठकुरी अभिनित हाल प्रदर्शनमा रहेको चलचित्र ‘खुस्मा’ को निर्माण पक्षसहित कलाकारहरुको टोलीले पूर्वका हलहरुमा दर्शकहरुसँग भेटघाट गरेको छ ।

 

यसक्रममा सोमबार झापाको दमकस्थित डी म्याम्स सिनेमाजमा दर्शकहरुसँग भेटघाट गर्दै नायक धिरज, नायिका उपासना सहितको टिमले खुसी साटेको छ । असोज ३ गतेबाट देशभर प्रदर्शनमा आएको चलचित्र ‘खुस्मा’ ले आफूहरुको मन छोएको दर्शकहरुले प्रतिक्रिया दिँदै हुटिङ गरेका छन् ।

 

झापाको बिर्तामोडबाट दमक आइपुगेको कलाकार टोलीलाई डीम्याक्स सिनेमाजको टोलीले स्वागत गर्दै दर्शकहरुसँग संक्षिप्त भेटघाट गराएको हो । टोलीले सोमबार नै इटहरी र धरानका हलहरुमा समेत दर्शकसँग भेटघाटको क्रम अघि बढाएको छ ।

 

चलचित्रमा धिरजले पश्चिम रुकुमको एक लजालु मगर ठिटोको भूमिका निर्वाह गर्नुभएको छ भने उपासनाले पनि मगर समुदायको युवतिको प्रतिनिधित्व गरेको देखिन्छ । चलचित्रमा दुबैको भेषभुषा पनि त्यस्तै किसिमको छ । तर चलचित्रले मगर समुदायको कथा भन्दा पनि सरकार र माओवादी बीच भएको द्वन्द्वले समाजमा पारेको असरलाई पर्दामा उतारको छ ।

 

‘इन्टुमिन्टु लण्डनमा’बाट चलचित्रमा डेब्यू धिरज र ‘क्याप्टेन’बाट डेब्यू उपासनाबीच जोडीका रुपमा यो पहिलो चलचित्र हो । भेटघाटका क्रममा नायक धिरजले सवैतिर चलचित्र दर्शकले मनपराईदिएको प्रतिक्रिया दिनु भयो ।

 

चलचित्रका बारेमा नायिका उपासनाले माओवादी र सरकारको द्वन्दको समयको अवस्थालाई चलचित्रमा उतारिएको जनाउँदै चलचित्रले त्यो बेलाको असर प्रस्तुत गर्न सफल भएको जनाउनु भयो ।

 

डेव्यु निर्देशक अशोक थापामगरको निर्देशनको सो चलचित्रको ‘रुकुम मैकोट’ गीतले चलचित्र रिलिज हुनु अघि नै युट्युवमा १ करोड बढी भ्यूज बनाएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाइते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन