चलचित्र ‘खुस्मा’ को टोली पूर्वका हलहलमा दर्शकको माया बटुल्दै

दमक, १४ असोज /  चक्लेटी जोडी धिरज मगर र उपासनासिंह ठकुरी अभिनित हाल प्रदर्शनमा रहेको चलचित्र ‘खुस्मा’ को निर्माण पक्षसहित कलाकारहरुको टोलीले पूर्वका हलहरुमा दर्शकहरुसँग भेटघाट गरेको छ ।

 

यसक्रममा सोमबार झापाको दमकस्थित डी म्याम्स सिनेमाजमा दर्शकहरुसँग भेटघाट गर्दै नायक धिरज, नायिका उपासना सहितको टिमले खुसी साटेको छ । असोज ३ गतेबाट देशभर प्रदर्शनमा आएको चलचित्र ‘खुस्मा’ ले आफूहरुको मन छोएको दर्शकहरुले प्रतिक्रिया दिँदै हुटिङ गरेका छन् ।

 

झापाको बिर्तामोडबाट दमक आइपुगेको कलाकार टोलीलाई डीम्याक्स सिनेमाजको टोलीले स्वागत गर्दै दर्शकहरुसँग संक्षिप्त भेटघाट गराएको हो । टोलीले सोमबार नै इटहरी र धरानका हलहरुमा समेत दर्शकसँग भेटघाटको क्रम अघि बढाएको छ ।

 

चलचित्रमा धिरजले पश्चिम रुकुमको एक लजालु मगर ठिटोको भूमिका निर्वाह गर्नुभएको छ भने उपासनाले पनि मगर समुदायको युवतिको प्रतिनिधित्व गरेको देखिन्छ । चलचित्रमा दुबैको भेषभुषा पनि त्यस्तै किसिमको छ । तर चलचित्रले मगर समुदायको कथा भन्दा पनि सरकार र माओवादी बीच भएको द्वन्द्वले समाजमा पारेको असरलाई पर्दामा उतारको छ ।

 

‘इन्टुमिन्टु लण्डनमा’बाट चलचित्रमा डेब्यू धिरज र ‘क्याप्टेन’बाट डेब्यू उपासनाबीच जोडीका रुपमा यो पहिलो चलचित्र हो । भेटघाटका क्रममा नायक धिरजले सवैतिर चलचित्र दर्शकले मनपराईदिएको प्रतिक्रिया दिनु भयो ।

 

चलचित्रका बारेमा नायिका उपासनाले माओवादी र सरकारको द्वन्दको समयको अवस्थालाई चलचित्रमा उतारिएको जनाउँदै चलचित्रले त्यो बेलाको असर प्रस्तुत गर्न सफल भएको जनाउनु भयो ।

 

डेव्यु निर्देशक अशोक थापामगरको निर्देशनको सो चलचित्रको ‘रुकुम मैकोट’ गीतले चलचित्र रिलिज हुनु अघि नै युट्युवमा १ करोड बढी भ्यूज बनाएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल